समाचार

केन्द्रको सत्ता समीकरणले स्थानीय सरकारका कामकारवाही र सेवा प्रवाहमा असर नपर्ने ?

गोरखा, २३ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रमा भएको सत्ता समीकरण फेरबदलले स्थानीय सरकारका कामकारवाही र सेवा प्रवाहमा कुनै असर नपर्ने बताउनुभएको छ । गोरखा जिल्लाका कार्यालय प्रमुखहरूलाई निर्देशनक दिने क्रममा प्रधानमन्त्री प्रचण्डले स्थानीय सरकारका प्रमुखलाई ढुक्क भएर जनताका काम गर्न निर्देशन दिनुभयो । जिल्लामा रहेका सङ्घीय र प्रादेशिक कार्यालयहरूले आयोजना र कार्यक्रम तर्जुमा गर्दा स्थानीय तहसँग समन्वय गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले आयोजनामा देखिने दोहोरोपन अवस्था हटाउनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “केन्द्र र प्रदेश आयोजना छनोट… पुरा पढौ

नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम लागु गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ, २३ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम तयार गरेर लागु गर्नुपर्ने बताउनुभएको छ । मध्यपश्चिम विश्वविद्यालयको १४ औँ सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले पाठ्यक्रम पुनः संरचना, भौतिक एवं मानव संशाधन विकासमा विश्वविद्यालयको ध्यान जानुपर्ने बताउनुभएको हो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “विश्वविद्यालयले अवलम्बन गरेका शैक्षिक उत्कृष्टता, आर्थिक बृद्धि, पाठ्यक्रम पुनःसंरचना, अन्तर्राष्ट्रिय सम्बन्ध तथा आदान–प्रदान र पूर्वाधार विकाससम्बन्धी मार्गनिर्देशक सिद्धान्त, नीति तथा कार्यक्रमहरू समेत सराहनीय छन् ।” विश्वविद्यालयको सम्पूर्ण शैक्षिक क्रियाकलापहरू पूर्व निर्धारित शैक्षिक पात्रोअनुसार शैक्षिक गतिविधि… पुरा पढौ

क्षत्री समाज बागलुङको १६ औं वार्षिक साधारण सभा सम्पन्न

बागलुङ /क्षत्री समाज बागलुङको बिहीबार भ्यू टावरमा सम्पन्न नवौं वार्षिक साभारण सभा उदघाटन पछि बोल्दै संरक्षक कार्कीले उक्त कुरा बताउनु भएको हो । उहाँले आफ्नो जातीय पहिचान, संस्कृति र परम्पराको संरक्षण सम्वर्द्वन गर्दै राज्यको मुल प्रवाहमा क्षेत्रीको उपस्थिती हुन आवश्यक रहेको उल्लेख गर्नुभयो । कार्कीले क्षत्री समाज अन्य जातीहरु सँग प्रतिश्पर्धा गर्न नभई क्षत्रीहरु बिचको एकता, सदभाव र सामाजिक विकासको निम्ति भएको स्मरण गराउनुभयो । कार्यक्रममा क्षत्री समाज गण्डकी प्रदेशका उपाध्यक्ष दुर्गा कुँवर, नेपाल मगर संघ बागलुङका अध्यक्ष श्याम पुन… पुरा पढौ

संसद्सामु गरिएका प्रतिबद्धता योजनाबद्ध रूपमा कार्यान्वयन गरिरहेकाे प्रधानमन्त्रीकाे भनाइ

काठमाडौँ, २२ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ससद्सामु गरिएका प्रतिबद्धता योजनाबद्ध रूपमा कार्यान्वयन भइरहेको बताउनुभएको छ । राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित समितिलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संसद्मा सरकारले लिएको मार्गचित्रअनुरूप सुशासन, सामाजिक न्याय र समृद्धिका क्षेत्रमा प्राथमिकताका साथ काम भइरहेको बताउनुभएको हो । “सार्वजनिक सेवा प्रवाहमा सुधारका सम्बन्धमा लाइनमुक्त देश बनाउने सङ्कल्प अनुरूप विभिन्न सेवाप्रवाहका प्रणालीहरूबीच अन्तरआबद्धता, जनशक्ति व्यवस्थापन, सेवा विस्तारका क्षेत्रमा गरिएका सुधारले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, नो अब्जेक्सन लेटर लगायतका सेवा लिन सहज भएको छ,”… पुरा पढौ

प्रतिवद्धताअनुरूप लगानी भित्राउन कानुन संशोधनलाई प्राथमिकता दिएका छौँ : प्रधानमन्त्री

काठमाडौँ, २२ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिवद्धताअनुरूप लगानी भित्राउन कानुन संशोधनलाई प्राथमिकता दिएको बताउनुभएको छ । लगानी बोर्डको ५७ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देशको पूर्वाधार तथा सेवा क्षेत्रमा स्वदेशी र विदेशी लगानी परिचालनका लागि कानुन संशोधनलाई प्राथमिकता दिएको बताउनुभएको हो । उहाँले लगानीकर्ताले थाहा पाउनेगरी नेपालमा लगानीको वातावरण छ भन्ने सन्देश प्रवाह हुनुपर्नेमा जोड दिनुभयो । “लगानी सम्मेलनको पूर्वसन्ध्यामा यो बैठक गरिरहेका छौँ, यो बेलामा हाम्रा संयन्त्रहरूले नेपालमा लगानीको अनुकूल अवस्था रहेको सन्देश दिन आवश्यक छ,”… पुरा पढौ

चैते दशैकाे अवसरमा बागलुङ बाङ्गेचाैरमा चैत २५ गते देखि रमाइलो मेला लाग्ने

बागलुङ /बागलुङ नगरपालिका वडा नम्बर १ बाङ्गेचाैर मैदानमा यहीँ चैत २५ गतेदेखि बैशाख ६ गतेसम्म रमाइलो मेलाको आयोजना गर्न लागेको मेला आयोजकले जनाएको छ । कालीका गुठी ब्यवस्थापन समितिकाे आयोजना हुने मेला हेर्न आउने दर्शकलाई थप मनाेरन्जन प्रदान गर्न बिभिन्न ब्यापारीक स्टल ,स्थानीय घरेलुका उत्पादित बस्तु मेलाबाट सहजरूपमा बिक्रीवितरण हुने बागलुङ मेला ब्यवस्थापन समितिले जनाएको छ । बाङ्गेचाैर मैदानमा चैत २५ गतेदेखि बैशाख ६ गतेसम्म १२ दिन बिभिन्न मनाेरन्जका खेल चमचा पिङ रेल लगायत रहने भएकोले यसले कालीका भगवती मन्दिरमा… पुरा पढौ

खेलकुद बहुआयामिक सम्भावनायुक्त क्षेत्र

काठमाडौँ, २१ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि खेल क्षेत्र बहुआयामिक सम्भावनायुक्त क्षेत्र भएकाले यसको विकासमा सरकारले विशेष ध्यान दिने बताउनुभएको छ । राष्ट्रिय खेलकुद परिषद्को ६० औँ वार्षिकोत्सव समारोहमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले शारीरिक र मानसिक विकासका साथै देशको बहुआयामिक विकासमा सहयोग गर्ने बताउनुभयो । “यो एउटा यस्तो क्षेत्र हो, जहाँ खेल कूटनीतिमार्फत् ठूलाठूला युद्ध र मानवसिर्जित विपत्तिहरू समाधान भएका छन्, ठूलठूला द्वन्द्व र सम्भावित नरसंहारहरू टरेका छन्,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “खेल कूटनीतिमार्फत् आपसी सहकार्य, विश्वास,… पुरा पढौ

श्रमिकको अधिकार संरक्षण र मिटरब्याजी शोषण अन्त्यको पहलकदमी ऐतिहासिक : प्रधानमन्त्री

काठमाडौँ, २१ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा रहेका तथा स्वदेशमै रहेका श्रमिकहरूको अधिकार संरक्षणका साथै मिटरब्याज लगायतका सामन्ती शोषणको चक्र अन्त्य गर्न सरकारले ऐतिहासिक पहलकदमी लिएको बताउनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपाल सरकारको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पेश गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले सुशासनका कैयौँ मानकहरू स्थापित गर्न सरकार सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिकता, राहदानी, लाइसेन्स, विदेशमा अध्ययनका लागि लागि ‘नो अब्जेक्सन लेटर’ लगायतका सेवाहरूका लागि घण्टौंसम्म लाइन लाग्नुपर्ने अवस्थाको अन्त्य गरिएको छ… पुरा पढौ

संविधानको प्रगतिशील कार्यान्वयनलाई जोड गरौँ : प्रधानमन्त्री

काठमाडौँ, २० चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान संविधानको प्रगतिशील कार्यान्वयनका लागि आपसी एकतालाई सुदृढ गर्दै अगाडि बढ्नुपर्ने बताउनुभएको छ। ‘नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रियालाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेकपा (माआवादी केन्द्र) का अध्यक्ष ‘प्रचण्ड’ले नेपालका समाजवादी, देशभक्त र राष्ट्रवादीहरू एक ठाउँमा केन्द्रित हुनेहो भने समाजवादलाई तीब्र गतिमा अगाडि बढाउन सकिने विश्वास व्यक्त गर्नुभयो । “नेपाल यस्तो परिस्थितिमा छ, यहाँका समावादी एवं देशभक्त र राष्ट्रवादीहरू एक ठाउँमा केन्द्रित हुनेहो भने समाजवादलाई तीब्र गतिमा अगाडि बढाउन सकिन्छ ।… पुरा पढौ

बधाई तथा सम्मान कार्यक्रम सम्पन्न

बागलुङ / श्री कृष्ण आधरभुत बिधालय बागलुङले शिक्षक सेवा आयोगले लिएको आन्तरिक बढुवा लिखित र अन्तरबार्ता दुबैमा सफल भएका शिक्षकलाई सम्मान गरेको छ । बागलुङ जिल्ला बाट प्राथमिक तह दृत्तिय श्रेणीमा बढुवाको लागि सिफारिस हुनुभएका शिक्षक घनश्याम रिजाललाइबिद्यालयमा एक कार्यक्रम गरि सम्मान गरेको हाे । बिधालयमा कार्यरत शिक्षक कर्मचारीले एक कार्यक्रमको आयोजना गरि बिधालयका प्रधानाध्यापक दयाराम सापकोटाले अबिर र खादाले सम्मान गर्नुभएको थियोे । कार्यक्रममा सम्माननित हुनभएका शिक्षक घनश्याम रिजालले यो सफलता आफ्नो मात्र नभएर सम्पुर्ण बिधालय परिवारको गाैरब भएको… पुरा पढौ