
बागलुङ नगर खानेपानी तथा सरसफाइ समितिकाे नयाँ नेतृत्वको लागि शनिबार भएको मतदानमा ४३४ मत प्राप्त गरि केवी राना मगर बिजय भएका छन् ।निकटतम प्रतिद्वन्द्वी जयराम भारीले ४०८ मत प्राप्त गरेका छन् भने अर्को उमेदवार भुपेन्द्र खड्काले ८५ र सुवास आचार्यले १ मत प्राप्त गरेका छन् ।
यस्तै उपाध्यक्षमा हरिबहादुर जिसीले ४४७ मत प्राप्त गरि बिजय बनेका छन् भने निकटतम प्रतिद्वन्दी रतन प्रसाद मलेपततीले ४४३ मत प्राप्त गरेका छन् ।
यस्तै सचिवमा जीवन आचार्यले ४७४ मत प्राप्त गरेर बिजय बनेका छन् भने निकटतम प्रतिद्वन्दी निर्मल श्रेष्ठले ४३७ मत प्राप्त गरेको निर्वाचन समितिका अधिकारी चित्रांङ्गत बरालले बताए ।यस्तै काेषाध्यक्षमा कृष्णराज शर्माले ५०० मत प्राप्त गरेर बिजय बनेका छन् भने निकटतम प्रतिद्वन्दी
थानेश्वर सुवेदीले ३८५ मत प्राप्त गरेकोे बरालले बताए ।
यस्तै सदस्यमा कुलराज शर्मा हिमालले ४०७ ,शिव आचार्यले ३७१ प्राप्त गरि बिजय बनेका छन् ।यस्तै सदस्यमा उमेदवार बनेका चन्द्र बहादुर सुवेदीले ३५० बीरबहादुर थापाले ३२७ रामबहादुर विकले २२ लालबहादुर केसीले ६१सुनिल श्रेष्ठले ६७ मत प्राप्त गरेका थिए ।
यस्तै महिला सदस्यमा कालीका सापकोटाले ४२४ ,हुमादेवी खड्काले ४१५ र गुमादेवी श्रीष छन्त्यालले ३७३ मत प्राप्त गरेर बिजय बनेका छन् ।यस्तै निर्वाचनमा मन्जु माया क्षेत्रीले
३१८ सुनिता श्रेष्ठले ३११ लक्ष्मी थापाले २४७ र शिला थापा
क्षेत्रीले ३१४ मत प्राप्त गरेका छन् ।
बागलुङ उद्योग बाणिज्य संघको सभाहलमा मतगणना सम्पन्न भएको थियो । १५२८ जना मतदाता रहेको खानेपानी समितिमा ९८५ जनाले मतदान गरेका थिए ।
यसपटकको निर्वाचनमा दुईवटा प्यानल सहितको गठबन्धन बनाएर निर्वाचनमा हाेमिएका थिए ।












