
बागलुङ नगर खानेपानी तथा सरसफाइ समितिकाे नयाँ नेतृत्वको लागि शनिबार भएको मतदानको सबै प्रक्रिया पुरा गरि मतगणनाकाे काम शुरू भएको छ ।
बागलुङ उद्योग बाणिज्य संघको सभाहलमा मतगणना कार्य अगाडि बढेको निर्वाचन अधिकारी चित्रांङ्गत बरालले बताए ।
१५२८ जना मतदाता रहेको खानेपानी समितिमा ९८५ जनाले मतदान गरेका थिए ।नयाँ नेतृत्वको लागि केवी राना मगर ,जयराम भारी र भुपेन्द्र खड्का चुनावी प्रतिस्पर्धामा रहेका छन् ।









