घाइते लिएर हेलिकप्टर काठमाडौं उड्याे

-


     हिडन खबर    
     श्रावण २३ गते २०८१ मा प्रकाशित


बागलुङ ,श्रावण २३

अविरल बर्षाकाे कारण पहिरोमा परेर घाइते भएका बागलुङका ३ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौ लगिएको छ ।

बागलुङ जिल्ला वडिगाड गाउँ पालिका वडा नम्बर १० का १९ बर्षिय रिमा पुन , ३१ बर्षकी सिता थापा ,बर्ष ४६ की संगिता बुढा लाई नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारको लागि काठमाडौ पठाइएको प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले बताए ।

बागलुङ जिल्ला बडिगाड गाउँ पालिका वडा नम्बर ९ र १० मा पहिरोले घर पुरिँदा ८ जनाको मृत्युु भएको थियो ।

मंगलबार माैसम खराब भएको कारण हेलिकप्टर आउन नसकेको प्रहरीले जनाएको छ ।