समाचार

पत्रकार महासंघ बागलुङमा तालाबन्दी

नेपाल पत्रकार महासंघ बागलुङ शाखामा नेपाल प्रेस युनियन बागलुङ तालाबन्दी गरेको छ । पत्रकार महासंघ बागलुङ शाखाका निर्वाचित अध्यक्ष नरेश कँडेललाई महासंघ केन्द्रीय समितिले कुनै समन्वय नगरी र जिल्लाको यथार्थ नबुझी पत्रकार महासंघको विधानविपरीत गरेको कार्यको विरोध गर्दै तालाबन्दी गरेको हो । युनियनले महासंघको कार्यालयमा एक विज्ञप्ति टाँस गरी तालाबन्दी गरेको छ। युनियनले पत्रकार महासंघ केन्द्रीय कार्यालयले विधानविपरीत गत जेठ २१ गते उपाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएकोप्रति ध्यानाकर्षण गराउँदै तालाबन्दी गरेको प्रेस युनियन बागलुङका अध्यक्ष प्रदीप पन्तले बताउनु भयो । विधानमा… पुरा पढौ

सिवाइसीले संचालन गरेको जागौं, जगाऔं र जोगाऔं अभियान पर्वतको मिलनचोकमा

चारतारे युवा क्लब सिवाईसी नेपाल र सिवाइसी बचत तथा ऋण सहकारी सस्थाको साझेदारीमा संचालन भएको जागौं, जगाऔं र जोगाऔं अभियान अन्र्तगत पर्वतको जलजला गाँउपालिका ७ मिलनचोकमा सम्पन्न भएको छ । सिवाइसी साकोस जलजला सदस्य सेवाकेन्द्र अन्र्तगतका सदस्यलाई सहकारीका बारेमा वित्तीय साक्षरता साथै संस्थाको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहजिकरण गर्दै चारतारे युवा क्लव सिवाईसी नेपाल तथा सिवाइसी साकोस केन्द्रीय संचालक समितिका अध्यक्ष चण्डिप्रसाद शर्मा पौलेलले सहकारीमा बुझेर वित्तिय कारोवार गर्न आग्रह गर्नु भयो । असल… पुरा पढौ

सिवाइसीले संचालन गरेको जागौं, जगाऔं र जोगाऔं अभियान प्रभावकारी वन्दै

चारतारे युवा क्लब सिवाईसी नेपालले सिवाइसी बचत तथा ऋण सहकारीको साझेदारीमा संचालन गरेको जागौं, जगाऔं र जोगाऔं अभियान प्रभावकारी वन्दै अभियान प्रभावकारी वन्दै गएको छ ।बागलुङ बजारमा मुख्य कार्यालय र बागलुङ पर्वत र म्याग्दीमा २५ सेवा केन्द्रबाट २५ हजार भन्दा वढि सेयर सदस्य रहेको सहकारीले यस वर्ष २० हजार सदस्यलाई सहकारीका बारेमा बित्तिय साक्षरता साथै संस्थाको बारेमा जानकारी गराउने उदेश्य अनुसार संचालन भएको अभियान प्रभावकारी बन्दै गएको हो । अभियान अन्र्तगत मंगलबार पर्वतका कुश्मा र मोदी गाँउपालिकाको केन्द्र पातिचौरमा जागौं,… पुरा पढौ

नागरिकता विधेयक कार्यान्वयनको मागसहित माइतीघरमा धर्ना

राष्ट्रपति रामचन्द्र पौडेलले दुई साता अघि प्रमाणीकरण गरेको नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ को पक्षमा काठमाडौंको माइतीघर मण्डलामा धर्ना र प्रदर्शनका कार्यक्रम भइरहेको छ ।  सर्वोच्च अदालतले उक्त विधेयक कार्यान्वयन गर्न अल्पकालीन अन्तरिम आदेश दिएपछि प्रदर्शन र धर्नाका कार्यक्रम भइरहेकाे छ  । नागरिकता ‘विधेयक कार्यान्वयन गर, आमाको नामबाट नागरिकता दे,’ जस्ता प्लेकार्डसहित धर्ना भइरहेको छ ।  बुबाआमा दुवै नेपाली नागरिकका सन्तान अनागरिक कहिलेसम्म ? नेपाली आमाको सन्तान अनागरिक कहिलेसम्म ?’ जस्ता ब्यानरर प्लेकार्डसहित समितिले धर्ना दिएको छ ।धर्ना  बसेका… पुरा पढौ

देवकुमार नेपाालीको सामान लैजान खोज्ने आफन्तलाईस्थानीयको अवरोध

बचतकर्ताको अरवौ रकम हिनामिना फरार ढोरपाटन नगरपालिका मेयर देवकुमार नोपलीको घरसायी सामान लैजादै गएको अवस्थामा स्थानीयले रोकेका छन् ।बुर्तिबाङ स्थित होटल दरबार र उनी बस्दै आएको घरको सामान शनिबार रातारात उठाएर लैजादै गर्दा नेपालीका आफन्तलाई स्थानीय सहकारी पीडितले अवरोध गरेका हुन् । नेपालीकै निर्देशनमा घरयासी सामान लान खोजिएको भन्दै स्थानीयले आक्रोस व्यक्त गरेका छन् । सहकारी बन्द गराएर फरार भएको शनिबार २३ दिन हुँदै गर्दा आफन्तले सामान निकाल्न खोजेपछि स्थानीयले रोकेका थिए । पीडित बचतकर्ताहरुले अरवै रकम ठगेर फरार नेपाली… पुरा पढौ

बागलुङमा सहकारीका संचालकहरुको क्षमता अभिबृद्धि तालिम

बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड बागलुङको आयोजना र बागलुङ नगरपालिकाको सहयोगमा सहकारीका संचालकहरुको क्षमता अभिबृद्धि तालिम सुरु भएको ।तालिमको उद्घाटन गर्दै बागलुङ नगरपालिका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले सहकारी संस्थाहरु आफ्नो उदेश्य र प्रकृतिअनुसार संचालन गर्नुपर्ने भन्दै सहकारीको मर्म अनुसार संचालन गरेमा लक्ष्य प्राप्त हुनुका साथै सहकारीको स्थायीत्व प्रप्त गर्ने बताउनु भयो । कार्यक्रममा नगर उपप्रमुख राजु खड्का, बागलुङ नगरपालिकाको सहकारी विभाग प्रमुख प्रेम प्रसाद शर्मा, जिल्ला सहकारी संघ लिमिटेड बागलुङका सचिव तेज प्रसाद शर्मा लगाएतले शुभकामना… पुरा पढौ

कहाँ लुकेर बसेका छन् ढाेरपाटनका मेयर देवकुमार नेपाली ?

इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको एक अरब भन्दा बढी रकम अबचलन गरेका ढाेरपाटन नगरपालिकाका नगर प्रमुख समेत रहेका देवकुमार नेपाली हराएको झण्डै एक महिना बित्न लाग्दा समेत उनको कुनै अत्तोपत्तो लागेको छैन । बागलुङ नगरपालिका ,ढाेरपाटन नगरपालिका गलकाेट नगरपालिकामा समेत सहकारीको सेवा केन्द्र संचालन गरि सर्वसाधारण लाई आकर्षक ब्याज दिने भनेर संकलन गरेको बचत कर्ताकाे अरबाै रूपैयाँ तरलता अभाव भएको भन्दै फिर्ता गर्न अनाकानी गर्दै आएका सहकारीका अध्यक्ष नेपाली रातारात प्रहरी प्रशासनकाे आँखा अगाडि बाट बेपत्ता हुदा… पुरा पढौ

बागलुङको बलेवामा खाद्य स्वच्छता तथा लागु औषध दुर्व्यसन सम्वन्धी जन सचेता कार्यक्रम सम्पन्न

बागलुङ नगरपालिका वडा नम्वर १४ नारायणस्थानमा विद्यार्थीहरुका लागि उपभोक्ता शिक्षा एवं खाद्य स्वच्छता तथा लागु औषध दुर्व्यसन सम्वन्धी जन सचेता कार्यक्रम सम्पन्न भएको छ ।राष्ट्रिय उपभोक्ता मञ्च बागलुङ आयोजना र बागलुङ नगरपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङको सहयोगमा कार्यक्रमम सम्पन्न भएको हो । कार्यक्रममा बागलुङ नगरपालिकाका नगर उप प्रमुख राजु खड्काले खाद्य शिक्षा र लागु औषध दुर्व्यसन सम्बन्धी सचेतना अभियान प्रभावकारी बनाउनु… पुरा पढौ

सिपमा आधारित आधारित चप्पल बनाउने तालिम प्रदान गर्दै बडिगाड गाउँपालिका

बागलुङ । बागलुङको बडिगाड गाउँपालिकाको आयोजनामा बडिगाड २ खर्बाङमा चप्पल बनाउने तालिम सुरु भएको छ । युवा स्वरोजगार कार्यक्रम अन्तर्गत सिपमा आधारित आधारित चप्पल बनाउने तालिम सुरु भएको हो । ५ दिनसम्म संचालन हुने तालिममा वडा नम्वर १, २ र ३ का १५ जना स्थानीयको सहभागिता रहेको छ । तालिम उद्घाटन गर्दै स्थानीयलाई बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले पालिकालाई चप्पलमा आत्मनिर्भर बनाउने सोचका साथ तालिम संचालन गरेको बताउनु भयो । सिपयुक्त तालिमको माध्यमबाट आर्थिक रुपले सबल बनाउने उद्देश्यले तालिम… पुरा पढौ

इमेज सहकारीका अध्यक्ष नेपालीको सम्पत्ति रोक्का प्रक्रिया सुरु

इमेज बचत तथा ऋण सहकारीका सस्थाका अध्यक्ष देवकुमार नेपालीको चल(अचल सम्पत्ति तथा बैङ्क खाता रोक्का प्रक्रिया सुरु भएको छ । सहकारीको अरबौं रुपैयाँ हिनामिना पारेर फरार रहेका ढोरपाटन नगरपालिका नगर प्रमुख समेत रहेका नेपालीको बुर्तिबाङ, बागलुङ, पोखरा तथा काठमाण्डौमा रहेको चल(अचल सम्पत्ति, सेयर तथा बैङ्क खाता रोक्काको प्रकृया सुरु भएको हो । अध्यक्ष नेपालीका नाममा रहेको घर जग्गा, सेयर तथा बैंक खाता रोक्का गर्न भूमि व्यवस्था विभाग, नेपाल राष्ट्र बैंक तथा धितो पत्र वोर्डमा पत्राचार गरिएको गण्डकी प्रदेश सहकारी विभागका रजिष्ट्रार… पुरा पढौ