प्रहरी प्रमुख ऋषिराम कडेलकाे स्वागत तथा पदभार ग्रहण

-


     हिडन खबर    
     फागुन १३ गते २०८० मा प्रकाशित


बागलुङ / कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर मानवश्रोत व्यवस्थापन महाशाखाबाट जिल्ला प्रहरी कार्यालय बागलुङमा सरुवा भई हाजिर हुनु भएका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले पदभार ग्रहण गर्नु भएको छ ।

प्रहरी प्रमुखको पदभार ग्रहण गर्नु भएका प्रहरी उपरीक्षक ऋषिराम कँडेललाई यस कार्यालय तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुले पुष्प गुच्छा सहित स्वागत गर्नु भएको थियो । स्वागत तथा पदभार ग्रहण पश्चात सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई शान्ती सुरक्षामा प्रहरी प्रभावकारीतालाई थप गर्न र संगठनको मुल्य मान्यतालाई आत्मसाथ गरी त्रुटि रहित तवरले कार्यसम्पादन गर्न निर्देशन दिनु भएको थियोे ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख याेगेन्द्र कुमार खड्कालाइ प्रहरी प्रधान कार्यालयले सरूवा गरेपछि
ऋषिराम कडेल बागलुङ सरूवा भएर आउनु भएको हाे ।