समाचार

बेष्ट मोडलको अवार्ड सञ्चिता शाहीलाई प्रदान

काठमाडौं, असार २४दोश्रो क्रियटिभ इन्टरनेशनल म्युजिक अवार्ड–२०२५ को अवसरमा मोडल तथा नृत्याङ्गना सञ्चिता शाही ‘बेष्ट मोडल’ घोषित भएकी छिन्। सोमबार काठमाडौंमा सम्पन्न कार्यक्रममार्फत शाहीलाई ‘धेरै माया बोलको’ गीतबाट उत्कृष्ट मोडलको अवार्ड प्रदान गरिएको हो। नेपाली लोकदोहोरी गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी सञ्चिता शाही र बिकम बुढाथोकीले अभिनय गरेको उक्त म्युजिक भिडियोमा सर्जक तथा गायक कस्तुप पन्तको शब्द–संगीत रहेको छ।गीतमा स्वर भने लोकप्रिय गायक प्रमोद खरेलले दिएका हुन्। ‘धेरै माया’ बोलको भिडियो कस्तुप पन्त अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको थियो।यस म्युजिक… पुरा पढौ

खानेपानीमा लगाइएको अव्यवहारिक करबारे फेडवासनद्वारा राष्ट्रपतिको ध्यानाकर्षण

काठमाडौं, असार — सरकारले उपभोक्ता समितिको रकममा २५ प्रतिशत कर लगाउने निर्णय गरेपछि खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ (फेडवासन) उक्त निर्णयको कडा विरोधमा उत्रिएको छ। महासंघका राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्याल नेतृत्वको टोलीले आजै राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गरी, समुदायले ठूलो कठिनाइ सहँदै खानेपानीको दिगोपनाका लागि संकलन गरेको रकममा समेत कर लगाउने निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै औपचारिक ध्यानाकर्षण गराएको हो। महासंघले राष्ट्रपति समक्ष उक्त कर नीतिलाई हटाउन सहजीकरणको भूमिका निर्वाह गरिदिन अनुरोध समेत गरेको छ। "उपभोक्ताले मासिक रूपमा शुल्क बुझाउँछन्, जसबाट… पुरा पढौ

बागलुङको उपल्लाचौरमा विद्यार्थीलाई स्कुल पोशाक तथा स्टेसनरी सामग्री वितरण

बागलुङ, असार २३लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के (एमडी ३२५) नेपाल अन्तर्गत गण्डकी प्रदेशको बागलुङ जिल्लामा क्रियाशील विभिन्न लायन्स क्लबहरूको संयुक्त आयोजनामा उपल्लाचौर आधारभूत विद्यालयका विद्यार्थीहरूलाई स्कुल पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको छ। शिक्षामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले आयोजित यो कार्यक्रममा विद्यार्थीहरूलाई पोशाक, स्टेशनरीलगायतका आवश्यक शैक्षिक सामग्री प्रदान गरिएको हो। कार्यक्रम २०८१ साल असार २३ गते विद्यालय प्रांगणमा सम्पन्न भएको थियो। उक्त कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ के नेपालका डिस्ट्रिक गभर्नर लायन दुर्गाप्रसाद हुमागाइ, पूर्व डिस्ट्रिक गभर्नर लायन… पुरा पढौ

नेपाल मगर लेखक संघको तेस्रो जिल्ला अधिवेशन सम्पन्न

कास्की, असार २३नेपाल मगर लेखक संघ, कास्कीको तेस्रो जिल्ला अधिवेशन तथा नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय संरक्षक, मगर भाषा प्रतिष्ठानका अध्यक्ष, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका पूर्व सदस्य सचिव, भाषा आयोगका विज्ञ सदस्य, तथा वरिष्ठ प्रगतिवादी साहित्यकार लोकबहादुर थापा मगर प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी, नेपाल मगर संघ कास्कीका कार्यवाहक सचिव शिव थापा मगर, नेपाल मगर लेखक संघ केन्द्रीय समितिका सचिव रुद्रबहादुर श्रीस मगर, र गण्डकी प्रदेश समितिका कोषाध्यक्ष पूर्ण… पुरा पढौ

समाजको यथार्थ बोल्ने मनोज ओलीको नयाँ र्‍याप सार्वजनिक

काठमाडौं ।असार २३र्‍याप गायक मनोज ओलीले नयाँ र्‍याप गीत सार्वजनिक गरेका छन् । गीतमा समसामयिक नेपाली समाजको यथार्थपरक चित्रण गरिएको छ । जुनसुकै ‘तन्त्र’ वा ‘वाद’ आए पनि धनी अझ धनी बन्दै गएका र गरिब झनझन पीडित हुँदै गएका यथार्थलाई गीतमार्फत उजागर गरिएको छ । गणतन्त्रपछि गरिबका दिन फेरिन्छन् भन्ने नाराका साथ सत्तामा पुगेका नेताहरूले पनि देशमा खासै परिवर्तन गर्न नसकेको अवस्थालाई गीतले प्रभावशाली ढंगले प्रस्तुत गरेको छ । राजनीतिक परिवर्तनसँगै पटक–पटक दोहोरिएको आश्वासन र व्यवस्थाको नाम फेरिए पनि जनताको… पुरा पढौ

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ — आठ सहरमा एकसाथ पोस्टर सार्वजनिक, कथा जस्तो पोस्टरमा पात्रको द्वन्द्व

काठमाडौं ।असार २२ नेपाली चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक गरिएको छ। विशेष शैलीमा प्रचारप्रसार गर्दै निर्माण टिमले देशभरका आठ प्रमुख सहरमा एकसाथ पोस्टर सार्वजनिक गरेर दर्शकको ध्यान खिच्ने प्रयास गरेको छ। काठमाडौं, झापा, धरान, इटहरी, विराटनगर, वीरगञ्ज, बुटवल र नेपालगञ्जमा शनिबार दिउँसो साढे ३ बजे बेलुन उडाउँदै फिल्मको पोस्टर सार्वजनिक गरिएको हो। “देशैभर एकसाथ पोस्टर सार्वजनिक गरेर चलचित्रप्रति उत्सुकता जगाउने उद्देश्य राखेका हौं,” निर्माता बिमल न्यौपानेले बताए। फिल्मको प्रचारप्रसारलाई फरक ढंगले प्रस्तुत गर्दै मोफसलका दर्शकमाझ… पुरा पढौ

गोर्खाका फोटोग्राफर एकजुट, भट्टको नेतृत्वमा समिति गठन

फोटोग्राफर संघ गण्डकीको संस्थागत विस्तार अभियान अन्तर्गत गोर्खामा कार्यक्रम सम्पन्न २२ असार, पोखरा गण्डकी प्रदेशका सक्रिय फोटोग्राफरहरूको साझा संस्था फोटोग्राफर संघ गण्डकीले संस्थागत विस्तार अभियान अन्तर्गत गोर्खा जिल्लामा विशेष कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा वरिष्ठ फोटोग्राफर रामप्रसाद भट्टको अध्यक्षतामा जिल्ला समिति गठन गरिएको छ। कार्यक्रमका प्रमुख वक्ता तथा संघका अध्यक्ष नारायणबहादुर केसीले गोर्खा समितिको गठनसँगै संघले पूर्णता पाएको बताउँदै, अब सबै मिलेर फोटोग्राफरहरूको हकहित र व्यावसायिक सशक्तिकरणको पक्षमा संगठित रूपमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। संघका संस्थापक अध्यक्ष तथा नेपाल… पुरा पढौ

कक्षा ११ मा कानून विषय अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि बागलुङ नगरपालिकाको छात्रवृत्ति आवेदन खुला

बागलुङ, असार २० – बागलुङ नगरपालिकाले कक्षा ११ मा कानून विषय अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई लक्षित गरी छात्रवृत्ति प्रदान गर्ने भएको छ। नगरपालिकाको न्यायिक समितिकाे पहलमा उक्त छात्रवृत्ति कार्यक्रम ल्याइएको हो। न्यायिक सचेतना अभिवृद्धि तथा कानून विषयको प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरिने छात्रवृत्ति कार्यक्रम अन्तर्गत छनौट भएका विद्यार्थीहरूले निशुल्क अध्ययन गर्ने अवसर पाउनेछन्। नगरपालिकाले प्रकाशित गरेको सूचनामा उल्लेख भएअनुसार, आवश्यक कागजातसहित ७ दिनभित्र आवेदन फारम बुझाउनु पर्ने सुचना जारी गरेको छ । आवेदनका लागि आवश्यक कागजातहरू नागरिकताको प्रमाणपत्र वा जन्मदर्ताको… पुरा पढौ

राष्ट्रिय कलाकार बाबा पाख्रिनसहित सयौं जना माओवादी केन्द्रमा प्रवेश

२१ असार २०८२, काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय कलाकार बाबा पाख्रिनसहित सयौं नयाँ सदस्यलाई पार्टीमा स्वागत गर्नुभएको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित विशेष कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी उनीहरूले माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। पर्सा–काठमाडौं सम्पर्क समन्वय समितिको आयोजनामा भएको सो कार्यक्रममा सहभागीहरुलाई अध्यक्ष दाहालले खादा ओढाएर पार्टीमा स्वागत गर्नुभयो। पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष दाहालले माओवादी आन्दोलनको लक्ष्य, राष्ट्रियता र सामाजिक न्यायका सवालमा पार्टी अझ सशक्त ढंगले अघि बढिरहेको… पुरा पढौ

मिरमिरे’को छायांकन सुरु, प्रमुख भूमिकामा दयाहाङ र प्रकाश

काठमाडौं, असार — चलचित्र ‘मिरमिरे’ को छायांकन काभ्रेपलाञ्चोकबाट सुरु भएको छ। एक साता लामो वर्कसप सम्पन्न गरेपछि निर्माण टिम शुक्रबार काठमाडौंबाट छायांकनका लागि प्रस्थान गरेको थियो। शनिबार पनौती नगरपालिका–११, बल्थलीस्थित श्री लड्केश्वर आधारभूत विद्यालय परिसरमा क्यामेरा पूजा गर्दै छायांकन थालिएको निर्माण पक्षले जानकारी दिएको छ। निर्देशक यम शेर्पाका अनुसार, “चलचित्र ‘मिरमिरे’को छायांकन आजबाट सुरु गरेका छौं। झन्डै ३५ दिन काभ्रेका विभिन्न स्थानमा खिच्ने योजना छ।” यार्सा फिल्म्सको प्रस्तुति रहने चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु मुख्य भूमिकामा छन्।… पुरा पढौ