खेम पुन र सिमा नेपालीकाे माैलीक तिजगित “मै छाेरीलाई ग्राहाे भाे”

-


     हिडन खबर    
     श्रावण २० गते २०८१ मा प्रकाशित


कास्की / विवाह गरेर गएकी महिलाले आफ्ना भोगाइ अभिव्यक्त गर्न तीज गीत गाउने परम्परा बिस्तारै हराउँदै जान थालेको छ ।

अहिले बजारमा आएको तीजका गीतले शब्द, सङ्गीत, भाका कुनै पनि पक्षमा त्यो मर्म बोक्न नसकेको अबस्थामा गायक खेम पुन र सिमा नेपाली र अर्जुन सुवेदीकाे माैलिक तिजगित “मै छाेरीलाइ गाह्राे भाे” तिजगित बजारमा सार्वजानिक भयकाे छ ।

बिहे पछी पराइ घर गएकी छाेरीकाे मर्म र भावनालाई कलात्मक रूपमा समेटिएकाे यस गितकाे शव्द अर्जुन सुवेदी र संगित अमेरीकामा रहेका सर्जक गायक खेम पुनले गरेका हुन ।

चर्चित गायिका बिष्णु माझीकाे झल्काे दिने आवाज भएकी नबाेदित गायिका सिमा नेपालीकाे एकल आवाज रहेकाे यस गितमा करिब ४० जना कलाकारकाे नृत्य देख्न सकिन्छ ।

जुन नेपाली गित संगितकाे ईतिहासमा यति धेरै कलाकार नाच्नु भनेकाे म्युजिक भिडियाेमा पहिलाे हाे । निकै मेहनत का साथ निर्माण गरिएकाे भिडियाेकाे निर्देशन स्मृती तिमिल्सिना “गुरूआमा” करन चैसियरकाे छाँयाङकन र मनाेज कार्किकाे सम्पादनमा रहेकाे म्युजिक भिडियाे बिन्ध्यावासिनी म्युजिक प्रालीबाट अफिसियल युटुब च्यानलबाट सार्वजानीक भएकाे छ ।