समाचार

ग्यास अभाव विवादबीच उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं, भदौ २५ — उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। बजारमा देखिएको ग्यास अभाव र त्यससम्बन्धी आफ्नै अभिव्यक्तिका कारण विवादमा परेकी मन्त्री यादवले आज प्रधानमन्त्री बालेन्द्र साहलाई भेटेर राजीनामा बुझाएकी हुन्। ग्यास आपूर्तिमा देखिएको समस्या र कालोबजारी नियन्त्रणमा सरकार प्रभावकारी हुन नसकेको भन्दै संसदीय समितिको बैठकमा सांसदहरूले मन्त्री यादवको भूमिकामाथि प्रश्न उठाएका थिए। त्यसक्रममा उनले ग्यास उद्योगीलाई ‘पाता कस्नुपर्ने’ अभिव्यक्ति दिएपछि थप विवाद चर्किएको थियो। मन्त्री यादवले उद्योगी व्यवसायीलाई दोष दिएर जिम्मेवारीबाट पन्छिन खोजेको आरोपसमेत… पुरा पढौ

लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल बाटअगस्ट महिनामा ३४ लायन्स लिडर सम्मानित

काठमाडौं, भदौ २५ ।लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालका गभर्नर लायन रमेश अधिकारीले लायन्स वर्ष २०२६/२७ को अगस्ट महिनामा उत्कृष्ट नेतृत्व, सक्रियता तथा उल्लेखनीय सामाजिक गतिविधि प्रदर्शन गर्ने ३४ जना लायन्स लिडरलाई सम्मानित गर्ने घोषणा गर्नुभएको छ। सम्मानित हुनेहरूमा पिआरओ इन चिफ सुरेन्द्र बाबु श्रेष्ठ, चिफ एडमिनिस्ट्रेटर मुना थापा, दुर्गा कुँवर, राजनप्रसाद काप्री, शक्ति श्रेष्ठ, रितु पौडेल, रुद्रनाथ देवकोटा, मोहन श्रेष्ठ, विष्णुप्रसाद चापागाईं, अमरराज सुवेदी, भीमप्रसाद सुवेदी, ध्रुवप्रसाद घिमिरे, दीपेन्द्र केसी, थानेश्वर पौडेल, अनुप मास्के, कृष्णप्रसाद भट्ट, निर्मल अधिकारी, गणेश… पुरा पढौ

प्रधानमन्त्री राहत कोषमा अन्तर्राष्ट्रिय बिहुँकोट विकास मञ्चको २ लाख रुपैयाँ सहयोग

काठमाडौं, भदौ २५ । रसुवामा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले अन्तर्राष्ट्रिय बिहुँकोट विकास मञ्चले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख रुपैयाँ सहयोग गरेको छ। मञ्चले जापानमा आयोजना गर्ने तयारी गरेको नेपाली महिला दिदीबहिनीहरूको महान् पर्व हरितालिका तीज विशेष कार्यक्रम स्थगित गर्दै उक्त कार्यक्रमका लागि छुट्याइएको रकमबाट सहयोग प्रदान गरेको जनाएको छ। मञ्चका अध्यक्ष वेद कडेलका अनुसार रसुवामा आएको प्राकृतिक विपत्तिका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको अवस्थामा मनोरञ्जनात्मक कार्यक्रम… पुरा पढौ

जापान सांगीतिक यात्रामा सीता परियार र सम्झना लामिछाने मगर

पोखरा । गायिका तथा कलाकार सीता परियार र सम्झना लामिछाने मगर जापानमा हुने सांगीतिक कार्यक्रममा सहभागी हुन नेपालबाट चीन हुँदै जापान प्रस्थान गर्नुभएको छ। उहाँहरूको सफल, सुरक्षित र उपलब्धिमूलक यात्राको कामना गर्दै शुभेच्छुकहरूले हार्दिक शुभकामना व्यक्त गरेका छन्। यसैगरी, गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष हेमराज शर्मा आफ्नो कर्मथलो बेलायत फर्किने क्रममा उहाँलाई पनि सफल र सुरक्षित यात्राको शुभकामना दिइएको छ। सांगीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्वहरूको यात्रालाई प्रेरणा र प्रोत्साहन प्रदान गरेको भन्दै बिहुँकोट समाज जापान परिवारप्रति विशेष… पुरा पढौ

नेपाल प्रेस युनियन बागलुङको अध्यक्षमा सुवास आचार्य

बागलुङ, भदौ २४ । नेपाल प्रेस युनियन बागलुङ शाखाको अध्यक्षमा पत्रकार सुवास आचार्य सर्वसम्मत चयन हुनुभएको छ। नेपाल प्रेस युनियन बागलुङ शाखाको २६औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनले आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा उषा पौडेल र छविलाल पाण्डेय, सचिवमा डम्मर बुढामगर, सह–सचिवमा नवराज नेपाली तथा कोषाध्यक्षमा जेनिसा नायर चयन हुनुभएको छ। सदस्यमा राजु शर्मा, कुशल कँडेल, सुरेश छन्त्याल, तिलक मल्ल र भूमा तरामी मगर चयन हुनुभएको छ। त्यस्तै, संघीय महाधिवेशन प्रतिनिधिमा जगन्नाथ आचार्य,… पुरा पढौ

रसुवा प्रकोपपीडितका लागि सरस्वती महिला विकास समितिद्वारा रु ५१ हजार १०० सहयोग

बागलुङ, भदौ २४ । रसुवामा आएको प्राकृतिक प्रकोपबाट प्रभावित परिवारहरूको राहत तथा पुनःस्थापनाका लागि बागलुङ नगरपालिका–३ र ४ पाखाथरस्थित सरस्वती महिला विकास समिति ले रु ५१ हजार १०० सहयोग गरेको छ। समितिमा आबद्ध दिदीबहिनीहरूबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको समितिले जनाएको छ। प्राकृतिक विपद्का कारण प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सघाउ पुर्‍याउने उद्देश्यले रकम हस्तान्तरण गरिएको हो। समितिले विपद्को यस कठिन घडीमा आफ्नो सानो सहयोगले प्रभावित परिवारहरूमा धैर्य, साहस र आशा जगाउन मद्दत पुग्ने… पुरा पढौ

पोखरा पर्यटन परिषद्को अध्यक्षमा हरि भुजेल निर्वाचित

पोखरा, भदौ २४ । पोखरेली पर्यटन व्यवसायी संस्थाहरूको छाता संगठन पोखरा पर्यटन परिषद्को अध्यक्षमा हरि भुजेल निर्वाचित भएका छन्।परिषद्को २६औँ वार्षिक साधारणसभा तथा १४औँ अधिवेशनबाट भुजेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो। मंगलबार सम्पन्न पदस्थापन कार्यक्रममा ट्रेकिङ नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (TAAN) का हरिराम अधिकारी प्रथम उपाध्यक्ष तथा ट्रेकिङ इक्विपमेन्ट शप एसोसिएसनका नारायणप्रसाद सुवेदी द्वितीय उपाध्यक्षमा निर्वाचित भएका छन्। त्यसैगरी, नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्ट्स (NARA) का मिलन तिवारी महासचिव र नेपाल टुरिस्ट भेहिकल एसोसिएसनका बाबुराम पाण्डे… पुरा पढौ

प्रकोपपीडितको राहतका लागि लोक तथा दोहोरीगीत प्रतिष्ठान गण्डकीद्वारा १ लाख १५ हजारभन्दा बढी सहयोग

पोखरा । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेश समितिले प्राकृतिक प्रकोपबाट प्रभावित कलाकार तथा नागरिकहरूको राहतका लागि १ लाख १५ हजार ७ सय १७ रुपैयाँ सहयोग रकम संकलन गरी केन्द्रीय समितिको खातामा जम्मा गरेको छ। मानवीय सहायता अभियानअन्तर्गत प्राकृतिक विपत्तिबाट प्रभावित कलाकारसहित अन्य नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम संकलन गरिएको समितिले जनाएको छ। समितिले प्राकृतिक विपत्तिको कठिन परिस्थितिमा पीडितहरूको दुःखमा साथ दिनु सबैको साझा दायित्व भएको उल्लेख गर्दै सहयोग अभियानमा साथ दिने सम्पूर्ण… पुरा पढौ

रसुवाका बाढीपीडितलाई लायन्स क्लबद्वारा राहत हस्तान्तरण

काठमाडौं, भदौ २३ हालैको बाढी–पहिरोका कारण रसुवा तथा भोटेकोशी क्षेत्रका सयौं परिवार विस्थापित भएपछि काठमाडौंमा आश्रय लिएर बसेका बाढीपीडितलाई लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतका क्लबहरूले राहत सामग्री हस्तान्तरण गरेका छन्। भदौ १० गते भाेतेकाेशी लगायत ठाउँबाट आएको बाढी पहिरो बाट आफ्नो आफन्त परिवार गुमाएका ब्यक्तिहरूलाइ गण्डकी एरियाअन्तर्गतका १९ वटा लायन्स क्लबको संयुक्त आयोजनामा मंगलबार तारकेश्वर गुम्बामा मानवीय आश्रय लिएर बसिरहेका पीडित परिवारलाई खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री वितरण गरेकाे छ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल भदौ… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा गौतम निर्वाचित

कास्की, भदौ २२ । पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा ७५१ मत ल्याएर शाेभा गौतम निर्वाचित भएकी छन्। संघको ३६औँ अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा गौतमले तीन पुरुष प्रतिस्पर्धी अर्जुन पोखरेल, उत्तममान बुद्धाचार्य र बलराम आचार्यलाई पराजित गर्दै अध्यक्ष पदमा विजय हासिल गरेकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी अर्जुन पोखरेलले ६३७ मत ल्याएका थिए । पोखरा उद्योग वाणिज्य संघको इतिहासमा अध्यक्ष पदमा निर्वाचित हुने महिला नेतृत्वमध्ये गौतम एक महत्वपूर्ण प्रतिनिधिका रूपमा उदाएकी छन्। यसअघि विन्दु कोइराला र हीरा भट्टराईले अध्यक्ष पदमा उम्मेदवारी दिए पनि… पुरा पढौ