समाचार

रुकुमपूर्वमा प्रचण्डका ८४ घण्टा : जनयुद्धको स्मरणदेखि विकासको प्रतिबद्धतासम्म

रुकुमपूर्व, ४ फागुन हिमाली हावा चलिरहेको पातीहाल्ना सीमामा जब नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुगे, त्यहाँ हिउँको सेतो थुप्रोले उहाँलाई स्वागत गर्‍यो। २९ फागुनमा रुकुमपूर्व प्रवेश गरेका प्रचण्डले हिउँमा रमाउँदै खिचिएका तस्बिर र भिडियो सामाजिक सञ्जालमा चर्चित बने। यो केवल रमाइलो भ्रमण थिएन, प्रधानमन्त्री हुँदा अघि सारेको मध्यपहाडी लोकमार्ग हुँदै क्रान्ति र शान्तिको आधार क्षेत्रमा नयाँ सपना बोकेर फर्किएको भावुक क्षण थियो। सात दिनको मतदाता भेटघाट कार्यक्रमअन्तर्गत प्रचण्डका चार दिन (८४ घण्टा) औपचारिकभन्दा बढी अनौपचारिक… पुरा पढौ

गौरीधाम शिव मन्दिरमा सेना र रेडक्रसको आपतकालीन स्वास्थ्य डेस्क

बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित गौरीधाम शिव मन्दिरमा महाशिवरात्रि पर्वको अवसरमा दर्शनका लागि आउने भक्तजनलाई लक्षित गरी आपतकालीन स्वास्थ्य डेस्क सञ्चालन गरिएको छ। नेपाली सेनाको २३ नम्बर वाहिनी बागलुङ र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङले संयुक्त रूपमा मन्दिर परिसरमा स्वास्थ्य डेस्क स्थापना गरेका हुन्। भक्तजनको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी गरिएको व्यवस्थामा आवश्यक औषधि बागलुङ उद्योग वाणिज्य संघले उपलब्ध गराएको थियो। स्वास्थ्यकर्मी तथा स्वयंसेवकसहितको स्वास्थ्य डेस्क स्थापना गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङका सभापति जगन्नाथ आचार्यले बताउनुभयो। रेडक्रसले महाशिवरात्रि तथा श्रावण… पुरा पढौ

नेपालमा समाजवाद समुदायमा आधारित हुनेछ : संयोजक प्रचण्ड

रुकुम, ३ फागुन नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा समुदायमा आधारित मौलिक समाजवाद निर्माण हुने बताएका छन्। चुनावी अभियानअन्तर्गत घरदैलो कार्यक्रमका क्रममा आज पुथा उत्तरगंगा गाउँपालिका–१ मैकोटमा आयोजित सभामा उहाँले चीन र भियतनामको मोडल अध्ययन गरेर शिक्षा लिन सकिने भए पनि नेपालको समाजवाद नेपाली समुदायमै आधारित हुने स्पष्ट पार्नुभयो। प्रचण्डले रुकुम पूर्वलाई समाजवादको उर्वर भूमि भएको उल्लेख गर्दै भन्नुभयो, “नेपालको समुदायमा आधारित समाजवाद निर्माणको आधार यही क्षेत्र बन्नेछ।” युवापुस्ताको चाहना र नेतृत्व उहाँले पछिल्लो समय जेन्जी पुस्ताबाट देशको… पुरा पढौ

बागलुङ गलकाेटमा करेन्ट लागेर किशोरको मृत्यु

बागलुङ । बागलुङ जिल्लाको गलकोट नगरपालिका–३ गैदी पुलस्थित गैदी खोलामा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मिति २०८२ फागुन ३ गते दिउँसो करिब १४ः४५ बजे गैदी खोलाबाट विद्युत् मोटरमार्फत बागेश्वरी मल्टी प्रपोज कम्पनीको ध १ त ७७ नम्बरको ट्याङ्करमा पानी भरिरहेका बेला सोही कम्पनीमा कार्यरत धादिङ जिल्ला, गल्छी गाउँपालिका–२ क्युरेनीटार निवासी १७ वर्षीय राम राई करेन्ट लागेर घाइते भएका थिए। गम्भीर घाइते राईलाई तत्काल उपचारका लागि गलकोट नगरपालिका–६ नौबिसेटोलस्थित उजिर कार्की स्वास्थ्य क्लिनिकमा लगिएको थियो।… पुरा पढौ

रुकुमको विकासका लागि उम्मेदवार बनेर आएको छु : प्रचण्ड

रुकुम पूर्व । फागुन ३ नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुथा उत्तरगंगा गाउँपालिका–६ मयाङमा जनभेटघाट गर्नुभयो। जनतासँगको भेटमा उहाँले विगतको जनयुद्धका संघर्षलाई स्मरण गर्दै यसपटक विकास र समृद्धिको एजेन्डा लिएर जनतामाझ आएको बताउनुभयो। उहाँले भन्नुभयो, “परिवर्तनका लागि बन्दुक बोकेर आएको ठाउँमा यसपटक विकासका लागि उम्मेदवार बनेर आएको छु। तपाईँहरूले मत दिएर विजयी गराउनुहोला।” प्रचण्डले स्वाधीन र समृद्ध नेपाल निर्माणलाई पार्टीको प्रमुख लक्ष्य रहेको उल्लेख गर्दै त्यसका लागि जनताको साथ र समर्थन अपरिहार्य हुने धारणा व्यक्त गर्नुभयो। उहाँले थप… पुरा पढौ

खाम मगर सभ्यताको विश्वव्यापी ब्रान्डिङ गरिने

रुकुम पूर्व, २ फागुन नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार साँझ पुथा उत्तरगंगा गाउँपालिकाको पर्यटकीय स्थल तकसेरा पुगेका छन्। प्रतिनिधि सभा निर्वाचनमा रुकुम पूर्वबाट उम्मेदवार रहेका प्रचण्ड मतदाता भेटघाटका क्रममा तकसेरा आइपुगेका हुन्। तकसेरामा प्रचण्डलाई स्थानीयवासीले भव्य स्वागत गरेका थिए। महिला दिदीबहिनीहरू आफ्ना बालबच्चा बोकेर नाचगानमा सहभागी भएका थिए। स्वागतपछि संक्षिप्त सम्बोधन गर्दै संयोजक प्रचण्डले रुकुम पूर्वका जनताबाट नयाँ ऊर्जा प्राप्त भएको उल्लेख गरे। उहाँले रुकुमबाट समाजवादी मोडेलको सुरुआत हुने बताउँदै, यही स्थानबाट क्रान्ति र शान्ति यात्राको निर्णय… पुरा पढौ

इनर ह्वील डिस्ट्रिक्ट ३५० को १२औँ अधिवेशनबाट नयाँ नेतृत्व चयन

काठमाडौं ।फागुन २ इनर ह्वील डिस्ट्रिक्ट ३५० को १२औँ जिल्ला सम्मेलन २०२५/२६ १४ फेब्रुअरी २०२६ मा थापाथलीस्थित आरम्भा, ब्लु बर्ड कम्प्लेक्समा सम्पन्न भएको छ। कार्यक्रमको सुरूवात झण्डा मार्चबाट गरिएको जसमा जिल्ला अध्यक्ष, राष्ट्रिय प्रतिनिधि, विभिन्न पदाधिकारी, बोर्ड सदस्य तथा क्लब अध्यक्षहरू झण्डासहित सहभागी हुनुभएको कार्यक्रममा इनर ह्वीलको गीत पृष्ठभूमिमा बजाइएकाे थियो ।सम्मेलनमा पञ्चकन्याद्वारा स्वागत जिनित राई (IWC ललितपुर) द्वारा गणेश वन्दनासहित स्वागत नृत्य र IWC बुद्धनगरकी इन्दिरा प्रधानाङ्ग विद्या बज्राचार्यले नेवारी नृत्य प्रस्तुत गर्नुभएको थियोे । चेयरम्यान कमला श्रेष्ठले बैठक… पुरा पढौ

इनर ह्वील डिस्ट्रिक्ट ३५० को १२औँ जिल्ला सम्मेलन शुरू

काठमाडौं ।फागुन २ इनर ह्वील डिस्ट्रिक्ट ३५० को १२औँ जिल्ला सम्मेलन २०२५/२६ १४ फेब्रुअरी २०२६ मा थापाथलीस्थित आरम्भा, ब्लु बर्ड कम्प्लेक्समा शुरू भएको छ । कार्यक्रमको सुरूवात झण्डा मार्चबाट गरिएको जसमा जिल्ला अध्यक्ष, राष्ट्रिय प्रतिनिधि, विभिन्न पदाधिकारी, बोर्ड सदस्य तथा क्लब अध्यक्षहरू झण्डासहित सहभागी हुनुभएको कार्यक्रममा इनर ह्वीलको गीत पृष्ठभूमिमा बजाइएकाे थियो ।सम्मेलनमा पञ्चकन्याद्वारा स्वागत जिनित राई (IWC ललितपुर) द्वारा गणेश वन्दनासहित स्वागत नृत्य प्रस्तुति गर्नुभएको थियो । जिल्ला अध्यक्ष कमला श्रेष्ठले बैठक प्रारम्भको घोषणा गर्नुका साथै आफ्नो कार्यकालमा भएको… पुरा पढौ

बागलुङ-२ मा संयुक्त वाम उम्मेदवार ज्ञामनाथ गैरेको जनभेटघाट तथा घरदैलो कार्यक्रम वडिगाडमा सुरु

बागलुङ-२ मा नेकपा र राजमोका संयुक्त वाम उम्मेदवार ज्ञामनाथ गैरे (अनिल)को जनभेटघाट तथा घरदैलो कार्यक्रम वडिगाडमा सुरु भएको छ। शुक्रबार निगलपानी, गंगरे र दर्लिङबाट कार्यक्रम प्रारम्भ गरिएको हो। यसअघि ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाका सबै वडामा जनभेटघाट उत्साहपूर्ण रूपमा सम्पन्न भइसकेको छ। कार्यक्रममा नेकपा केन्द्रीय सदस्य राजीव घिमिरे, राजमो जिल्ला सचिव भिमलाल पोखरेल, नेकपाकी कुशुम बुढा लगायतको टोली सहभागी रहेको छ। पुरा पढौ

विद्यालय भ्यान दुर्घटना छानबिन गर्न समिति गठन

बागलुङ । बिहीबार बागलुङ नगरपालिका–३ हाडेपाखामा भएको न्यू एभरेष्ट एकेडेमीको भ्यान दुर्घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन गरिएको छ। समितिले सात दिनभित्र प्रतिवेदन पेश गर्नेछ।  शिक्षा विकास तथा समन्वय इकाइ बागलुङका प्रमुख प्रकाशबन्दु अर्यालको संयोजकत्वमा बनेको समितिमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मिनबहादुर कुँवर, यातायात व्यवस्था कार्यालय बागलुङका मेकानिकल इञ्जिनियर सुरेश जैशवाल, जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत खिमबहादुर विश्वकर्मा, पीडित पक्षबाट प्रिया किसान र कुशल बोहरा तथा निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन)का तर्फबाट दल थापा सदस्य रहेका छन्। … पुरा पढौ