
चित्लाङ प्रहरी चौकीका सई विकास कार्कीका अनुसार प्रदेश नम्बर ३–०१–०२३ च ६९८५ नम्बरको कार दुर्घटना हुँदा चार जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।
घटनामा मृत्यु हुनेहरूको सनाखत भैसकेको छैन। थानकोट प्रहरी र चित्लाङ प्रहरीले घटनास्थल पुगेर अनुसन्धान गर्दै छ । अबको केहीबेरमै पुरा विवरण आउने कार्कीले जानकारी दिनुभयो ।









