समाचार

बागलुङका विभिन्न गाउँमा अवैध गाँजा खेती नष्ट

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङ तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा गरिएको गाँजा खेती नष्ट गरेको छ। प्रहरीले सञ्चालन गरेको अभियानअन्तर्गत निसीखोला गाउँपालिका–६ भलकोट, ताराखोला गाउँपालिका–५ ठुलोहिले, ताराखोला गाउँपालिका–५ सानोहिले, ताराखोला गाउँपालिका–२ खुलडाँडा तथा गलकोट नगरपालिका–४ मिलनचोक र नुवाकोट क्षेत्रमा सार्वजनिक तथा केही निजी जग्गामा लगाइएको करिब १९ रोपनी क्षेत्रफलमा फैलिएको गाँजा फडानी गरी नष्ट गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणीन्द्र प्रसाईका अनुसार अवैध लागूऔषधको उत्पादन, ओसारपसार तथा दुरुपयोग… पुरा पढौ

लायन्स क्लबहरूको पहिलो जोन मिटिङ सम्पन्न, सामाजिक सेवामा सहकार्य बढाउने प्रतिबद्धता

बागलुङ, असार २७ लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के नेपालअन्तर्गत जोन–१ का क्लबहरूको पहिलो एडभाइजरी कमिटी बैठक बागलुङमा सम्पन्न भएको छ। लायन्स क्लब अफ धौलागिरि बागलुङको आयोजनामा तथा लायन्स क्लब अफ बागलुङ सिटी, लायन्स क्लब अफ बागलुङ मुक्तिनाथ र लायन्स क्लब अफ बागलुङ ब्लुसिपको सहकार्यमा बैठक आयोजना गरिएको हो। बैठकमा सहभागी वक्ताहरूले लायन्स अभियानलाई अझ प्रभावकारी बनाउँदै सामाजिक सेवाका कार्यक्रमलाई समुदायमुखी र परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले नेतृत्व विकास, मानवीय सेवा, सामाजिक उत्तरदायित्व तथा क्लबहरूबीचको समन्वयलाई थप सुदृढ बनाउन… पुरा पढौ

डीजी टिम चेयरिङ कार्यक्रम सम्पन्न

काठमाडौ असार २७ हामी सेवा गर्छाैं भन्ने भावनाका साथ स्थापना भएकोसंसार कै सबैभन्दा ठूलो सामाजिक संस्था लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको आयोजनामा विशेष कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं, असार २७ — लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालले लायन वर्ष २०२६–२०२७ का गभर्नर रमेश अधिकारी ,फस्ट डिस्ट्रिक गभर्नर बिष्णुहरि फुयाल र सेकेन्ड भाइस गभर्नर हसन कुमार गाेपाली  ‘डीजी टिम चेयरिङ’ कार्यक्रम सम्पन्न भएको छ। लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के का गभर्नररमेश अधिकारीले आफू नेता नभएर सेवा गर्न आएको सेवक… पुरा पढौ

लायन्स क्लब अफ लेखनाथ सुनगाभाद्वारा सप्ताहव्यापी सेवा कार्यक्रम सम्पन्न

पोखरा ।असार २७ लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ के नेपालअन्तर्गत रहेको लायन्स क्लब अफ लेखनाथ सुनगाभाले नयाँ कार्यकालको पदभार ग्रहणसँगै सञ्चालन गरेको सप्ताहव्यापी सेवामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। क्लबकी अध्यक्ष लायन जिना मगरको नेतृत्वमा आयोजित कार्यक्रममार्फत सामाजिक सेवा, मानव कल्याण, शिक्षा, स्वास्थ्य तथा नेतृत्व विकाससँग सम्बन्धित विभिन्न गतिविधि सञ्चालन गरिएको क्लबले जनाएको छ। कार्यक्रमअन्तर्गत पहिलो दिन मानव सेवा आश्रममा आश्रित व्यक्तिहरूलाई भोजन वितरण, वृक्षारोपण तथा अन्य सेवामूलक कार्यहरू सम्पन्न गरिएको थियो। दोस्रो दिन पोखरा महानगरपालिका–६ स्थित कोपिला नेपालको संरक्षणमा रहेका… पुरा पढौ

सुरक्षित र अनुशासित यातायात सेवामा व्यवसायीको प्रतिबद्धता

बागलुङ, असार २६ समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत बागलुङका यातायात व्यवसायी र प्रहरीबीच सुरक्षित, अनुशासित तथा यात्रुमैत्री यातायात सेवा सञ्चालनका विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंसँग भएको अन्तरक्रियामा यातायात व्यवसायीहरूले सडक सुरक्षा, ट्राफिक नियमको पालना तथा यात्रुको सेवामा थप जिम्मेवार बन्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाल प्रहरीले सञ्चालन गर्दै आएको समुदाय–प्रहरी साझेदारी कार्यक्रमले नागरिक र सुरक्षा निकायबीच सहकार्य बढाउँदै सामाजिक उत्तरदायित्वलाई बलियो बनाउने उद्देश्य राखेको छ। अन्तरक्रियाका क्रममा व्यवसायीहरूले प्रचलित… पुरा पढौ

सडक सुरक्षामा कडाइ : लागूऔषध सेवन गर्ने चालक प्रहरी नियन्त्रणमा

बागलुङ, असार २६ बागलुङमा लागुऔषध सेवन गरी सवारी साधन चलाउने चार जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङले जारी गरेको प्रेस विज्ञप्तिअनुसार बागलुङ नगरपालिका–४ मालढुंगास्थित मध्यपहाडी लोकमार्गमा सवारी चेकजाँचका क्रममा लागुऔषध सेवन गरेर सवारी चलाएको पुष्टि भएपछि चार चालकलाई नियन्त्रणमा लिइएको हो। प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईं तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी नायब निरीक्षक मिनबहादुर कुँवरसहितको संयुक्त टोलीले सवारी साधन जाँच गर्ने क्रममा चालकहरूको परीक्षण… पुरा पढौ

किरण आचार्य टिका-धन क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मानित

बागलुङ । असार २६ टिका-धन क्रियाशील पत्रकारिता पुरस्कार–२०८३ बाट यस वर्ष नेपाल टेलिभिजनका पत्रकार किरण आचार्य पुरस्कृत भएका छन्। नेपाल पत्रकार महासंघ बागलुङ शाखाको १४औँ साधारणसभा तथा २६औँ स्थापना दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा आचार्यलाई सम्मान गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, महासंघ बागलुङ शाखाका अध्यक्ष राम थापा तथा शाखाका सचिव नारायण रिजालले आचार्यलाई सम्मानपत्र, दोसल्ला तथा नगद रु १० हजार सहित पुरस्कार प्रदान गरेका थिए । पत्रकारकाे काम सत्य तथ्य कुरा बाहिर ल्याउने… पुरा पढौ

लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालका नेतृत्व टोलीलाई स्वागत

काठमाडौं, असार २५ अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के, नेपालले नयाँ कार्यकाल २०२६–२०२७ का लागि नेतृत्वदायी भूमिकामा रहेका पदाधिकारी तथा नेतृत्व टोलीलाई औपचारिक स्वागत गरेको छ। लायन्स इन्टरनेशनलकाे हङकङमा भएको कन्भेन्सनमा भाग लिएर नेपाल फर्किएकाे लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ के नेपालका गभर्नर रमेश अधिकारी सहितको टाेलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर राति ११ बजे भब्य स्वागत गरेको हाे । “Leading With Purpose” भन्ने मूल नारासहित डिस्ट्रिक्टले सामाजिक सेवा, मानवीय सहयोग, स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण तथा समुदाय विकासका कार्यक्रमलाई थप… पुरा पढौ

ईन्द्रेणीको सम्मानसँगै आर्या गिरीको उपचारमा सहयोगी बने गायक विष्णु खत्री

काठमाडौं । लोक तथा दोहोरी संगीतका लोकप्रिय गायक विष्णु खत्री ‘ईन्द्रेणी कार्यक्रम’द्वारा प्रदान गरिने प्रतिष्ठित ईन्द्रेणी स्रष्टा सम्मान बाट सम्मानित भएका छन्। सम्मान ग्रहण गर्दै उनले यसलाई आफ्नो सांगीतिक यात्राको महत्वपूर्ण उपलब्धि भन्दै ईन्द्रेणी परिवारप्रति हार्दिक कृतज्ञता व्यक्त गरे।गायक खत्रीले कार्यक्रमका सञ्चालक तथा समाजसेवी कलाकार कृष्ण कंडेललाई विशेष धन्यवाद दिँदै ईन्द्रेणीले नेपाली संगीत, कला र मानव सेवालाई एउटै मञ्चमा जोड्ने अभियान सञ्चालन गरिरहेको उल्लेख गरे। सम्मान समारोहकै क्रममा उनले लोकप्रिय गायिका मनमाया वाईवासँग नयाँ दोहोरी गीत रेकर्ड गरेका छन्, जुन… पुरा पढौ

पालिकाहरूको पुनरावलोकन सम्बन्धमा कास्की जिल्लास्तरीय अध्ययन समितिको पहिलो बैठक सम्पन्न

पोखरा, असार २२गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सिमाना हेरफेर र नगरपालिका वर्गीकरणको पुनरावलोकनसम्बन्धी मापदण्ड, २०८३ अनुसार गठित कास्की जिल्लास्तरीय पुनरावलोकन अध्ययन समितिको पहिलो बैठक सम्पन्न भएको छ। बैठकको उद्घाटन जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले गर्नुभएको थियो।प्रमुख पौडेलले कास्कीका पालिका र वडासम्बन्धी नेपाल सरकारले दिएको जिम्मेवारीलाई प्रभावकारी रूपमा सम्पन्न गर्न प्रारम्भिक छलफलको थालनी गरिएको उल्लेख गर्दै, पाँच पालिकासहित समाजका अगुवा, राजनीतिक दल, सामाजिक संघ–संस्था तथा आम नागरिकको सुझाव संकलन गरेर समिति अघि बढ्ने जानकारी दिनुभयो। पौडेलले नेपाल… पुरा पढौ