बागलुङमा बाेलेराे जिप दुर्घटनामा ७ जना घाइते

-


     हिडन खबर    
     श्रावण २५ गते २०८१ मा प्रकाशित


बागलुङ जिल्ला काठेखोला गाउँ पालिका वडा नम्बर ५ मिलनचोक स्थित मध्यपहाडी लोकमार्गमा हटियाबाट बागलुङ बजार तर्फ आउदै गरेको ध१च ९५२ नम्बकाे बलेरो जिप अनियन्त्रित भई दुर्घटना भएको छ ।

जिप सडकको बाँया साईडमा पल्टन जाँदा जिपमा सवार चालक सहित ८ जना रहेकोमा ७ जना यात्रु सामान्य घाईते
भएको प्रहरीले जनाएको छ ।

सवारी दुर्घटनामा घाइते भएका यात्रुहरू लाई उपचारको लागी धवलागिरी अस्पताल बागलुङ पठाएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।घाईतेको अवस्था सामान्य रहेको छ ।

दुर्घटनामा परेको सवारी साधन घटनास्थलबाट प्रहरीले नियन्त्रणमा लिएको छ भने सवारी चालक बागलुङ गलकोट नगरपालिका वडा नम्बर .-१ दुधिलाभाटी बस्ने बर्ष-३३ को देवेन्द्र शर्मा घाईतेको उपचारमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

जिप दुर्घटनामा घाईते हुनेहरू बागलुङ गलकोट न.पा.०३ हटिया बस्ने बर्ष २१ की तारा गौतम निधारमा हल्का चोट लागेको गलकाेट नगरपालिका ०४ चमुवा बस्ने बर्ष २६ को नबिन सुवेदी ,बर्ष २३ को मदन शर्मा ,गलकाेट नगरपालिका ०८ काडेवास बस्ने बर्ष २५ की लक्ष्मी पुन , बर्ष १९ की स्मृती बुढाथोकी ,बर्ष २५ को बिपिन शर्मा वडा नम्बर ०९ रिस्मी बस्ने बर्ष २४ को गणेश सापकोटा रहेका छन् ।