
बागलुङ / बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति बागलुङको नयाँ नेतृत्वको लागि शनिबार
बिद्यामन्दिर माध्यमिक बिद्यालय बागलुङको प्राङ्गण भित्र भएको मतदानमा ६५ प्रतिशत मतदाताले मतदान गरेका छन ।
शनिबार बिहान ८ बजेदेखि ४ बजेसम्म भएको मतदानमा १५२८ मतदाता रहेकोमा जम्मा ९८५ जना मतदाताले आफ्नो मत जाहेर गरेकाे निर्वाचन अधिकारी चित्रांङ्गत बरालले बताए ।
४ हजार भन्दा बढी खानेपानी उपभोक्ता भएको समितिमा
आजीवन र साधारण गरि जम्मा १५२८ जना मतदान गर्न पाउने सदस्य रहेका थिए ।४ हजार उपभोक्ता रहेको समितिमा ९८५ मत खसेको हिसाब गर्दा लगभग २५ प्रतिशत मत खसेको देखिन्छ ।
खानेपानी समितिमा नेतृत्व हात पार्न खानेपानी समितिका पुर्व अध्यक्ष केवी राना मगर र वर्तमान संयाेजक जयराम भारी चुनावी मैदान प्रतिस्पर्धा गरिरहेका छन् ।यस्तै वर्तमान नेतृत्वको लागि भुपेन्द्र खड्का एक्लै चुनावी मैदान उत्रिएका छन् ।
४ हजार भन्दा बढी खानेपानी उपभोक्ता रहेको समितिमा
१५२८ जना ब्यक्ति मात्रै मतदान गर्ने अधिकार पाएका थिए ।खानेपानी समितिकाे एक हजार रूपैयाँ तिरेर आजीवन सदस्य बनेका दर्जनौं सदस्यकाे मतदाता सुचिमा नाम नभएको कारण मतदान गर्न बाट बन्चित भएका छन् ।
आइतबार बिहान ७ बजेदेखि मतगणना गर्ने कार्यक्रम रहेको छ ।









