समाचार

लायन्स डिस्ट्रिक्ट ३२५ के नेपालको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

मानवीय तथा सामाजिक सेवालाई अझ प्रभावकारी र परिणाममुखी बनाउने लायन्स लिडरहरूको प्रतिबद्धता काठमाडौं । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालले दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । शनिबार काठमाडौंको सामाखुसीस्थित स्काई रेस्ट्रो एन्ड ब्याङ्क्वेटमा आयोजित कार्यक्रममा लायन्स इन्टरनेशनलका पूर्व अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटीसहित लायन्सका विभिन्न तहका नेतृत्वले पर्वहरूको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा पूर्व अन्तर्राष्ट्रिय निर्देशक बुर्लाकोटी, डिस्ट्रिक्ट ३२५ के नेपालका गभर्नर रमेश अधिकारी, फस्ट भाइस गभर्नर विष्णुहरि फुयाल, सेकेन्ड भाइस… पुरा पढौ

रवि लामिछानेको आफ्नै पार्टीभित्र प्रश्न : १८२ सिट पाएपछि मात्तियौँ, जनताले दिएको मतको दुरुपयोग नगरौँ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीले प्राप्त गरेको ठूलो जनमतलाई लिएर नेता तथा कार्यकर्तामा अहंकार बढेको भन्दै आफ्नै पार्टीभित्र आत्मसमीक्षा गर्नुपर्ने बताएका छन् । शुक्रबार चितवनमा पार्टीका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले १८२ सिट प्राप्त गरेपछि पार्टीका नेता तथा कार्यकर्तामा भुइँ छाड्ने प्रवृत्ति देखिएको टिप्पणी गरे । उनले जनताले दिएको मत जनताको सेवा गर्नका लागि भएको भन्दै त्यसको दुरुपयोग नगर्न सचेत गराए । 'जनताले १८२ सिट दिए, हाम्रो भुइँमा खुट्टा छैन, मात्तिएका छौँ, टुप्पिएका… पुरा पढौ

भोटेकोशी बाढीपीडित ६५ परिवारलाई लायन्सद्वारा जस्तापाता सहयोग

नुवाकोट । लायन्स क्लब इन्टरनेशनल फाउन्डेसन (एलसीआईएफ) को आर्थिक सहयोगमा लायन्स इन्टरनेशनल मल्टिपल डिस्ट्रिक्ट ३२५ नेपालले भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटको बेलकोटगढी नगरपालिका–८ का ६५ परिवारलाई रंगीन जस्तापाता वितरण गरेको छ। बाढीबाट प्रभावित परिवारको घर पुनर्निर्माण तथा आवास व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले प्रत्येक परिवारलाई डेढ बन्डलका दरले जस्तापाता वितरण गरिएको हो। कार्यक्रममा मल्टिपल काउन्सिल चेयरपर्सन लायन केशर भण्डारी, डिष्ट्रिक्ट ३२५ आई नेपालका गभर्नर लायन सूर्यकुमार केसी, डिष्ट्रिक्ट एफ नेपालका गभर्नर लायन अजय खनाल, मल्टिपल डिष्ट्रिक्ट एडमिनिस्ट्रेटर लायन प्रद्युम्न पोखरेल, डिष्ट्रिक्ट आई… पुरा पढौ

सुनौलो बागलुङको देउसी–भैलो सुरु, संकलित रकम परोपकारी कार्यमा खर्च गरिने

बागलुङ । नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले सुनौलो बागलुङ संस्थाले देउसी–भैलो कार्यक्रम सुरु गरेको छ। ‘संस्कृति जोगाऔँ, परम्परा बचाऔँ, हाम्रो पहिचानलाई जीवन्त राखौँ’ भन्ने सन्देशसहित बागलुङको जैमिनी नगरपालिका र बरेङ गाउँपालिकामा सञ्चालन हुने कार्यक्रमको उद्घाटन जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले गर्नुभएको हो। कात्तिक २० गतेदेखि २७ गतेसम्म आठ दिन सञ्चालन हुने कार्यक्रममा देउसी–भैलोमार्फत मौलिक लोकसंस्कृतिको संरक्षणसँगै सामाजिक सद्भाव, भाइचारा र एकताको सन्देश प्रवाह गरिने संस्थाले जनाएको छ। देउसी–भैलोबाट संकलित रकम सामाजिक उत्तरदायित्वअन्तर्गत परोपकारी तथा… पुरा पढौ

प्रेस काउन्सिल ऐन संशोधन अध्यादेश जारी नगर्न राष्ट्रपतिसमक्ष पत्रकार महासंघको आग्रह

काठमाडौँ । नेपाल पत्रकार महासंघले प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आग्रह गरेको छ। महासंघका अध्यक्ष निर्मला शर्माको नेतृत्वमा शुक्रबार राष्ट्रपति भवन पुगेको पदाधिकारी, सल्लाहकार तथा केन्द्रीय सदस्य सम्मिलित टोलीले अध्यादेशका प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा पार्न सक्ने प्रभावबारे राष्ट्रपतिको ध्यानाकर्षण गराएको हो। महासंघले सरोकारवाला पक्षसँग पर्याप्त छलफल र परामर्श नगरी संसद्लाई छलेर अध्यादेशमार्फत कानुन ल्याउने प्रक्रिया लोकतान्त्रिक विधि र संसदीय अभ्यासविपरीत रहेको जनाएको छ। समाचार कक्षमै प्रवेश गरेर प्रहरीले पत्रकारमाथि धरपकड… पुरा पढौ

शिक्षणसँगै कृषि कर्ममा रमाउँदै विद्याधर, केरा र अमिलो खेतीबाट लाखौँ आम्दानी

बागलुङ । शिक्षण पेसासँगै कृषि कर्मलाई पनि निरन्तरता दिएका जैमिनी नगरपालिका–१, कुश्मीसेरा डाँडाघरका विद्याधर आचार्य व्यावसायिक फलफूल खेतीबाट राम्रो आम्दानी गर्न सफल भएका छन्। सुन्तलाचौर माध्यमिक विद्यालय, दमेकका प्रधानाध्यापक आचार्यले विद्यालयको जिम्मेवारीसँगै फुर्सदको समय खेतबारीमा बिताउँदै आएका छन्। शिक्षण पेसाको व्यस्तताबीच पनि कृषि कर्मलाई प्राथमिकता दिएका उनले केरा र अमिलो जातका फलफूल खेतीबाट वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्दै आएका छन्। परम्परागत खेतीसँगै व्यावसायिक कृषि उत्पादनमा जोड दिएका आचार्यले केरा र अमिलो जातका फलफूलका अतिरिक्त रैथाने बाली कोदो खेतीलाई समेत निरन्तरता… पुरा पढौ

मौलिक संस्कृति जोगाउँदै पर्वतमा देउसी–भैलो कार्यक्रम गर्दै दोहोरीगीत प्रतिष्ठान

पर्वत, कार्तिक २० । मौलिक कला, संस्कृति र परम्पराको संरक्षण गर्दै आपसी सद्भाव तथा शुभकामना आदानप्रदान गर्ने उद्देश्यले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, पर्वत शाखाले देउसी–भैलो कार्यक्रम आयोजना गर्ने भएको छ। तिहारको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रमले नेपाली समाजको मौलिक पहिचानका रूपमा रहेको देउसी–भैलो संस्कृतिको संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तामा हस्तान्तरण गर्न सहयोग पुग्ने प्रतिष्ठानका अध्यक्ष सन्तोष सुवेदीले बताए। उनका अनुसार देउसी–भैलो मनोरञ्जनको माध्यम मात्र नभई सामाजिक एकता, भाइचारा र सांस्कृतिक पहिचानको प्रतीकसमेत हो। पछिल्लो समय आधुनिकता र बदलिँदो… पुरा पढौ

जैमिनीमा भैलो खेल्दै ज्योति आमा समूह, संस्कृति संरक्षणमा महिला सक्रिय

बागलुङ । तिहारको अवसरमा बागलुङको जैमिनी नगरपालिका–१, कुश्मीसेरास्थित ज्योति आमा समूहले परम्परागत भैलो खेल्दै मौलिक कला, संस्कृति र परम्पराको संरक्षणमा सक्रियता देखाएको छ। समूहका महिलाहरूले परम्परागत भैलो गीत गाउँदै गाउँघर तथा टोलबस्तीमा पुगेर तिहारको रौनक थपेका छन्। आधुनिकता र प्रविधिको प्रभावसँगै मौलिक लोकसंस्कृति ओझेलमा पर्दै गएका बेला आमा समूहले परम्परागत भैलोलाई निरन्तरता दिँदै संरक्षणको सन्देश दिएको हो। भैलोले मनोरञ्जनसँगै सामाजिक सद्भाव, आपसी एकता र पुस्तान्तरणमा समेत योगदान पुर्‍याउने भएकाले यस्ता सांस्कृतिक गतिविधिको निरन्तरता आवश्यक रहेको समूहको सक्रियताले देखाएको छ। घरायसी… पुरा पढौ

प्रहरी महानिरीक्षकमा मनोज केसी नियुक्त, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार

काठमाडौं । सरकारले नेपाल प्रहरीको नेतृत्व परिवर्तन गर्दै अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई हटाएर केसीलाई नयाँ आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो। सरकारले कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरेको छ। नवनियुक्त आईजीपी केसी र कार्की एउटै ब्याचका प्रहरी अधिकारी हुन्। सरकारको यो निर्णयसँगै नेपाल प्रहरीको नेतृत्वमा परिवर्तन भएको छ। तस्बिर क्याप्सन: प्रहरी महानिरीक्षकमा मनोज केसी नियुक्त, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार। पुरा पढौ

गायन र सञ्चारमा सक्रिय अखेलीलाई प्रतिष्ठानको केन्द्रीय जिम्मेवारी

बागलुङनेपाली लोक तथा दोहोरी गीतसंगीतको क्षेत्रमा लामो समयदेखि निरन्तर क्रियाशील रहँदै आएका चर्चित लोकदोहोरी गायक कृष्ण अखेली राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्यमा मनोनीत भएका छन्। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय कार्यसमितिले अखेलीलाई केन्द्रीय सदस्यको जिम्मेवारी प्रदान गरेको हो। बुधबार बसेको प्रतिष्ठानको केन्द्रीय कमिटी बैठकले केन्द्रीय अध्यक्ष पशुपति शर्माको अध्यक्षतामा अखेलीलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको जनाइएको छ। प्रतिष्ठानले सार्वजनिक गरेको नवौँ केन्द्रीय कार्यसमितिको मनोनयन विवरणमा अखेलीको नाम केन्द्रीय सदस्यको सूचीमा समावेश… पुरा पढौ