
बागलुङ / नेपाली हिन्दु नारीहरूकाे महान चाड हरितालिका तीजकाे उपलक्ष्यमा बागलुङ सदरमुकाममा दुई दिने तेस्रो तीज मेला २०८१ हुने भएको छ ।
गुठी युवा क्लब बागलुङको आयोजना र बागलुङ नगरपालिका वडा नम्बर ३काे सहआयाेजनामा यहीँ भदौ २० र २१ गते दुई दिन तेस्रो तीज मेला सभ्य र भब्य रूपमा
सम्पन्न गर्न गइरहेको गुठी युवा क्लबले जनाएको छ ।
तीज मेलाको पहिलो दिन अन्तर बिद्यालय तीज नृत्य प्रतियोगिता दाेस्राे दिन महिला समुहद्वारा माैलिक तीज गीत
प्रदर्शन हुने भएको छ ।यस्तै कार्यक्रम थप आकर्षित गर्न घैटाे फाेर प्रतियोगिता र स्लो बाइक रेश प्रतियोगिता आयोजना गरिएको छ ।
बागलुङ नगरपालिका ३ गुठी चिप्लेटी बसपार्कमा आयोजना गरिएको कार्यक्रममा दुई दिनसम्म राष्ट्रिय कलाकार र स्थानीय कलाकारहरूकाे सांगीतिक प्रस्तुति रहने छ ।









