राेटरी क्लब अफ बागलुङकाे सहयोग मानसेवा आश्रमलाइ

-


     हिडन खबर    
     फागुन १३ गते २०८० मा प्रकाशित


बागलुङ / राेटरी क्लब इन्टरनेशनल अन्तर्राष्ट्रिय स्थापना भएको ११९ आ‌ैं स्थापना दिवसकाे अवसरमा राेटरी क्लब अफ बागलुङले मानव सेवा आश्रम बागलुङकाे सेवालाई थप सहज बनाउनका निम्ति खाधन्न तथा सरसफाइ सामाग्री एक कार्यक्रम बिच हस्तान्तरण गरियो ।

राेटरी क्लब अफ बागलुङका अध्यक्ष दीपेन्द्र घिमिरे पुर्व अध्यक्ष लक्ष्मी जिसी कार्की , लगायतका बक्ताहरूले आफ्नो क्लबकाे स्थापना अबसरमा फरकफरक संघसंस्थालाइ सहयोग गर्ने गरेकोमा यसपटक मानव सेवा आश्रमलाइ सहयोग गर्न पाउदा खुशी लागेको धारणा राखेका थिए ।

मानवसेवा आश्रम परिवारकाे तर्फबाट राेटरी क्लब अफ बागलुङका पदाधिकारीलाइ धन्यवाद दिदै क्लबले गरेको सहयोग समर्थनले आश्रम संचालन गर्न सहयोग पुगेको धारणा राखेका थिए ।

मानव सेवा आश्रम बागलुङमा जेष्ठ नागरिक महिला बालबालिका मानसिक समस्या ठिक नभएका गरि ५१ जनाले आश्रय लिइराखेका छन् ।