
बागलुङ / बागलुङकाे धार्मिक पर्यटकीय केन्द्रकाे रूपमा परिचित सर्वसिद्विधाम पन्चकाेटमा शनिबार भएको
सर्वसिद्विधाम पन्चकाेटका संस्थापक स्वामी कमलनयनाचार्यकाे अध्यक्षतामा भएको भेलाले नयाँ कार्यसमिति पुनर्गठन गरेर जगन्नाथ आचार्यलाई अध्यक्षकाे जिम्मेवारी दिएको छ ।
भेलाले उपाध्यक्ष पदेन रुद्र वहादुर केसी( ६ वार्ड अध्यक्ष ) महासचिव माधब प्रसाद उपाध्याय कोषाध्यक्ष कुल प्रसाद उपाध्याय सह कोषाध्यक्ष कुल प्रसाद उपाध्याय गुरु प्रसाद सापकोटा सचिब नारायण प्रसाद आचार्य कार्यालय सचिव राम बहादुर क्षेत्री सदस्य टिकाराम सापकोटा सदस्य कृष्ण प्रसाद आचार्य सदस्य शालिग्राम सापकोटा केशब कार्की टुल्की सापकोटा सदस्य भुवानी शंकर आचार्य जीत बहादुर कार्की, दधी प्रसाद सापकोटा ,श्रीजय श्रेष्ठ र लिला देवी खड्का चयन भएका छन् ।
स्वामी कमलनयनाचार्य संस्थापक रहेको सर्वसिद्विधाम पन्चकाेटकाे प्रतिनिधि अध्यक्ष नगेन्द्रराज शर्मा२०७१-७४
दोस्रो ,स्वामी ऋषि प्रपन्नाचार्य २०७४-७९ तेस्रो दामोदर शास्त्री २०७९–८१ श्रावण १९ सम्म महत्त्वपूर्ण पदमा बसेर जिम्मेवारी निभाएका थिए ।
पन्चकाेटकाे यसपटक भएको अखण्ड श्री ब्रह्माण्डीय महायज्ञमा भएको हिसाबकिताब देखि त्यहाँ भएको कमिकमजाेरी बारे संचार माध्यममा खबर प्रकाशित भएपछि स्वामी कमलयनाचार्य रातारात बागलुङ आएर
सराेकारवाला संग भेटघाट छलफल गरेर अहिले भइरहेको कार्यसमिति पुनर्गठन गरेर अगाडि बढ्ने कार्यक्रम अनुसार
समिति पुनर्गठन गरिएको समितिले जनाएको छ ।
एकदशक अघि ठूलो तामझामका हजारौं हजार जनसमुदायको उपस्थितिमा पन्चकाेटमा ११८ फिट अग्लो बिश्व शान्ति गण्डकी कलश निर्माण गर्ने भनेर शिलान्यास गरिएको बिश्व शान्ति गण्डकी कलश १० बर्ष बित्दा एक ढलान मात्र भइ काम अघि नबढेको भन्ने जनगुनासो आएको कारण पुनर्गठन भएको समितिले छिट्टै काम अगाडि बढाउने समितिका अध्यक्ष जगन्नाथ आचार्यले बताए ।
गत बर्ष भएको महायज्ञको कुल खर्च कटाएर ७ करोड, ९२ लाख ९८हजार ४ सय ५० रुपयां वचत गरेको समितिले महायज्ञबाट संकलित रकम सर्वशिद्धिधाम पञ्चकोटको गुरुयोजना अनुरुप निर्माणाधिन विश्वशान्ति गण्डकी कलशलाई पूर्णता दिन र अन्य भौतिक संरचना निर्माणमा खर्च गरिने भएको छ ।
समुद्री सतहबाट एक हजार सात सय ५० मिटरको उचाइमा रहेको यो क्षेत्र गण्डकी प्रदेशकै उत्कृष्ट धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास भएको छ।









