
पाेखरा/ तीज सँगै जोडिएको गीत, संगीत र कलाको कुरा गर्दा हामीले हाम्रो विगतलाई पनि सम्झन आवश्यक छ। तीजको त्यो मौलिक पाटो जसमा हाम्रा दिदीबहिनीको प्रत्यक्ष सहभागिता रहन्थ्यो, गाउने, नाच्ने, गीत सृजना गर्ने, यी विषयमा जति छलफल, अनुसन्धान, विचार र विर्मश हुनुपर्ने हो, त्यो नभएको होकि भन्ने लाग्छ।
वास्तविक तीजमा नारीका बेदना र कुनै पनि विषयवस्तुहरुमा आफ्नो जीवनकहानी तथा विशेष स्थानको भ्रमण यात्रासंस्मरणलाई टपक्क गीत मार्फत प्रस्तुत गरि यस्ता विषय बनाएर तीज गीत गाउने चलन परापूर्वकालदेखिनै चलेको हो ।
केही महिना अघि करिब ६ महिने अमेरीका भ्रमण पश्चचात नेपाल फर्कनु भएकी बागलुङकी ७९ बर्षिय पवित्र रसाईलीले भने याे बर्षकाे तीज गीत मार्फत आफ्नै जीवन कहानीहरुलाई विषयवस्तु बनाईएकाे तिजगित उईले उईलेकाे तिज गित भाग-४ बजारमा सार्वजानीक गर्नु भएकाे छ ।
गीतमा अमेरीका यात्रा हुँदै अमेरीका बस्दाका तिता मिठा क्षणलाई व्याक्त गरिएकाे छ ।आफु जहाँ जस्ताे सुकै सुन्दर ठाउमा भएपनि आफ्नाे मातृभुमीकाे यादले नै मन भतभति पाेल्ने गरेकाे कुरा समावेश गरिएकाे छ ।
सुन्दर चारै तिर हरियालि डाडा काडाले भरीएकाे सुन्दर शान्त देश नेपाल र जन्मभुमि प्रतिकाे मायालाई नभुल्न समेत गित बाटै सन्देश दिनु भएकाे छ ।
जति नै सुन्दर भयपनि आफ्नै देश ठुलाे रहेकाे गीतमा भनिएकाे छ । संगितकार वि.वि.अनुरागीकाे शब्द संगित ७५ बर्षिय पबित्र रसाईलीकाे आवाजमा रहेकाे गीतकाे म्युजिक भिडियाेमा बिर्मा खडका, प्रकृति बिश्वकर्मा, लक्ष्मी विश्वकर्मा,सरिता विक,संगिता हर्मेल,पुजा सुनार,पुजा विश्वकर्मा लगायत पारिवारलाई भिडियाेमा देख्न सकिन्छ । माेडल , ताराकान्त विककाे छाँयाङकन र अर्जुन लाेहरकाे सम्पादनमा रहेकाे म्युजिक भिडियाे विवि अनुरागी अफिसियल युटव च्यानलबाट सार्वजानिक गरिएकाे छ ।









