समाचार

किवानिस क्लब पोखरामा स्वतन्त्र

किवानिस इन्टरनेसनल अन्तर्गतको किवानिस क्लब पोखराको पदस्थापना शनिबार भएको छ । यसपालि किवानिस वान डे २२ अक्टोबरमा परेकाले सोही अवसरमा पदस्थापनासमेत गरिएको हो । नयाँ कार्यसमिति वर्ष २०२२÷२३ को अध्यक्षमा स्वतन्त्र न्यौपाने छन् । उनी बागलुङका जिल्ला न्यायाधिवक्तासमेत हुन् । कार्यसमितिको प्रेसिडेन्ट इलेक्टमा विष्णुहरि न्यौपाने, कोषाध्यक्षमा होमराज भट्टराई र सचिवमा ध्रुवराज तिवारी छन् । यस्तै, सदस्यमा सुवास अधिकारी, राजेश बराल, गणेश लामिछाने, विनोद भण्डारी, ध्रुवबहादुर राउत, विष्णुबहादुर राउत,बिकास गौतम, सन्तोष भण्डारी र सुमेश बास्तोला छन् । नवीन पौडेल र देवेन्द्र… पुरा पढौ

प्रतिनिधि सभाका उमेदवारहरूकाे चुनाव एजेन्डा
संघीय राजधानी देखि स्थानीय विकास निर्माण नै मुल मुद्दा

मंसिर ४ गते हुने प्रतिनिधि सभाका उमेदवारहरूले जनताको भाेट आफ्नो पक्षमा पार्नकाे लागि बागलुङ जिल्ला लाई संघीय राजधानी बनाउने देखि स्थानीय विकास निर्माणका मुद्दा लाई यसपटक पनि अगाडि सारेका छन् । मंसिर ४ गते हुने निर्वाचन आफ्नो पक्षमा पार्न बागलुङ जिल्लामा पाँच दलीय गठबन्धन र एमाले लगायतका राजनीति पार्टीहरू आम मतदातालाई प्रभावित बनाउन नयाँ नयाँ योजना र एजेन्डा अगाडि सारिरहेका छन् । जिल्लाकाे विकास निर्माण देखि स्थानीय जनताको आर्थिक समृद्धिका कुरालाई समेत उमेदवारहरूले चुनावी नारा बनाउदै हिडिरहेका छन् । प्रतिनिधि… पुरा पढौ

स्वास्थ चाैकीलाई स्वास्थ सामाग्री

सरकारले जनतालाई स्वास्थ सेवा दिन सुविधासम्पन्न स्वास्थ चाैकी निर्माण गरेपनि स्वास्थ संस्थामा बिरामीकाे उपचारको लागि आवश्यक पर्ने सामाग्री नहुदा स्वास्थ सेवा दिन समस्या भएको भन्दै एक सामाजिक संस्थाले बागलुङको मालीका स्वास्थ चा‌ैकीलाई स्वास्थ सामाग्री हस्तान्तरण गरेको छ । सामाजिक शिक्षा र खेलकुदको क्षेत्रमा सहयोग गर्ने उदेश्यले गठन भएको मालीका सेवा समाजले मालीका स्वास्थ चाैकीलाईस्वास्थ सेवा दिन सहज पुर्‍याउने उदेश्यले स्वास्थ चाैकीमा पुगेरस्वास सामाग्री प्रदान गरेको छ । बागलुङ नगरपालिका वडा नम्बर ५ मा हालै निर्माण सम्पन्न भएको स्वास्थ चाैकीमा उपचारको… पुरा पढौ

बागलुङमा एमालेको चुनावी सम्पर्क कार्यालय स्थापना

देश आगामी मंसिर ४ मा हुने संघ र प्रदेशको निर्वाचनमय बनिसकेको छ । देशका हरेक जिल्ला तथा क्षेत्रहरुमा चुनाव लक्षित गतिविधि बढ्न थालेका छन् । अघिपछि आ-आफ्नै ध्याउन्नेमा रहने नेता कार्याकर्ता यतिबेला आफु निकट पार्टीका उम्मेदवारलाई भोट माग्न घरघर डुल्न थालेका छन् । देशका हरेक जिल्लाका निर्वाचन क्षेत्रहरुमा सम्पर्क कार्यालय स्थापना गरेर चुनावी गतिविधिहरु अगाडी बढाएका छन् ।बागलुङ जिल्ला पनि चुनावी माहोलले तातेको छ । बागलुङ जिल्लामा पनि नेकपा एमालेले मंगलबार चुनाव लक्षित सम्पर्क कार्यालयको स्थापना गरेको छ । बागलुङ… पुरा पढौ

बागलुङमा ६७ औं प्रहरी दिवस मनाइयो

आज असोज ३१ अर्थात नेपालको प्रहरी इतिहासमा महत्त्वपूर्ण दिन । विक्रम सम्मत २०१२ असोज ३१ गते प्रहरी ऐन-२०१२ मा लालमोहर लागेको दिनको सम्झनामा प्रत्येक बर्ष आजकै दिन प्रहरी दिवस मनाउने गरिन्छ । नेपालमा पहिलो प्रहरी ऐन लागू भएको ६७ वर्ष पुगेको उपलक्ष्यमा देशभर ६७ औं प्रहरी दिवस मनाइएको छ । यसै दिनको स्मरणमा जिल्ला प्रहरी कार्यालय बागलुङले पनि बागलुङमा ६७ औं प्रहरी दिवस मनाएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले ६७ औं प्रहरी दिवसको अवसरमा आयोजित विविध खेलकुद कार्यक्रममा विजयी… पुरा पढौ

बागलुङ नगरपालिका-१ खनियाबासमा एक महिलाको हत्या !

बागलुङमा एक महिलाको हत्या भएको छ । जिल्लाको बागलुङ नगरपालिका १ खनियाबासमा शनिबार साँझ १ महिलाको हत्या भएको प्रहरीले जनाएको छ । बागलुङ नगरपालिका वडा नम्बर-१, खनियाबासकी ४० वर्षीय फुलमाया माझीको हत्या भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक गंगा थापाले बताए । घटनाको खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालयबाट सादा पोसाकमा समेत प्रहरी खटिई अनुसन्धान गरिरहेकाे थापाले बताए । माझी शनिबार दिउसो बागलुङ बजारमा किनमेलका लागि आएको र साँझसम्म घर नफर्किएपछि परिवारले खोजी गर्दा पोखरा बागलुङ… पुरा पढौ

जैमीनीमा पिकअप दुर्घटना: २ जना गम्भीर घाइतेकाई हेलिकप्टर मार्फत काठमाडौं लगियो

बागलुङमा पिकअप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।जिल्लाको जैमिनी नगरपालिका वडा नं. १० राङखानीमा शुक्रबार ध १ च ६२६२ नं.को पिकअप भ्यान दुर्घटना हुँदा गम्भीर घाइते वर्ष ३९ का भरत पुन, वर्ष २५ का चुडा श्रीस गम्भीर घाईतेलाई हेलिकप्टर मार्फत काठमाण्डौ ग्राण्डी अस्पतालमा लगिएको छ भने सामान्य घाइते वर्ष २५ का संजय रसाईली र वर्ष ३५ का महेन्द्र नेपालीको राङखानी डाँडाखानी स्थित शहरी स्वास्थ विकास केन्द्रमा उपचार भैरहेको जैमीनि नगरपालिकाका उप-प्रमुख हरिहर शर्माले बताए । दुर्घटना भएको भ्यान… पुरा पढौ

पाँच दलीय गठबन्धनको चुनावी सम्पर्क कार्यालय स्थापना

देश आगामी मंसिर ४ मा हुने संघ र प्रदेशको निर्वाचनमय बनिसकेको छ । देशका हरेक जिल्ला तथा क्षेत्रहरुमा चुनाव लक्षित गतिविधि बढ्न थालेका छन् । सधैं केन्द्रमा रहने नेतादेखी लाखापाखा लागेका कार्यकर्ता सम्म आफु निकट राजनैतिक दल तथा उम्मेदवारलाई जिताउन हरसम्भब प्रयास गरिरहेका छन् । यसै क्रममा नेपाल भित्रको नेपाल भनेर चिनिने बागलुङ जिल्लालाई पनि चुनावी माहोलले तताएको छ । बागलुङमा शुक्रबार पाच दलीय गठवन्धनले चुनावी प्रचारप्रसारको सम्पर्क कार्यालयको उद्घाटन गरेको छ । सम्पर्क कार्यालयको उद्घाटन गठबन्धनको तर्फबाट प्रतिनिधि सभा… पुरा पढौ

बागलुङमा नवौं राष्ट्रिय खेलकुद २०७९ को तयारी पुरा !

"एकताबद्ध देश, खेलकुदको सन्देश" भन्ने मुल नाराका साथ नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आई टि एफ तेक्वान्दोको खेल बागलुङमा असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म सञ्चालन हुँदैछ । बागलुङ बजारको बाङ्गेमा सञ्चालन हुने उक्त खेल बागलुङ नगरपालिकाको संयोजनमा सञ्चालन हुने खेलको तयारीको बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठ, उपप्रमुख राजु खड्का, बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीसमेत पूर्वाधार निर्माण र व्यवस्थापनमा खटिएका छन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागलुङमा ढिला गरी पूर्वाधार… पुरा पढौ

एक्सनमा बागलुङ नगरपालिका: मापदण्ड विपरीतका संरचना हटाउँन सुरु

बागलुङ नगरपालिकाले नगर क्षेत्रमा मापदण्ड मिचेर बनाइएका संरचना हटाउन शुरु गरेको छ । नगरपालिकाले बागलुङ बजार क्षेत्रमा मापदण्ड मिचेर सरकारी जग्गा तथा सडकमा गेट तथा पसल अगाडि निर्माण गरिएका संरचना हटाउन अल्टिमेटम दिन थालेको हो । नगरपालिकाले असोज १३ गते सुचना प्रकाशन गरि बागलुङ बजारमा सडक साँघुरो पारेका र शहरी सुन्दरता बिगार्ने गरी बनेका घरका पेटी, टहरा, रेलिङ, साइनबोर्ड, निर्माण सामाग्री लगायतका संरचना र सामाग्री हटाउन १५ दिने अल्टिमेटम दिएको थियो । नगरपालिकाले बिहीबार वडा नम्बर २ सृनगरटोलमा सडकको मापदण्ड… पुरा पढौ