मुस्ताङ, २८गणतन्त्र नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मुस्ताङको मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रको अवलोकन गरेका छन्। अवलोकनका क्रममा अध्यक्ष प्रचण्डले केन्द्रमा सञ्चालन भइरहेका बागवानीसम्बन्धी गतिविधि, फलफूल तथा तरकारी उत्पादन, अनुसन्धानलगायतका कार्यक्रमबारे जानकारी लिएका थिए। उनले जलवायु अनुकूल खेती प्रणाली र प्रविधिको प्रयोगमार्फत स्थानीय उत्पादन वृद्धि गर्न केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताएका छन्। अध्यक्ष प्रचण्डले हिमाली जिल्लाको कृषि सम्भावनालाई उपयोग गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा यस्ता संस्थाको सक्रिय भूमिका आवश्यक…
पुरा पढौ