
बागलुङ / यहि फागुन २१ गते बागलुङ बजारमा “द रोड अहेड” को सिजन टु हुने भएको छ ।
एजी ईन्टरटेन्मेन्टको आयोजना र ग्रेस इन्टरनेसनल को संयोजनमा कार्यक्रम हुन लागेको बागलुङमा पत्रकार भेटघाटको आयोजना गरि जानकारी गराइएको हो ।
आम जनमानस बिशेष गरेर युवा बर्गलाई लक्षित गरेर आयोजना गरिएको ‘द रोड अहेड’ ईभेन्टमा तनाव व्यवस्थापन र भविष्यको योजना कसरी बनाउने भन्नेबारेमा परामर्ष गरिने भएको छ ।
ग्रेस इन्टरनेशनल एजुकेशन एण्ड माईग्रेसन सर्भिस बागलुङ शाखाका निर्देशक ओमकार पौडेलका अनुसार “द रोड अहेड” को सिजन टु हाल देशमा युवा बर्गहरुको अन्योलको बिषय रहेको अब के तू भन्ने प्रश्नलाई मनोज गजुरेको हास्यात्मक शैलीमा परिस्कृत समाधान अनि आफ्नो क्षमता अभिबृध्दिका लागि अपनाउनु पर्ने लयका बिषयमा चर्चा हुने बताउनु भयो ।
उक्त इभेन्टमा मास कन्ट्रोल अनि लिडरशिप प्रस्तुतिकरणका सम्बन्धमा पनि बिशेष बार्तालाप हुने बताईएको छ। कार्यक्रममा विविध मनोरञ्जनका कार्यक्रम हुने पौडेलले बताउनु भयो ।
कार्यक्रममा ख्याती प्राप्त कलाकारहरु मनोज गजुरेल, आरके धिताल, एन्ड्रयु पौडेल, अजय सिंह ठकुरी लगाएतका विज्ञहरुको उपस्थित रहने र ३ घण्टाको सेसनमा जानकारीमुलक र जीवन उपयोगी कक्षा संचालन हुने पौडेलले बताउनु भयो ।
देशका बिदेशका विभिन्न शहरहरुमा शाखा कार्यालय रहेको ग्रेस इन्टरनेशनल एजुकेशन एण्ड माईग्रेसन सर्भिसले आम जनमानस बिशेष गरेर युवा बर्गलाई लक्षित गरेर बर्षेनी “द रोड अहेड” ईभेन्टको संयोजन गर्ने गरेको छ ।
अर्का निर्देशक बालकृष्ण लम्सालले एजुकेसनल कन्सल्टेन्सीले बैदेशिक क्षिक्षालाइ मात्र फोकस नगरी समाजलाई आबस्यक यस्ता इभेन्ट पनि आयोजना गर्दै समाजलाइ अझै सबल बनाउने बाटो पनि अबलम्बन गर्नु पर्ने बताउनुभयो।
ग्रेस इन्टरनेशनल एजुकेशन एण्ड माईग्रेसन सर्भिस बागलुङ शाखाले बिगत २ वर्षदेखी करियर काउन्सेलिङ्गका साथसाथै यस्ता बिबिध कार्यक्रमहरु गर्दै आईरहेको छ। व्राउन आईज रेष्ट्रोमा हुने कार्यक्रममा सहभागी हुन चाहनेले निशुल्क प्रवेश पाउने छन् ।












