-


     हिडन खबर    
     वैशाख २ गते २०८३ मा प्रकाशित


गण्डकीमा मन्त्रिपरिषद् फेरबदल, कांग्रेस र एमालेलाई समान मन्त्रालय

कास्की, बैशाख २ — पोखरा
गण्डकी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ। मुख्यमन्त्री सुरेन्द्र पाण्डेको सिफारिसमा बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराए।

विगतको सहमति अनुसार सत्ता साझेदारीमा कांग्रेस र एमालेले समान रूपमा ४/४ मन्त्रालय पाएका छन्।

कांग्रेसतर्फका मन्त्रीहरू

  • जित शेरचन (बागलुङ) — अर्थमन्त्री
  • नन्दप्रसाद न्यौपाने — ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री
  • रेखा गुरुङ — सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री
  • नम्डु गुरुङ — वन तथा वातावरण मन्त्री

यसअघि अर्थ मन्त्रालयमा डा. टकराज गुरुङ, सामाजिक विकासमा बिन्दुकुमार थापा, वनमा भेषबहादुर पौडेल थिए। ऊर्जा मन्त्रालय भने मुख्यमन्त्री पाण्डेले आफैं सम्हाल्दै आएका थिए।

एमालेतर्फका मन्त्रीहरू

  • गोविन्द बहादुर नेपाली — भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री
  • यशोदा रिमाल — उद्योग तथा पर्यटन मन्त्री
  • लक्ष्मण पाण्डे — कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री
  • भीम कार्की — स्वास्थ्य मन्त्री

यसअघि कृषि मन्त्रालयमा पद्मा जिसी, स्वास्थ्यमा कृष्ण पाठक, भौतिक पूर्वाधारमा प्रकाश केसी र पर्यटनमा मित्रलाल बस्याल मन्त्री थिए।

पुनर्गठनपछि गण्डकी प्रदेशको मन्त्रिपरिषद् ९ सदस्यीय