डिजेल गाडीको बाेलकाे गीत सार्वजनिक

-


     हिडन खबर    
     फागुन १३ गते २०८० मा प्रकाशित


काठमाडौं / गायक विज्ञान न्यौपाने र गायिका समीक्षा अधिकारीको स्वरमा डिजेल गाडी बोलको गीत सार्वजनिक भएको छ ।

नेपमेलो र गायक विज्ञान न्यौपानेको संयुक्त प्रस्तुति रहेको गीतमा शब्द लय र म्युजिक प्रोडक्सन समीर आचार्य र नेपमेलो स्टुडियो को रहेको छ ।

शनिबार नेपमेलो युटुयुव च्यानलबाट रिलिज गरिएको गीतको भिडियोमा देवेन्द्र बब्लु र करिष्मा ढकालको जोडीलाई देख्न सकिन्छ ।

भिडियो सान थापाले गरेका हुन् । अर्जुन तिवारीले छायांकन गरेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।