
कास्की / नेपाली हिन्दु महिला दिदीबहिनीहरुको महान पर्व हरितालिका तिजलाई लक्षित गरेर गायिका सुनिता नेपाली ,शान्ति डाेटेल र कमला न्याैपानेकाे माैलिक तिजगित ” अरे लालुमै ” बजारमा सार्बजानिक भएकाे छ।
तीजको नाममा मौलिकता र तिजको यथार्थतालाई भुलेर अस्लिलतालाई प्रश्रय दिनेहरुको माझमा याे तिजको गीतले मौलिकता र यथार्थतालाई आत्मसाथ गरेकाे छ ।
पछिल्लाे समय भडकिला तिजका गित सार्वजानीक भईरहेकाे वेला नितान्त मौलिक पन बोकेको गीतकाे शब्द सर्जक रमेश बिजि र संगित गायिकाद्वय शान्ति डाेटेलकाे रहेकाे छ ।
गायिका सुनिता नेपाली कमला न्याैपाने , र शान्ति डाेटेलकाे अाबज रहेकाे यस गितमा माेडल असमिता रनपाल,मुलान दुलाल ,माया गिरि, र मुन्द्रेमान श्रेष्ठकाे मुख्य भुमिका रहेकाे छ ।
तारानाथ अाचर्यकाे निर्देशन सम्पादन गणेश सापकाेटाकाे छाँयाङकन मा भिडियाे डिजिटल स्टार अफिसियल युटुब च्यानलबाट सार्वजानीक गरिएको छ ।









