राजेश बर्देवाकाे नाच छम्म छम्म बोलको तीज गीत सार्वजनिक

-


     हिडन खबर    
     श्रावण २३ गते २०८१ मा प्रकाशित


काठमाडौं / हिन्दु महिलाहरूको पर्व तीज नजिकिएसँगै तीज गीत सार्वजनिक हुने क्रम बढ्दो छ।

यसैबीच राजेश बर्देवाको नाच छम्म छम्म बोलको तीज गीत सार्वजनिक भएको छ। मंगलबार राजधानीमा आयोजित एक समारोहमार्फत गीत सार्वजनिक गरिएको हो ।

राजेश बर्देवा युट्युबमार्फत सार्वजनिक गरिएको गितमा समीक्षा अधिकारी र राजेश बर्देवाले स्वर भरेका छन । ओबी रायमाझी र जाहन्वी बस्नेतकोअभिनय तथा नृत्य रहेको भिडियोको निर्देशन रामजी लामिछानेले गरेका छन ।

कृष्ण कंडेल र प्रिया कुमारको सुन्दर शब्द सिर्जनामा सजिएको गितले तीजको परम्परागत मौलिकतालाई समेटेको छ ।

बजारमा सार्वजनिक भएका तीज गित परिवार सँगै बसेर हेर्न समेत नसकिने भएकाले तीज गितमा बिकृति बढेको भन्दै आलोचना भईरहेका बेला राजेश बर्देवाले सार्वजनिक गरेको मौलिक भाकामा आधारित नाच छम्म छम्म लोकप्रिय हुने बिश्वास छ ।