समाचार

१० देशका कलाकारकाे बागलुङमा कला प्रस्तुत

एक बर्ष देखि रसिया र युक्रेन बिच घमासान रूपमा युद्व चलिरहेको छ युद्धको कारण त्यस देशका लाखौं नागरिक विस्थापित भइरहेको बेला रसिया ,युक्रेन लगायत १० देशका अन्तर्राष्ट्रिय कलाकार महाशिवरात्री पर्वको संन्ध्यामा नेपालकाे पुरानो धार्मिक संस्कृति लाई आफ्नो कला मार्फत प्रस्तुत गरेका छन् । गण्डकी प्रदेशको दाेस्राे ठूलो ब्यापारी केन्द्र बागलुङमा अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) बागलुङको आयोजनामा एकैसाथ १० देशका ३० जना अन्तर्राष्ट्रिय कलाकारहरुले अन्तर्राष्ट्रिय स्तरको सांस्कृतिक प्रस्तुती दिएका छन् । महाशिवरात्रीको अवसरमा फागुन २ गते आयोजना गरिएको महारात्री कार्यक्रममा विदेशी… पुरा पढौ

धौलागिरि चक्रीय पदमार्गको विकासमा चासो

संसारको सातौ (८१६७) मिटर अग्लो धौलागिरि हिमाललाई फेरो लगाउने चक्रीय पदमार्गको विकास र प्रर्वद्धनमा गाउँपालिका, प्रदेश सरकार र पर्यटन व्यवसायीले चासो देखाएका छन् ।ओझेलमा परेको म्याग्दी स्थित धौलागिरि चक्रीय पदमार्गमा पूर्वाधार विकास र प्रर्वद्धनका लागि सरकार र निजी क्षेत्रले साझेदारी गर्ने विषयमा पोखरामा छलफल भएको हो । धौलागिरि हिमाल म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा अवस्थित छ ।गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जाली, धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुन मगर र ट्रेकीङ व्यवसायी एजेन्सीज एसोशियसन (टान)का… पुरा पढौ

जनयुद्ध दिवसमा बागलुङ बजार सरसफाइ

सधैं भाषण र नारामा रमाउदै आएका माओवादीका नेता तथा कार्यकर्ता सामाजिक काममा जुटेका छन् ।सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएपछि बागलुङमा बृहत सरफाई कार्यक्रम गरि जनयुद्ध दिवस मनाइएको छ । हातमा पन्जा कुचो बेल्चा लिएर बजार सरसफाइमा जुटेका हुन माओवादीले २०५२ फागुन १ गते सशस्त्र युद्ध सुरु गरेको सम्झनामा आज जनयुद्ध दिवस मनाईएको छ । सोही जनयुद्धकै जगमा गणतन्त्र स्थापित भएको दावी सहित आज बिभिन्न कार्यक्रम गरि बागलुङमा पनि जनयुद्ध दिवस मनाईएको हो । नेकपा माओवादी केन्द्र बागलुङ नगर… पुरा पढौ

चारतारे युवा क्लव (सिवाईसी) नेपालद्वारा सिगाना माविलाई १ लाख सहयोग

चारतारे युवा क्लव (सिवाईसी) नेपालले बागलुङ नगरपालिका ९ स्थित सिगाना माध्यमिक विद्यालयमा सिसिक्यामेरा जडानको लागि आर्थिक सहयोग गरेको छ । विद्यालयमा आयोजित वित्तिय साक्षरता तथा थ्रिजिरो क्लव गठन कार्यक्रमको अवसरमा सिसिक्यामेरा जडानको लागि १ लाख हस्तान्त्रण गरिएको हो । चारतारे युवा क्लव (सिवाईसी) नेपालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर खड्का विद्यालयका प्रअ गोपाल कुमार शर्मालाई १ लाख रुपैयाको चेक हस्तान्त्रण गर्नु भएको थियो । विद्यालयको शैक्षिक विकास, भौतिक सुरक्षा र वातावरणीय सन्तुलन कायम राख्न सहयोग… पुरा पढौ

चर्चित पर्यटकीय गन्तव्य बन्दै बागलुङको शालग्राम संग्रहालय

शालग्राम भन्नेबित्तिकै जो कोहीले पनि भगवान् विष्णु सम्झन्छन् र साक्षात्कार गर्न पुग्छन् । हिन्दु धर्मावलम्बीले शालग्रामको पूजा–आराधना गर्ने गरे पनि आजकल शालग्राम शिलाको संरक्षण अभावमा हराउँदै गएको अवस्थामा बागलुङमा संग्रह गरी शालग्राम सङ्ग्रहालय बनाइएको छ । बाघको मुखबाट छिरेर शालग्राम सङ्ग्रहालय अवलोकनको व्यवस्था मिलाइएपछि उक्त संग्रहालय पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।बागलुङ नगरपालिका–४ कुँडुलेस्थित सङ्ग्रहालय धार्मिक पर्यटकीय क्षेत्रका रूपमा परिचित हुदै गएपछि संग्रहालय सबैको आकर्षण केन्द्र बन्न पुगेको छ । बागलुङको पहिचानसग जोडिएको बाघको मुखको आकृति निर्माणसगै सङ्ग्रहालयको चर्चा झनै… पुरा पढौ

नेपाल रेडक्रस सोसाइटी बागलुङको सभापतिमा जगन्नाथ आचार्य सर्वसम्मत

नेपाल रेडक्रस सोसाईटी बागलुङ शाखाको सभापतिमा जगन्नाथ आचार्य चयन हुनु भएको छ । शनिबार सम्पन्न रेडक्रसको ३३ औं जिल्ला अधिबेशनबाट आचार्य सर्वसम्मत सभापतिमा निर्वाचित हुनु भएको हो । अधिवेशनबाट उपसभापतिमा राजेन्द्र आचार्य र सीता शर्मा, मन्त्रीमा भवानी प्रसाद कंडेल ,कोषाध्यक्षमा जिवनाथ शर्मा ,उपमन्त्री ढालेन्द्र गौतम, उपकोषाध्यक्ष तेज प्रसाद शर्मा सर्वसम्मत निर्वाचित भएका छन् । सदस्यहरुमा कृष्णप्रसाद आचार्य, गोविन्द प्रसाद पौडेल, तेजेन्द्र आचार्य, पूर्णभद्र निउरे, माया पाण्डे रेग्मी, यामदत्त कँडेल, शोभाकर सुवेदी, धनमाया खड्काथोकी, माया कुमारी केसी र त्रिकला थापा चयन… पुरा पढौ

लियो क्लब अफ धौलागिरी बागलुङद्वारा आयोजित हाजिरी जवाफ प्रतियोगिताको उपाधि युएस एकेडेमीलाई

लियो क्लब अफ धौलागिरि बागलुङको आयोजनामा अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। बागलुङ बजारका १६ वटा विद्यालय सहभागी रहेको प्रतियोगितामा युनिभर्सल सवलाइन एकेडेमी प्रथम, धवलागिरि वीरेन्द्र माध्यामिक विद्यालय द्वितीय र मुलपानी माध्यामिक विद्यालय तृतीय भएका छन् । बागलुङको फ्यूचर ब्राइटर इङलिस बोर्डिङ स्कुल शुक्रबार सम्पन्न भएको प्रतियोगितामा विजयी विद्यालयहरुलाई बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, लायन्स क्लब अफ धौलागिरि बागलुङका पूर्वअध्यक्ष तथा रिजन चियरपर्सन ताल बहादुर कुँवर, लियो क्लब अफ धौलागिरिका अध्यक्ष प्रवेश पौडेल लगायत द्वारा पुरस्कार वितरण… पुरा पढौ

कलात्मक बनाइँदै बागलुङ कालिका मन्दिर

गण्डकी प्रदेशकाे दाेस्राे ठूलो ब्यापारी केन्द्रकाे रूपमा रहेको प्रशिद्ध धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालिका भगवती मन्दिरलाई कलात्मक बनाउन थालिएको छ । गुठी ब्यवस्थापन समितिले आफ्नाे लगानीमा भक्तपुरकाे तेलीए इट्टा ,कलात्मक काष्ठ कला र मन्दिरमा तामाकाे छाना प्रयाेग गरेर बनाउन शुरूवात गरेकाे छ । एउटा धार्मिक संरचना कङ्क्रिटमय बनेको तथा केही संरचनाले मन्दिरको सौन्र्दयतामा समस्या ल्याएको जनाउँदै कालिका मन्दिर गुठी व्यवस्थापन समितिले मन्दिर र मन्दिर क्षेत्रलाई कलात्मक ढङ्गले आफ्ना संरचना रुपान्तरण गर्न थालेको छ । कालिका मन्दिर सुधारको पञ्चवर्षीय रणनीतिक सुधार… पुरा पढौ

“प्रहरीमा दबाब, प्रभाव र हस्तक्षेप अस्वीकार्य”: प्रहरी प्रमुख खड्का

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख नवआगन्तुक प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले बागलुङ जिल्लाको शान्ति सुरक्षा कायम राख्न सबै सरोकारवालाहरुसँग सहकार्य गर्ने बताउनुभयो । जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रहरी उपरीक्षक खड्काले पछिल्लो समयमा व्यापक रूपमा भइरहेको लागू पदार्थको बढ्दो प्रयोगबाट युवा पुस्तालाई जोगाउन समुदायको समेत सहयोग आवश्यक पर्ने हुँदा सबैले सहयोग गरेको खण्डमा यसलाई न्युनिकरण गर्न सकिने बताउनुभयो । कालीगण्डकी नदिमा भइरहेको दोहन, बजारमा भइरहेको चोरी अपराध, जुवा तास लगायतका घटनामा प्रहरी प्रशासन चनाखो बन्नुपर्ने ,प्रहरीको उठबस बिचौलीया… पुरा पढौ

बागलुङ नगरपालिकामा १४ औं पटक हात्तिपाईले रोग विरुद्धको औषधि खुवाइने

बागलुङ नगरपालिका भित्र देखापरेको हात्तीपाइले रोग एकदशक बितिसक्दा समेत निवारण हुन नसक्दा १४ औं पटक औषधी खुवाएर निवारण गर्ने तयारी भइरहेको छ । बढीमा ६ पटक हात्तीपाइले रोगको औंषधी खाए पुग्ने स्वास्थ्य सम्बन्धि मापदण्ड भएपनि बागलुङ जिल्लामा अन्तिम पटक हात्तिपाईले रोग विरुद्धको औषधि खुवाइने तयारी भइरहेको छ । ‘हात्तिपाइले रोगको औषधी खाऔं यो वर्षलाई अब अन्तिम बनाऔं’ भन्ने नाराका साथ बागलुङमा १४ औं पटक हात्तिपाईले रोग विरुद्धको औषधि खुवाइने भएको छ । बागलुङ नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको नगरपालिका स्तरीय… पुरा पढौ