सवारी ज्यान कसुरमा संलग्न ब्यक्ति पक्राउ

-


     हिडन खबर    
     फागुन १३ गते २०८० मा प्रकाशित


बागलुङ / जिल्ला प्रहरी कार्यालय बागलुङले जिल्लाकाे ताराखाेला गाउँपालिका वडा नम्बर ५ बस्ने बर्ष २४ का अरूण बुढाथोकीले चलाएको ध १ त ३९४ नम्बरको ट्याक्टर हटीया ताराखाेलाकाे कच्ची सडकमा दुर्घटना हुदा
१८ बर्षका रेशम भनिने खिमबहादुर विक घाइते भइ उपचारको क्रममा मृत्युु भएको उक्त घटनाका चालक फरार रहेकोमा प्रहरीले पक्राउ गरेको छ ।

चालक बुढाथोकी लाइ पक्राउ गरि सम्मानित जिल्ला अदालत बागलुङमा म्याद थप गरि सवारी ज्यान कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी मदन केसीले बताउनु भयो ।