
बागलुङ / काठेखोला गाउपालिकाको अायोजनामा तंग्रामको वडा कार्यालयमा “ज्येष्ठ नागरिकहरुको अधिकार साथै सम्मानित जीवनका लागि सरोकारवालाका बीचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा वडा नम्बर ४ वडा अध्यक्ष लक्ष्मण पुनले
कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । काँठेखाेला गाउँ जेष्ठ नागरिक तथा महिला शाखाका कर्मचारी रश्मी पाैडेलले स्वास्थ उपचार सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नु भएको थियोे ।काँठेखाेला ४ तंग्राममा करिब ५ सय जना जेष्ठ नागरिक रहेका छन् ।
कार्यक्रममा सहभागी भएका जेष्ठ नागरिकको स्वास्थ जाँच गणेश प्रसाद शर्मा स्वास्थ चाैकी प्रमुख गणेश प्रसाद शर्माले गर्नु भएको थियो ।कार्यक्रममा काँठेखाेला गाउँ पालिकाका प्रवक्ता टीका संगम विकले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रम काँठेखाेला गाउँ पालिका ४ का वडा अध्यक्ष लक्ष्मण पुनको अध्यक्षतामा सम्पन्न भएको थियो ।














