बागलुङको बडिगाडमा हराइरहेका थप दुई जनाको शव फेला पर्या

-


     हिडन खबर    
     श्रावण २४ गते २०८१ मा प्रकाशित



बागलुङ श्रावण २४

श्रावण २२ गते अन्दाजी ११:२० बजेको समयमा बागलुङ जिल्ला बडिगाड गाउँ पालिका वडा नम्बर १० आरुपाट स्थित जोग बहादुर बुढाको कच्ची घर र गोठ माथिबाट पहिरो आई बगाएको घटनामा बेपत्ता भएका मध्य थप दुई जनाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार हराइ रहेका मानिसहरूको शव घटनास्थलबाट बिहीबार फेला परेको हाे ।
बागलुङ जिल्ला बडिगाड गाउँ पालिका १० का बर्ष ०७ की मधु बुढा र १० बर्षिय मनोज बुढाको शव घटनास्थलबाट फेला परेको प्रहरी प्रबक्ता बिजय यादवले बताए ।

पहिरोमा परि अहिलेसम्म ११ जनाको मृत्यु भइसकेको र पहिरोले परिएर एकजना १४ बर्षिय बालक सुमन भनिने यमलाल बिक हराइरहेका हुदा खाेजबिन भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए ।पहिरोमा परेर घाइतेहरूकाे बागलुङ पाेखरा र काठमाडौं उपचार भइरहेको छ ।