
बागलुङ / बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति बागलुङको नयाँ नेतृत्वको लागि शनिबार
बिद्यामन्दिर माध्यमिक बिद्यालय बागलुङको प्राङ्गण भित्र धमाधम मतदान भइरहेको छ ।
खानेपानी समितिमा नेतृत्व हात पार्न खानेपानी समितिका पुर्व अध्यक्ष केवी राना मगर र वर्तमान संयाेजक जयराम भारी चुनावी मैदान प्रतिस्पर्धा गरिरहेका छन् ।यस्तै वर्तमान नेतृत्वको लागि भुपेन्द्र खड्का एक्लै चुनावी मैदान उत्रिएका छन् ।
बिहान ८ बजेदेखि खानेपानीका सदस्यहरू लाइनमा बसेर
मतदान गरिरहेकाे निर्वाचन अधिकारी चित्रांङ्गत बरालले बताए ।
४ हजार भन्दा बढी खानेपानी उपभोक्ता रहेको समितिमा
१५२८ जना ब्यक्ति मात्रै मतदान गर्ने अधिकार पाएका छन् ।खानेपानी समितिकाे एक हजार रूपैयाँ तिरेर आजीवन सदस्य बनेका दर्जनौं सदस्यकाे मतदाता सुचिमा नाम नभएको कारण मतदान गर्न बाट बन्चित भएका छन् ।
खानेपानी समितिको हरिप्रसाद श्रेष्ठको अध्यक्षतामा निर्वाचित भएको पुरानो समितिले निर्वाचन गर्ने कार्यक्रम तालिका सार्वजनिक गरेपछि बागलुङ नगरपालिकाले त्यसलाई स्थगित गरि भएको समिति भंग गरेर जयराम भारीकाे संयाेजकत्वमा नयाँ समिति गठन गरेको थियो ।
४ बजेसम्म मतदान भएपछि आइतबार बिहान ७ बजेदेखि मतगणना गर्ने कार्यक्रम रहेको छ ।
















