
बागलुङ ,श्रावण २३
बागलुङ जिल्ला वडिगाड गाउँ पालिकामा पहिरोले पुरिएर बेपत्ता भएका एकजना बालकको शव बुधबार विहान फेला परेको छ ।
वडिगाड गाउँ पालिका वडा नम्बर १० साेमबार राति आएको पहिराे घर पुरिएको घटनास्थलमा बेपत्ता भएका बर्ष ०३ को आरुष थापाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी बिजय यादवले बताए ।अन्यको खोजतलाश भईरहेको यादवले बताए ।
वडिगाड गाउँ पालिका वडा नम्बर ९ र १० मा अहिलेसम्म पहिरोमा परेर ९ जनाको मृत्यु भइसकेको छ ।आज विहान
३ जना घाइतेलाई थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
पहिरोमा परेर घाइते भएका केही ब्यक्तिहरूकाे बागलुङको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।










