बागलुङमा पहिरोमा परेर ८ जनाको मृत्यु ४ जना घाइते

-


     हिडन खबर    
     श्रावण २२ गते २०८१ मा प्रकाशित


बागलुङ श्रावण २२

बागलुङ / पहिरोमा पुरिएर बागलुङमा मंगलबार आठ जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन ।

पहिरोले बडिगाड गाउँपालिका वडा नं. १० मा छ जना र बडिगाड गाउँपालिका –९ मा दुई जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

पहिरोमा परि मृत्यु हुनेमा बडिगाड गाउँपालिका वडा नं. १० का ७ बर्षिया मालती बुढा, मधु बुढा, १३ बर्षका मनोज बुढा अमन बुढा र ५१ बर्षका ७९ मैतीदेवी विक एक ६ बर्षिया बालिका रहेका छन ।

त्यसैगरि बडिगाड गाउँपालिका वडा नं. ९मा पहिरोमा परि १५ बर्षका विधान परियार र २४ बर्षका गंगा बस्नेत रहेको सहायक प्रजिअ बरालले जानकारी दिए ।

पहिरोमा पुरिएका घरबाट चार जनाको जिवीतै उद्धार गरिएको छ । घाईते अबस्थामा उद्धार गरिएका मध्ये दुई जनाको अबस्था समान्य र थप दुईजनाको अबस्था गम्भिर छ । घटनास्थलमा प्रहरी र जनप्रतिनिधिहरु जादै गरेको र थप विवरण आउन बाँकी रहेको बरालले जानकारी दिए ।