समाचार

बागलुङ नगरपालिका गण्डकी प्रदेशमा तेस्रो, जिल्लामा पुनः प्रथम

बागलुङ भदौ ७ बागलुङ नगरपालिका यस वर्षको ‘स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA)’ मा ८७.२५ अंक प्राप्त गर्दै बागलुङ जिल्लाभित्र पुनः प्रथम तथा गण्डकी प्रदेशस्तरमा तेस्रो स्थान हासिल गर्न सफल भएको छ। नेपाल सरकारद्वारा प्रत्येक वर्ष स्थानीय तहहरूको सेवा प्रवाह, विकास निर्माण, योजना कार्यान्वयन, संस्थागत सुशासन, कर्मचारी परिचालन लगायतका विविध पक्षहरूको मूल्याङ्कन गरिन्छ। सोही मूल्याङ्कनका लागि तयार गरिएको LISA मापदण्डअनुसार बागलुङ नगरपालिकाले विगत तीन वर्षमा उल्लेखनीय प्रगति गरेको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बताए । नगर प्रमुखको नेतृत्वमा… पुरा पढौ

परराष्ट्रमन्त्री डा. राणाद्वारा भियतनामका उपराष्ट्रपतिसँग शिष्टाचार भेट

समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनसँग परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आज काठमाडौँमा शिष्टाचार भेट गर्नुभएको छ। उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा तीनदिने औपचारिक भ्रमणका लागि नेपाल आउनुभएकी उपराष्ट्रपति सुआनसँग मन्त्री डा. राणाले भेटवार्ता गर्नुभएको हो। भेटका क्रममा नेपाल–भियतनाम सम्बन्धका विविध आयामहरू, द्विपक्षीय हितका विषयहरू तथा आपसी चासोका मुद्दाहरूमा विचार–विमर्श भएको थियो। मन्त्री डा. राणाले पछिल्लो समय भियतनामले हासिल गरेको तीव्र आर्थिक विकासप्रति बधाई दिँदै उक्त प्रगति अन्य देशहरूका लागि प्रेरणादायी बन्न सक्ने धारणा व्यक्त गर्नुभयो। उहाँले नेपाल… पुरा पढौ

तीज विशेष नारी सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

काठमाडौं, भदौ ७ उपमा सञ्चार प्रा.लि. र तेज नेपाल मल्टिमिडिया प्रा.लि.को संयुक्त आयोजनामा राजधानीस्थित चलचित्र विकास बोर्डमा “तीज विशेष नारी सम्मान तथा सांस्कृतिक कार्यक्रम–२०८२” भव्य रूपमा सम्पन्न भयो। कार्यक्रमको सभाध्यक्ष उपमा सञ्चार प्रा.लि.की आशा गौतम रहनु भएको थियो। प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री माननीय बलराम अधिकारी तथा विशिष्ट अतिथि प्रतिनिधि सभा सदस्य मनरुपा शर्मा ‘बिमला’ हुनुहुन्थ्यो। चलचित्र, संगीत, कला, साहित्य, शिक्षा, खेलकुद, राजनीति, व्यवसाय तथा सामाजिक सेवाजस्ता विविध क्षेत्रमा योगदान पुर्‍याउने नारी व्यक्तित्वहरूलाई “तीज विशेष नारी… पुरा पढौ

जनै हराएको मान्छे’ले दर्शकलाई भावुक बनायो, कलाकार भन्छन्– बुवाको मुख हेर्ने दिनको उपहार यही चलचित्र हो

काठमाडौं । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ ले अधिकांश दर्शकलाई भावुक बनाएको छ। निर्माण पक्षले बुवाको मुख हेर्ने दिनको अवसरमा आफ्ना बुवाआमालाई हलमा लगेर चलचित्र हेर्न आग्रह गरेको छ। चलचित्रका मुख्य कलाकार विजय बरालले भने, “शनिबार बुवाको मुख हेर्ने चाड हो। हाम्रो चलचित्रले बुवाआमाको खुसीका लागि छोराले गर्ने संघर्षको कथा बोल्छ। यदि कोही छोराछोरीले आफ्ना बुवाआमालाई हलमा लगेर यो चलचित्र देखाउँछन् भने, त्यो नै साँचो उपहार हुनेछ। सायद यसभन्दा ठूलो उपहार अरू केही हुन सक्दैन।” अभिनेत्री केकी अधिकारीले… पुरा पढौ

सुरक्षित भविष्यका लागि जलवायु संरक्षणमा जुटौँ : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको सुरक्षित भविष्य सुनिश्चित गर्न जलवायु तथा वातावरण संरक्षण अपरिहार्य रहेकोमा जोड दिनुभएको छ। युलेन्स एजुकेशन फाउण्डेसन र बनेपा नगरपालिकाको संयोजनमा बनेपा नगरपालिका–३, काँसी भञ्ज्याङ क्षेत्रमा १० हजार वृक्षारोपण गर्ने कार्यक्रमको आज शुभारम्भ गर्दै मन्त्री राणाले जलवायु परिवर्तनका कारण नेपाल गम्भीर समस्यामा परेको उल्लेख गर्दै दीर्घकालीन सुरक्षाका लागि जलवायु संरक्षणमा सक्रियता आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा उहाँले भन्नुभयो, “नेपाल जलवायु परिवर्तनको प्रत्यक्ष प्रभावमा परेको छ। हामीले यो अवस्था विश्व समुदायमा स्पष्ट रूपमा जानकारी गराएका छौँ। नेपाल… पुरा पढौ

पुस्तक विमोचन कार्यक्रमको तयारी पूरा

काठमाडौँ — लेखक भीम न्यौपानेद्वारा लिखित पुस्तक ‘बादलमुनि बागलुङ’ को विमोचन कार्यक्रम यही शनिबार, २३ अगस्ट २०२५ मा आयोजना हुँदैछ। किताबकीरो प्रकाशनद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि नीर शाह रहनेछन्। वक्ताहरूमा राधा पौडेल र नयनराज पाण्डे रहनेछन्। कार्यक्रम दिउँसो ३ बजे नेपाल प्रज्ञा-प्रतिष्ठान, कमलादीस्थित लेखनाथ कक्षमा हुनेछ। पुस्तकको आवरणमा बादलमुनि हराउँदै गरेको बागलुङको दृश्य र आकाशमा उडिरहेको विमान देखिन्छ, जसले पुस्तकको भावनात्मक र भौगोलिक पृष्ठभूमिलाई झल्काउँछ। विमोचन समारोहमा साहित्यप्रेमी, लेखक तथा पाठकहरूको उपस्थिति अपेक्षित गरिएको छ। पुरा पढौ

म्युजिक खबर कलाकारीता सम्मानबाट सञ्चारकर्मी विनिता कुँवर क्षेत्री सम्मानित

काठमाडौं भदौ ६ स्पेस 4K टेलिभिजनकी सञ्चारकर्मी विनिता कुँवर क्षेत्रीलाई चौथो म्युजिक खबर तिज म्युजिक अवार्ड २०८२ को अवसरमा कलाकारीता सम्मान प्रदान गरिएको छ। उनलाई प्रतिनिधि सभा सदस्य माननीय रेखा यादवको हातबाट सम्मानित गरिएको हो। क्षेत्री लामो समयदेखि रेडियो, टेलिभिजन तथा अनलाइन सञ्चार माध्यममा सक्रिय रहँदै आएकी छन्। उनले विशेषतः नेपाली कला क्षेत्रलाई आत्मसात गर्दै समयानुकूल टेलिभिजन तथा डिजिटल पत्रकारितामा कलम, माइक र क्यामेराको माध्यमबाट मुलुकको कला, संस्कृति संरक्षण, सम्बर्द्धन तथा प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएकी छन्। यही योगदानको उच्च… पुरा पढौ

बागलुङमा पुरुष भलिबल प्रतियोगिता: खेलकुदको उत्सव सुरु हुँदै

बागलुङ, भदौ ५ "जनमभूमि बागलुङको समृद्धिको लागि हातेमालो" भन्ने नाराका साथ बागलुङ जिल्ला पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता २०८२ को भव्य तयारी पूरा भएको छ। असोज २९ गतेदेखि कार्तिक १ गतेसम्म बागलुङ बजारमा आयोजना हुने यो प्रतियोगिता खेलप्रेमीहरूका लागि विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीहरूलाई निम्न पुरस्कारहरू प्रदान गरिनेछ:प्रथम स्थान: रु. २ लाख र (ट्रफी, मेडल र प्रमाण-पत्र)द्वितीय स्थान: रु. १ लाख र (ट्रफी, मेडल र प्रमाण-पत्र)तृतीय स्थान: रु. ५० हजार र (ट्रफी, मेडल… पुरा पढौ

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के नेपाल बागमती एरियाको पदस्थापना कार्यक्रम भव्य रूपमा सम्पन्न

काठमाडौं, १८ अगस्ट २०२५ — लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत बागमती एरियाको पदस्थापना कार्यक्रम अत्यन्तै भव्य र व्यवस्थित रूपमा सम्पन्न भएको छ। लायन वर्ष २०२५–२०२६ का एरिया चिफ लायन शुसिल श्रेष्ठको नेतृत्वमा आयोजित उक्त कार्यक्रममा विभिन्न रिजन तथा जोनका पदाधिकारीहरूको औपचारिक पदस्थापन गरियो। कार्यक्रममा रिजन चियरपर्सन लायन तमन्ना थापा सिंह र लायन राज्यश्री प्रधान्नाड्ग श्रेष्ठको संयोजनमा जोन चियरपर्सनहरू लायन काशीनाथ पन्त, लायन शशी प्रसाद भट्टराई, लायन कल्पना श्रेष्ठ तथा लायन सरोज बस्नेत अन्तर्गतका क्लबहरूका अध्यक्षहरूलाई जिम्मेवारी हस्तान्तरण… पुरा पढौ

छम्म छम्म पाउजु सार्वजनिक, बेलायतको रमणीय दृश्यमा नेपाली सांगीतिक झल्को

लन्डन, २१ अगस्ट २०२५ — नेपाली सांगीतिक क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रयासस्वरूप गायक विकास सुनार र सिम्रन परियारको स्वरमा रहेको नयाँ डान्सिङ गीत छम्म छम्म पाउजु को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गीतमा यज्ञ विकको शब्द, विकास सुनारको संगीत तथा बिमल छिनालको एरेन्ज र मिक्सिङ रहेको छ। अडियो डाइनामिक स्टुडियोमा तयार गरिएको यो गीतले नेपाली सांगीतिक स्वादलाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ। भिडियोको छायांकन बेलायतको प्रसिद्ध पर्यटकीय स्थल डडल्डोर र लन्डन वरिपरि गरिएको छ। भिडियोमा कार्टुन क्रुकी आस्मा विश्वकर्मा, गायक… पुरा पढौ