समाचार

‘अभिमन्यु : च्याप्टर–१’ को पोस्टर सार्वजनिक

काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ को पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले सार्वजनिक गरेको पोस्टरमा अभिनेता कामेश्वर चौरासियालाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ। पोस्टरमा चौरासियालाई कारागारको तारबारमाथि उभिएर चिच्याइरहेको जस्तो देखाइएको छ। उनको तल विराटनगर कारागार देखिन्छ भने अगाडि खैरो रंगको मनि ब्याग राखिएको छ। यी दृश्यहरू मिलेर उनी या त फिरौती तिर्दैछन् वा फिरौती उठाउँदैछन् भन्ने संकेत गर्छन्। तर पोस्टरमा प्रयोग गरिएको शान्त र निलो रंगको संयोजनले कथामा रहस्य र विरोधाभास थपेको छ। यसले दर्शकमा कौतुहलता बढाएको छ।… पुरा पढौ

ताराखोलामा बोलेरो दुर्घटना, १६ जना यात्रु सवार, एकजना गम्भीर घाइते

बागलुङ, असार २८ – ताराखोला गाउँपालिका–३ पिरेचामा बोलेरो गाडी दुर्घटना हुँदा १६ जना यात्रु सवार रहेकोमा एकजना गम्भीर घाइते भएका छन्। ताराखोलाको असारे मेलाबाट गल्कोट फर्कदै गरेको ग १ ज ७१८९ नम्बरको बोलेरो पिकअप जीप आइतबार राति करिब १० बजे सडकबाट करिब ३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटना पिरेचाको बगर नजिकै भएको हो। इलाका प्रहरी कार्यालय हरिचौरका अनुसार, गाडीमा सवार गल्कोट नगरपालिका–६ का प्रतिक श्रीस गम्भीर घाइते भई उपचारका लागि पोखरा रिफर गरिएको छ भने अन्य… पुरा पढौ

सर्वोत्कृष्ट उद्घोषणको अवार्ड शीतल शर्मालाई

काठमाडौँ, असार २८  –चौथो मौलिक गण्डकी स्टार राष्ट्रिय अवार्ड–२०८२ अन्तर्गत फाइनल विजेता घोषणा, पुरस्कार वितरण तथा स्रष्टा सम्मान कार्यक्रम शुक्रबार काठमाडौँको चाबहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा सम्पन्न भयो। उपमा सञ्चार प्रालि र तेज नेपाल मल्टिमिडिया प्रालिको संयुक्त आयोजनामा सम्पन्न यस कार्यक्रममा उद्घोषक शीतल शर्मालाई सर्वोत्कृष्ट उद्घोषण विधामा अवार्ड प्रदान गरिएको हो। करीब दुई दशकदेखि उद्घोषण क्षेत्रमा सक्रिय रहेकी शर्माको देशभर विभिन्न मेला–महोत्सव तथा स्टेज कार्यक्रमहरूमा अत्यधिक माग रहँदै आएको छ। सम्मानित भएपछि उनले खुशी व्यक्त गर्दै भनिन्, "यो अवार्डले मेरो… पुरा पढौ

सीता दाहालको स्मृति दिवसमा अध्यक्ष प्रचण्ड मानव सेवा आश्रममा

काठमाडौं, असार २७ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वर्गीय सीता दाहालको स्मृति दिवसको अवसरमा रानीवनस्थित मानव सेवा आश्रम पुगेका छन्। माओवादी आन्दोलनकी अभिभावक सीता दाहालको सम्झनामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले आश्रममा आश्रय लिइरहेका व्यक्तिहरूसँग आत्मीय भेटघाट गरेका थिए। उनले उनीहरूसँगै बसेर भोजन गराइदिएका थिए र स्वयं पनि उनीहरूसँगै भोजन गरेका थिए। कार्यक्रममा प्रचण्डले आफू प्रधानमन्त्री रहेको बेला हेटौंडामा मानव सेवा आश्रमको केन्द्रीय भवन उद्घाटन गरेको स्मरण गर्दै, मानव उद्धारका लागि आवश्यक… पुरा पढौ

परराष्ट्रमन्त्री डा. आरजु राणा स्वदेश फर्किन्

काठमाडौं, असार २७ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटालीको रोममा सम्पन्न खाद्य तथा कृषि संगठन (एफएओ) को ४४औं अधिवेशन र उच्चस्तरीय मन्त्रीस्तरीय सम्मेलनमा सहभागी भई आज स्वदेश फर्किएकी छन्। जुन २८ देखि जुलाई ४ सम्म चलेको सम्मेलनमा मन्त्री डा. राणाले प्रमुख सत्रहरूसँगै आयोजित विभिन्न उच्चस्तरीय कार्यक्रमहरूलाई सम्बोधन गर्दै नेपालले खाद्य अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको जानकारी गराएकी थिइन्। उनले खाद्य सुरक्षाका लागि बनेका कानुनी र नीतिगत प्रबन्ध तथा उपभोक्ता संरक्षण, प्रयोगशाला निगरानी र नियामक मापदण्डहरूबारे प्रकाश पारेकी थिइन्।… पुरा पढौ

क्याप्टेन रामेश्वर थापाको जीवनमा आधारित चलचित्र ‘क्याप्टेन साब’ घोषणा, खगेन्द्र–सुरक्षा मुख्य भूमिकामा

काठमाडौं, असार २३पाइलट, व्यवसायी तथा सञ्चार उद्यमी क्याप्टेन रामेश्वर थापाको जीवनमा आधारित चलचित्र ‘क्याप्टेन साब’ निर्माण हुने भएको छ। बिहीबार काठमाडौंको गौरीघाटमा एक विशेष समारोहबीच चलचित्रको शुभमुहूर्त गरिएको हो। चलचित्रका निर्देशक दीपेन्द्र के. खनाल हुन्, जसले यसअघि ‘धनपति’, ‘चपली हाइट २’, ‘पशुपति प्रसाद’ जस्ता सफल चलचित्र निर्देशन गरिसकेका छन्।‘क्याप्टेन साब’ थापाको जीवनका संघर्ष, प्रेरणा र सफलताका कथा समेटिएको बायोग्राफिकल ड्रामा हो। शुभमुहूर्त कार्यक्रममा समाजसेवी तथा व्यवसायी डा. उपेन्द्र महतो, कल्याप समूह र क्याप्टेन रामेश्वर थापाले संयुक्त रूपमा मुहूर्त क्ल्याप दिएर… पुरा पढौ

अविरल वर्षाले कालुङखोला हाईड्रोपावर बगायो, दर्जनौं घर जोखिममा

बागलुङ, असार २५बागलुङ जिल्लाको जैमिनी नगरपालिका–९, पैयुथन्थाप बिजुवा क्षेत्रमा अबिरल वर्षाका कारण ठूलो क्षति भएको छ। मिति २०८२ असार २५ गते परेको लगातारको वर्षाले १२ किलोवाट क्षमताको कालुङखोला हाईड्रोपावरको पावरहाउस बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी टोलीले गरेको स्थलगत अनुगमनमा सोही स्थानमा रहेका तीनवटा झोलुङ्गे पुल पूर्णरूपमा क्षतिग्रस्त भएको, स्थानीय टेकबहादुर थापाको एक गोरु बगेको तथा करिब ५०० मुरी धान फल्ने खेत पुरिएको पाइएको छ। साथै, ८ देखि १० वटा घरहरू उच्च जोखिममा परेका छन्। जोखिममा रहेका बासिन्दाहरूलाई सुरक्षित… पुरा पढौ

ढोरपाटन र निसिखोलामा दिगो पर्यटन प्रवर्द्धन परियोजनाको समिक्षा सम्पन्न

बागलुङ — जर्मन सरकारको सहयोग र विवाईसी बागलुङको साझेदारीमा सञ्चालित "दिगो पर्यटन प्रवर्द्धन परियोजना" अन्तर्गत ढोरपाटन नगरपालिका र निसिखोला गाउँपालिकामा भएका गतिविधिहरुको समिक्षा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम विवाईसी बागलुङका अध्यक्ष तोयानाथ गौतमको अध्यक्षता र जिल्ला समन्वय समिति, बागलुङका प्रमुख अमर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रमको सञ्चालन सचिव विक्रम शर्माले गर्नु भएको थियो भने परियोजनाको समग्र प्रस्तुतिकरण संयोजक उत्तम अर्यालले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न सरोकारवालाहरू—गैरसरकारी संस्था महासंघका अध्यक्ष मुक्तीराम सापकोटा, ढोरपाटन शिकार आरक्षका रेन्जर पदमबहादुर रोकाय, सोलो ट्रेकर… पुरा पढौ

‘कोशेढुंगा’को छायांकन सकियो, भदौ १२ गते विश्वव्यापी प्रदर्शन हुने

काठमाडौं — निर्देशक सरोज पौडेल निर्देशित नयाँ नेपाली चलचित्र ‘कोशेढुंगा’को छायांकन कार्य सम्पन्न भएको छ। सर्वकालीन ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’बाट चर्चामा आएका निर्देशक पौडेलले ५१ दिनको सुटिङ सेड्युलमा सोमबार चलचित्रको छायांकन टुंग्याएका हुन्। चलचित्रको छायांकन मकवानपुरको चितलाङ, मार्कु तथा ललितपुरको च्यासलस्थित सेटमा गरिएको थियो। यसबाहेक गण्डकी प्रदेशको स्याङ्जा जिल्लाका आधिखोला, त्रिवेणी र सिरुवारी क्षेत्र पनि छायांकन स्थल रहेका छन्। चलचित्रको रिलिज मिति पनि तय भइसकेको छ। निर्माणपक्षका अनुसार ‘कोशेढुंगा’ आगामी भदौ १२ गते नेपालसहित विश्वका ४० भन्दा बढी देशमा… पुरा पढौ

परराष्ट्रमन्त्री डा. राणा र जर्मन विदेशमन्त्रीबीच द्विपक्षीय वार्ता, सिधा हवाई उडानका लागि आग्रह

२४ असार, २०८२बर्लिन — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जर्मनीका संघीय परराष्ट्रमन्त्री डा. जोहान डेविड वेडफुलबीच जर्मनीको बर्लिनमा आज द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ। वार्ताका क्रममा नेपाल–जर्मनी सम्बन्ध, द्विपक्षीय हित, व्यापार, पर्यटन, लगानीलगायत विविध विषयमा विचारविमर्श गरिएको थियो। मन्त्री डा. राणाले जर्मनी नेपालको प्रमुख विकास र व्यापारिक साझेदारहरूमध्ये एक रहेको उल्लेख गर्दै आर्थिक, सामाजिक लगायतका क्षेत्रमा प्राप्त सहयोगप्रति जर्मन सरकार र जनताप्रति धन्यवाद ज्ञापन गर्नुभयो। नेपाल–जर्मनी व्यापार विस्तारका लागि दुवै देशका निजी क्षेत्रहरूबीच सहकार्य र सञ्जाल विस्तार अपरिहार्य भएको… पुरा पढौ