सुनितामीकाे ” सात भाईकी चेली” तिजगित सार्वजानीक

-


     हिडन खबर    
     श्रावण २५ गते २०८१ मा प्रकाशित


केपि कुमार जलन

प्रत्येक वर्ष जस्तै यस वर्ष पनि हिन्दुनारीहरुको महान् पर्व हरितालिका तीज नजिकिदै गर्दा तीज गित निकाल्नेहरुको लहर चलेकाे छ ।

वर्षको एक पटक आउने तीज पर्वलाई मध्यनजर गर्दै तीज गीत निकाल्नेहरुको संख्या पनि उत्तिकै बढ्दो क्रममा रहेको पाईन्छ ।

यस वर्ष २०८१ सालको तीज पर्व नजिकिदै गर्दा विगतमा जस्तै केही पुराना कलाकार र केही नयाँ कलाकारहरु बीच नयाँ तिज गीत निकाल्नका लागी दौडधुप गरेको पाईन्छ । यसै क्रममा चर्चित गायिका सुनितामि परियारकाे नयाँ तीज गीत ‘सात भाइकी चेली’ सार्वजनिक भएको छ ।

विशेष गरी लुम्बिनी प्रदेशका जिल्लामा परापूर्वकालदेखि तीज मनाईने परिवेशलाई समेटेर बनाईएको यस गितकाे शब्द सर्जक शिव हमाल गायिकाद्वय सुनितामी परियारकाे संगित रहेकाे गितमा चर्चित लोक तथा दोहोरी गायक राजु परियार, बद्री पंगेनी, पशुपति शर्मा, सूर्य खड्का, विशाल रायमाझी, अर्जुन सापकोटा ,मोहन परियार र सुनितामी परियारकाे अावज आवाज रहेको छ ।

भिडियाेमा गायक राजु परियार, बद्री पंगेनी, पशुपति शर्मा, सुर्य खड्का, बिशाल रायमाझी, अर्जुन सापकोटा, मोहन परियार, भेष केसी, संगम शर्मा र गायिका सुनितामी परियार र संगिता परियारको अभिनय रहेको छ ।

जेरी भण्डारीकाे निर्देशन,राजेश घिमिरेकाे छाँयाङकन र सुजन काेईरालाकाे सम्पादनमा रहेकाे भिडियाे सुनितामी परियार अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएकाे छ ।