काठमाडौं। निर्वाचन आयोग, नेपालले निर्वाचन प्रचारप्रसारका क्रममा निर्वाचन चिन्हको भौतिक स्वरूप प्रयोग नगर्न राजनीतिक दल तथा उम्मेदवारलाई आग्रह गरेको छ। आयोगले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ मा सहभागी केही राजनीतिक दल तथा उम्मेदवारले प्रचारप्रसारका क्रममा निर्वाचन चिन्हको भौतिक स्वरूप (धातु, काठ वा अन्य सामग्रीबाट बनाइएका चिन्ह) प्रयोग गरेको भन्ने सूचना तथा गुनासा प्राप्त भएको जनाएको छ। यस्तो गतिविधिले जनमानसको शान्ति र सुरक्षामा प्रतिकूल असर पर्न सक्ने आयोगको ठहर छ। विज्ञप्तिमा कपडा, तुल, फ्लेक्स वा कागजमा छापेर…
पुरा पढौ