समाचार

इमेज सहकारीका बचतकर्ताहरुले बागलुङमा राके जुलुस प्रदर्शन

इमेज बचत तथा ऋण सहकारीका अध्यक्ष देवकुमार नेपालीलाई तत्काल पक्राउ गरि कारवाहीको माग गदै बचतकर्ताहरुले बागलुङमा राके जुलुस प्रदर्शन गरेका छन् । बचतकर्ताहरुको अरबौं रकम हिनामिना गरि भागेका देवकुमार नेपालीलगाएत अन्य सञ्चालकहरुलाई तत्काल पक्राउ गरि बचतकर्ताहरुको रकम फिर्ता गराउन माग गर्दै सयौ बचतकर्ताले राकेजुलुस प्रदर्शन गरेका हुन्। इमेज पीडित संघर्ष समितिको आह्वानमा सयौ बचतकर्ता जुलुसमा सहभागि थिए । बागलुङ नगरपालिका–३ स्थित गोदम घरबाट निस्केको राँकेजुलुसलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।जुलुसमा सहभागी भएका बचतकर्ताले सहकारीका अध्यक्ष देवकुमार नेपाली र नेपाल सरकार… पुरा पढौ

माइतीघरमा सहकारी पीडितहरू धर्ना बसेको एक महिना पुग्यो, सरकार मौन

सहकारी संस्थाबाट आफ्नो बचत गरेको रकम फिर्ता नपाएपछि काठमाडौ माइतीघर मण्डलामा आन्दोलन गरिरहेका सहकारी पीडितहरू धर्ना बसेको एक महिना पुगेको छ । रकम प्राप्त हुने कुनै आधार फेला फेला नपरे पनि आन्दोलनकारीलाई राजनीतिक दलका नेता तथा सांसदहरूको समर्थन बढेर गएको छ ।धर्नामा सरकारले कुनै सुनुवाइ नगरेको आवाज उठेको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डाक्टर तोसिमा कार्कीले आन्दोलनमा ऐक्यबद्धता जनाएकी छन् । सहकारीका कारण पीडितहरूमध्ये कतिपय डिप्रेसनमा पुगेको, कतिपय आत्महत्या गर्ने अवस्थामा पुगेकाले छिटो समस्या समाधान गर्न आफूले रचनात्मक भूमिका खेल्ने… पुरा पढौ

बैंक तथा वित्तिय संस्थाको ब्याजदरका विरुद्ध उद्योग वाणिज्य संघ बागलुङले बुझायो ज्ञापन पत्र

बागलुङ उद्योग वाणिज्य संघले प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल राष्ट्र बैंकलाई ज्ञापन पत्र पठाएको छ । निक्षेपको व्याजदर घटाएका बैंङ्कहरुले असार मसान्त लाग्न लाग्दा समेत कर्जाको व्याजदर नघटाएर विभिन्न बाहना बनाउँदै व्यवसायीलाई थप मर्कामा पारेको भन्दै संघले बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठमार्फत नेपाल राष्ट्र बैंङ्कलाई ज्ञापन पत्र पठाईएको हो । नेपाल राष्ट्र बैंङ्कले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समिक्षा गर्दै अर्थतन्त्रमा आएको सिथिलताका कारण व्याजदर हेरफेर गर्न निर्देशन भएपनि बैंङ्क तथा वित्तिय संस्थाले व्यवसायीलाई मारमा पार्ने गरि कदम… पुरा पढौ

बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष कँडेलको घरबेटीलाई पत्र

घरबेटीलाई खुल्ला पत्र मिति : २०८० असार १५ शुक्रबारस्थान : बागलुङ बजार आदरणिय घरबेटीज्यू,हजुरहरु पक्कै आरामै हुनुहुन्छ किनकी हामीले सदैव तपाईको भलो चाहिरहेका छौं । हजुरलाई भुल्नै सक्दैनौ त्यसैले त आज पनि यो पत्रमार्फत सबै घरबेटीहरुलाई सम्झीईरहेको छु । धेरै कुराहरु केही छैनन, हजुर र हजुरको घरजग्गामा भाडामा बसेर जिविकोपार्जन गरीरहेका हामी र हजुरहरुको सम्बन्धलाई मात्र स्मरण गराउन चाहेको छु । यसलाई पढि दिनुहोला, सुनि दिनुहोला र मनन गरिदिनु हुन विनम्र अनुरोध गरेको छु ।हुन त हजुरले जग्गा र घरमा… पुरा पढौ

सक्रिय जनशक्ति कुलतमा फस्नु दुभाग्य : प्रमुख जिल्ला अधिकारी श्रेष्ठ

बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले देशको सक्रिय जनशक्ति कुलतमा फस्नु दुभाग्यपूर्ण रहेको बताउनु भएको छ । शंकल्प पुर्नस्थापना केन्द्र बागलुङ नगरपालिका १ रामरेखाको आयोजना र जिल्ला प्रहरी कार्यलय बागलुङको सहकार्यमा भएको लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित जनचेतना, अन्र्तक्रिया तथा छलफल कार्यक्रममा बोल्दै यस्तो बताउनु भएको हो । ‘लागु औषध दुरुपयोग विरुद्धको ऐक्यवद्धता व्यक्ति समाज र राष्ट्रको प्रतिवद्धता’ भन्ने मूल नाराका साथ मनाइएको कार्यक्रममा श्रेष्ठले युवाहरुलाई उत्पादन मुलक क्षेत्रमा आफ्नो समय खर्चिन आग्रह… पुरा पढौ

बागलुङमा लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो (फोटो फिचर)

लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस बागलुङमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङले आयोजना र जिल्ला प्रहरी कार्यलय तथा विभिन्न संघ सस्थाको साझेदारीमा लागू औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस सप्ताहव्यापी कार्यक्रम गरि मनाइएको हो । दिवसको अवसरमा सोमबार बागलुङमा प्रभावफेरी कार्यक्रम गरि समापन गरिएको थियो । समिटचोकबाट सुरु भएको ¥याली लोकतान्त्रिक चोक, जिप पार्क, शिव धारा चोक, लालिगुराँस चोक, जिल्ला प्रशासन कार्यलय, पेन्सन क्याम्प हुदै चिप्लेलि बस पार्कमा पुगेर समापन… पुरा पढौ

बागलुङ पिकअप दुर्घटना अपडेट: मृतक २ जनाको सनाखत

बागलुङमा पिकअप दुर्घटना हुँदा मृत्यु भएका २ जनाको सनाखत भएको छ ।घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले हिडन खबरलाई दिएको जानकारी अनुसार जिपमा सवार २ जनाकै सनाखत भएको हो । मृत्यु हुनेमा चालक पर्वत जिल्लाको जलजला गाउँपालिका-६ का वर्ष ३१ का रामचन्द्र पुन र बागलुङको जैमीनी नगरपालिका-१० राङ्खानीका वर्ष ३६ का दुर्गा पौडेल रहेको प्रमुख श्रेष्ठले बताउनुभयो । बागलुङको गलकोटबाट सामान विक्रि गरि सदरमुकाम बागलुङ बजारतर्फ आउँदै गरेको ग १ च ९४८५ नम्बरको पिकअप… पुरा पढौ

बागलुङमा पिकअप दुर्घटना: २ जनाको घटनास्थलमै मृत्यु

बागलुङमा पिकअप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्लाको काठेॆखोला गाउँपालिका-५ बिहुँ ठुलढुङ्गामा पिकअप जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले हिडनखबलाई बताउनुभयो । गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग १ च ९४८५ नम्बरको पिकअप मध्येपहाडी लोकमार्गबाट ५ सय मिटर तल खसेको र मृतकको सनाखत हुन नसकेको केसीले बताउनुभयो ।घटनास्थलमा प्रहरी र स्थानीयले खोजी एवं उद्धार गरिरहेको बताइएको छ । थप विवरण आउन बााँकि रहेको सुचना अधिकारी समेत… पुरा पढौ

हेलिकप्टरमार्फत पोखरा लान लागिएकी सुत्केरीको धौलागिरी अस्पतालमा सफल सल्यक्रिया

सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत पोखरा लान लगिएकी बाग्लुङको निसीखोलाकी धौलागिरी अस्पतालमा सफल सल्यक्रिया गरिएको छ । जिल्लाको निसीखोला गाउँपालिका–५ निसीकी १९ वर्षीया सीता सुनार सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत उद्धार गरि पोखरा लान लागिएकोमा मौसम खराव धौलागिरी अस्पतालमा अवतरण गरिएको थियो । सुनार घरमै सुत्केरी व्यथा लागेर आइतबार बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आएकी थिइन । स्वास्थ्य केन्द्रमा पनि आज दिउँसोसम्म सुत्केरी हुन नसकेपछि प्रभु एअरको हेलिकप्टरमार्फत पोखरास्थित गण्डकी मेडिकल कलेजमा रिफर गरिएको भएपनि मौसम खराव भएपछि तत्काल धौलागिरी अस्पतालमा अवतरण गरि… पुरा पढौ

इमेज सहकारीको छानविनमा खटिएको टोली बुर्तिवाङमा, कागजात अनुसन्धान गर्दै

बागलुङ । बचतकर्ताको करोडौ रकम हिनामिन भएको इमेज बचत तथा ऋण सहकारीको छानविनमा खटिएको प्रहरीसहितको टोली बुर्तिवाङ पुगेको छ । सहकारीका अध्यक्ष देवकुमार नेपाली फरार भएपछि जिल्ला प्रशासन कार्यालयको निर्देशनमा इलाका प्रशासन कार्यालयले शिल गरेको इमेज सहकारीको बुर्तिबाङको कार्यालयमा रहेका कागजात तथा कम्प्युटरमा रहेको फाइलको टोलीले अनुसन्धान थालेको हो ।सहकारी रजिष्ट्रारको कार्यालय पोखरा, इलाका प्रशासन कार्यालय बुर्तिवाङ, जिल्ला प्रहरी कार्यालय, बागलुङ र सहकारी पीडित सर्घष समितिको रोहवरमा शिल खोलेर अनुसन्धान थालिएको छ । सहकारी रजिष्ट्रारको कार्यालय पोखराका शाखा अधिकृत चोलाकान्त… पुरा पढौ