समाचार

विकास साझेदार संस्थाहरू परियोजनामुखी भएकाले अभियान प्रभावकारी हुन सकेन : सञ्चारमन्त्री खरेल

काठमाडौँ, २२ मङ्सिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विकास साझेदार संस्थाहरू अत्यधिक परियोजनामुखी भएकाले सामाजिक अभियानहरू प्रभावकारी हुन नसकेको बताउँदै परियोजनाभन्दा अभियानमुखी कार्यशैली अपनाउन आग्रह गर्नुभएको छ। सातौँ अन्तर्राष्ट्रिय ‘मर्यादित महिनावारी दिवस’को अवसरमा आजदेखि सुरु भएको तीनदिने अन्तर्राष्ट्रिय सिकाइ सम्मेलनको उद्घाटन गर्दै मन्त्री खरेलले विकास तथा सामाजिक परिवर्तनका क्षेत्रमा कार्यरत धेरैजसो विकास साझेदार संस्था, एनजिओ तथा आइएनजिओहरू परियोजनामा मात्र केन्द्रित हुँदा कुनै पनि अभियानले दीर्घकालीन प्रभाव पार्न नसकेको उल्लेख गर्नुभयो। देशमा क्याम्पेन किन सफल भएनन् भने, एनजिओहरू प्रोजेक्ट–बेसमा… पुरा पढौ

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुनर्निर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौँ, २१ मङ्सिर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘जेनजी आन्दोलन’ का क्रममा क्षतिग्रस्त भएका सिंहदरबार परिसरका संरचनाहरू चाँडै पुनर्निर्माण हुने विश्वास व्यक्त गर्नुभएको छ। गत भदौ २४ गतेको आन्दोलनका कारण क्षति पुगेका विभिन्न संरचनाको अवलोकन पछि पूर्वराष्ट्रपतिले संरचना ध्वस्त भएको देखेर दुःख लागेको बताउनुभएको थियो। उहाँले नेपाल सरकारले ती संरचनाहरू चाँडै पुनः निर्माण गर्ने विश्वास समेत व्यक्त गर्नुभयो। पूर्वराष्ट्रपति भण्डारीले भविष्यमा यस्ता घटना नदोहोरिउन् भन्ने कामना पनि गर्नुभयो। उहाँले साविकको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत आन्दोलनबाट क्षतिग्रस्त भएका अन्य कार्यालयहरूको पनि अवलोकन… पुरा पढौ

लेखनाथ महोत्सव सफल बनाउन आमा समूह कस्सिए

लेखनाथ, २० मंसिर । लेखनाथ उद्योग वाणिज्य सङ्घले आयोजना गर्न लागेको २१ औँ लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ। महोत्सवलाई दृष्टिगत गर्दै यस क्षेत्रका विभिन्न सङ्घ–सङ्गठन तथा महिला/आमा समूहको शनिबार बसेको भेलाले महोत्सव सफल पार्न सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्नेमा जोड दिएको छ। भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा गण्डकी प्रदेशकी प्रेस रजिस्ट्रार विमला भण्डारीले लेखनाथ महोत्सव नेपालकै उत्कृष्ट महोत्सवहरु मध्ये एक भएको उल्लेख गरिन्। उनले महिला तथा आमा समूहको सक्रियताकै कारण महोत्सवले निरन्तर उचाइ हासिल गर्दै आएको बताउँदै आगामी… पुरा पढौ

मालिका सेवा समाज बागलुङको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः जीवननाथ शर्मा चयन

मालिका सेवा समाज बागलुङको ८औँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ। सो अवसरमा बोल्दै गण्डकी प्रदेशसभाका पूर्वसदस्य इन्द्रलाल सापकोटाले संस्थाले निस्वार्थ भावले समाजसेवामा महत्वपूर्ण योगदान दिँदै आएको बताउनुभयो। संस्था राम्रो भएर सबैको चासो र माया प्राप्त गर्ने भएकाले यस्ता संस्थालाई सबैको साझा प्रयास र दलगत स्वार्थभन्दा माथि उठेर अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो। सापकोटाले संस्थाको फैलावट, प्रतिष्ठा र पहिचान अझ फराकिलो भएको बताउँदै दुःखी र पीडितहरूको सेवामा संस्थाले प्रभावकारी भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभयो। शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा… पुरा पढौ

गायिका शितल शर्माको ‘मन परेको कान्छू’ सार्वजनिक

मानिसको स्वभाव फरक–फरक हुन्छ। यही स्वभावका आधारमा उनीहरूको बानी–व्यवहार निर्भर गर्छ। कसैले आफूलाई लागेको कुरा निर्धक्कसाथ व्यक्त गर्न सक्छन् भने कसैले मनको भावनै बाहिर ल्याउन सक्दैनन्।धेरैले सामान्य कुरा सहजै भन्न सक्छन् तर प्रेमको मामिलामा भने धेरैजसो मानिसहरू आफ्ना भावना व्यक्त गर्न हिच्किचाउँछन्। ‘मन परेको मान्छे त्यत्तिकै छोड्न सकिँदैन,उहाँभन्दा पर नजर मोड्न सकिँदैन।सर्वश्रेष्ठ उहीँ लाग्ने, बहुमूल्य पनि,एउटै भएर पनि उसलाई तोड्न सकिँदैन।’ यस्तै युवायुवतीको प्रेम–कथालाई टपक्क टिपेर गायिका शितल शर्माले ‘मन परेको कान्छू’ बोलको गीत सार्वजनिक गरेकी छिन्। सर्जक **हरि गिरी… पुरा पढौ

चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ । माघ १ गतेबाट प्रदर्शनमा आउने उक्त चलचित्रको टिजर सार्वजनिक भएको हो। टिजरमा सिनेमाका मुख्य कलाकारहरूको उपस्थिति देख्न सकिन्छ। टिजरले पिता–छोरीबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेको छ। आमाको अनुपस्थितिमा बुवासँग बस्दै आएकी छोरी तथा उनीहरू बीचको भावनात्मक दूरी र नजिकतालाई टिजरले प्रभावकारी रूपमा प्रस्तुत गरेको छ। बुवाको भूमिकामा दयाहाङ राई छन्, जसले छोरी (शाइसा गौचन)को लालनपालन र शिक्षाको सम्पूर्ण जिम्मेवारी सम्हालेका छन्। जीवनयापनका लागि उनी स्कुलमा… पुरा पढौ

मानवसेवा आश्रमको कर्णाली प्रदेशस्तरीय भवन सुर्खेतमा निर्माण हुँदै

सुर्खेत । सहयोगापेक्षी सडकआश्रित व्यक्तिहरूको मानवोचित व्यवस्थापन गर्ने उद्देश्यका साथ मानवसेवा आश्रमले कर्णाली प्रदेशस्तरीय ‘लक्ष्मीनारायण आवास’ भवन निर्माण कार्य सुर्खेतमा औपचारिक रूपमा सुरु गरेको छ। आश्रमले गत वर्ष मंसिर २१ देखि २८ गतेसम्म सुर्खेत खुलामञ्चमा भवन–निर्माण सहयोगार्थ आयोजना गरेको श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञबाट संकलित रकम यस भवन निर्माणमा खर्च गर्ने निर्णय गरेको हो। २०७५ साल माघ १८ गते ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त कर्णाली प्रदेश’ निर्माण गर्ने लक्ष्यसहित आश्रमले सुर्खेतको वीरेन्द्रनगर–१२, नेवारेमा आफ्नो १२औँ शाखा विस्तार गरेको थियो। सोही लक्ष्यअनुरूप २०७६… पुरा पढौ

तरङ्ग’ मार्फत ठूलो पर्दामा डेब्यू गर्दै बरुण अधिकारी

काठमाडौं । मोडलिङबाट चर्चामा आएका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्न लागेका छन्। अभिनेता प्रदीपकुमार चौधरीको निर्देशनमा बन्न लागेको चलचित्र ‘तरङ्ग’ मार्फत उनले फीचर फिल्ममा प्रवेश गर्दै छन्। एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका बरुण पहिलोपटक चलचित्रमार्फत दर्शकमाझ आउन पाउँदा उत्साहित देखिएका छन्। फिल्मको कथा, पात्र र निर्देशकले गरेको विश्वासका कारण आफू ‘तरङ्ग’मा जोडिएको उनले बताए।“मेरो भूमिका शक्तिशाली छ। टिमले गरेको भरोसा मिहिनेतले उतार्नेछु,” बरुणले भने। आफ्नो पात्रप्रति दर्शकले रुचि देखाउनेमा उनी विश्वस्त छन्। चलचित्रको पटकथा स्वयं निर्देशक… पुरा पढौ

‘द ब्ल्यू लाइट’को नयाँ पोस्टर : केन्द्रमा अभिनेत्री बेनिशा

काठमाडौं । पुस १० गते रिलिज हुने चलचित्र ‘द ब्ल्यू लाइट’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य तीन कलाकारलाई स्थान दिइए पनि केन्द्रमा अभिनेत्री बेनिशा हमाललाई राखिएको देखिन्छ । पोस्टरमा उनी तीन फरक मुद्रामा देखिएकी छन्। सबैभन्दा ठूलो आकृतिमा बेनिशाको प्रसन्न अनुहार मात्र देखिन्छ, जसले उनको जीवनप्रति रहेको आशावाद झल्काउँछ। अर्को लुकमा उनी रेलिङमा अडेस लगाएर सिगरेट हातमा लिएर उभिएकी छन्, जहाँ उनी तनावग्रस्त मुद्रामा देखिन्छन्। उनको हातका पाँचै औलामा औंठी छन्, एउटा औँलामा त दुईवटा… पुरा पढौ

सिगानामा जीप दुर्घटनामा ८ जना घाइते, दुईजना गम्भीर

बागलुङ । बरेङबाट बागलुङतर्फ आउँदै गरेको एक पिकअप जीप बागलुङ नगरपालिका–८ सिगानामा दुर्घटना पर्दा ८ जना घाइते भएका छन्, जसमध्ये दुईजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ। बरेङदेखि बागलुङ बजारतर्फ आउँदै गरेको ग ३ च ४८३४ नम्बरको जीप सडक दुर्घटनामा परेको हो। गम्भीर घाइते हुनेमा चालक सुसान्त जिसी र यात्री प्रशान्त खड्का रहेका छन्। यस्तै अन्य घाइतेहरूमा सावित्रि भण्डारी, विस्मिता भण्डारी, सपना भण्डारी, निसा भण्डारी, चन्द्र भण्डारी र झुमा भण्डारी रहेको प्रहरी प्रमुख तिलक भारतीले जानकारी… पुरा पढौ