
बागलुङ । राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को कानून संकायको परीक्षामा आदर्श विद्यामन्दिर माविका विद्यार्थीहरु उत्कृष्ठ अंक ल्याएर उत्तिर्ण भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले लिएको २०८० को कानुन संकायको परीक्षामा सहभागी ११ जना विद्यार्थीहरुले उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् ।
परीक्षामा ३.२० देखि ३.६० जिपिए ल्याएका पाँच जना, २.८० देखि ३.२० सम्म जिपिए ल्याएका चार जना र २.४० देखि २.८० सम्म २ जना विद्यार्थीले जिपिए ल्याउन सफल भएको विद्यालयका प्रिन्सिपल भुपेन्द्र केसीले बताए ।
कानुन संकाय तर्फ उत्कृष्ठ नतिजा सहित प्रत्येक वर्ष शतप्रतिशत शैक्षिक परीणाम दिन विद्यालय सफल भएको छ ।
साथै व्यवस्थापन संकाय तर्फ परीक्षामा ३८ जना सहभागि मध्ये ३५ जना उत्तिर्ण भएका छन् ।
व्यवस्थापन संकायको परीक्षामा विद्यार्थीहरुले २.४० देखि ३.५६ सम्म जिपिए ल्याएर विद्यार्थी उत्तिर्ण भएको विद्यालयका कक्षा ११ र १२ का संयोजक शिक्षक युनिस दिन मियाँले जानकारी दिनु भयो ।
मनोवैज्ञानिक ढंगले अग्रेजी माध्यमबाट पढाई, गुणस्तरीय शिक्षा, राम्रो सिकाई उपलब्धी र सर्वोत्कृट शैक्षिक नतिजाका कारण यस विद्यालय प्रति अभिभावक र विद्यार्थीका आकर्षण बढेर गएको छ ।
धाैलागिरि अन्चलकाे एकमात्र कानुन बिषय अध्यापन हुने
यश बिद्यालयमा कानून बिषयमा अध्ययन गर्न गराउन थप
आकर्षण गर्न बागलुङ नगरपालिका र बिद्यालय बिच समन्वय भइ कार्यक्रम समेत अगाडि बढेको छ ।









