समाचार

बागलुङ बजारमा एकैदिन ११ सय ८६ थान गृहलक्ष्मी ग्यास भित्रियो

बागलुङ बजारमा आइतबार दुई ट्रकमा गरि ११८६ थान गृहलक्ष्मी ग्यास भित्रिएको छ । गृहलक्ष्मी ग्यास कम्पनी प्रालिको गगन गौँडामा रहेको उद्योगबाट चलानी गरि बागलुङ बजारका विभिन्न डिपोहरुमा वितरण गर्न ६१६ थान र ५७० थान गृहलक्ष्मी ग्यास सिलिन्डर छुट्टाछुट्टै ट्रकमा बागलुङ भित्रिएको ग्यास वितरक संघ बागलुङका अध्यक्ष हरि आचार्यले हिडन खबरलाई बताउनुभयो ।"बागलुङ बजारमा ग्यासको अभाव अूण थालेक छ, हामीले निकै अनुरोध गरेर आज ११८६ थान गृहलक्ष्मी ग्यास बजार भित्र्याएका छौं" आचार्यले हिडन खबरसँग भन्नुभयो " बागलुङ बजारमा गृहलक्ष्मी ग्यासको अभाव… पुरा पढौ

बागलुङमा उपभोक्ता सचेतना कार्यक्रम

प्रदेश सरकार पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयउद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकी प्रदेश पाेखराकाे आयोजनामा उपभोक्ता सचेतना कार्यक्रम बागलुङमा सम्पन्न भएको छ । पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कडेलले बजार अनुगमनमा कार्वाही भन्दा पनि सचेत गराउन जरुरी रहेको बताए । उपभोक्ता र उपभोक्ता लाई सेवा दिने लाई पनि सचेत बनाउन जरुरी रहेको मन्त्री कडेलले बताए । उपभोक्ता हक हित संरक्षण सम्बन्धि कानुन ब्यबस्था र हाम्रो अभ्यास बिषयमा उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षणनिर्देशनालय गण्डकी… पुरा पढौ

बागलुङमा पाँच दलीय गठबन्धन गर्ने सहमति

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिए संगै बागलुङ जिल्लामा प्रमुख राजनीतिक दलहरू चुनावी गठबन्धन गर्ने तयारीमा लागेका छन् । नेपाली कांग्रेस पार्टी ,नेपाल कम्युनिस्ट पार्टी माआ‌ेवादी केन्द्र , राष्ट्रिय जनमाेर्चा ,नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालले बैशाख ३० गतेहुने स्थानीय तहको निर्वाचनमा चुनावी गठबन्धन गर्नका लागि संयुक्त बैठक शुरू गरेको नेपाली कांग्रेस पार्टीका सभापति जीत बहादुर शेरचनले बताउनुभयो । बागलुङ जिल्लाकाे ४ वटा  नगरपालिका र ६ वटा गाउँ पालिका मा जिल्ला क्रियाशील ५ वटा… पुरा पढौ

जैमिनिमा सहकारी तथा वित्तीय व्यवस्थापन तालिम सम्पन्न

बागलुङको कुश्मिसेरामा सहकारी तथा वित्तीय व्यवस्थापन तालिम सम्पन्न भएको छ । जैमिनी नगरपालिकाको आयोजना र सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा शुक्रबारबाट सुरु भएको २ दिने तालिम शनिबार सम्पन्न भएको हो । ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जैमिनी नगरपालिकामा सञ्चालित सहकारीका सञ्चालक र व्यवस्थापकहरुलाई दुई दिने तालिम दिएको हो । सहकारीका शेयर सदस्यहरुलाई कसरी प्रभावकारी सेवा दिने लगाएतका विषयमा तालिम केन्द्रित भएको । तालिममा बोल्दै जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलले सहकारी संस्थाहरुले जैमिनीमा गरिवी निवारण गर्न योगदान… पुरा पढौ

नेपाल बैंक बागलुङ शाखाको सेवा सुविधासम्पन्न भवनबाट

नेपाल बैंक बागलुङ शाखा आफ्नै भवनमा सरेको छ । विक्रम सम्वत २०१७ सालबाट बागलुङमा सेवा सुरु गरेको बैंकले शाखा स्थापनाको ६१ बर्ष पछि आफ्नै जग्गामा सुविधा सम्पन्न भवन निर्माण गरि सेवा सुचारु गरेको हो । नेपाल कै सबैभन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेड बागलुङ शाखाले २०१७ साल माघ ४ गतेदेखि नागरिकलाई बित्तिय सेवा दिंदै आएकोमा शाखाकाे आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा दिन शुरू गरेको छ । पुरानो भवनबाट झण्डै ६ दशक सेवा दिएको बैंकले आफ्नै सुविधा सम्पन्न भवनबाट काराेवार शुरू… पुरा पढौ

बागलुङ उद्योग बाणिज्य संघको ५८ औं साधारणसभा सम्पन्न

गण्डकी प्रदेशका पर्यटन,उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मणिभन्द्र शर्मा कँडेलले जिल्लाको अर्थतन्त्र बलियो बनाउन पर्यटन व्यवसायलाई अन्य क्षेत्र संग जोडेर अगाढी वढ्नुपर्ने बताउनु भएको छ । सम्पूर्ण व्यवसायीहरूको साझा सस्था बागलुङ उद्योग वाणिज्य संघको ५८ औ वार्षिक साधारणसभामा बोल्दै कँडेलले यस्तो बताउनु भएको हो । सरकार र निजी क्षेत्र सँगको सहकार्यबाट नै विकास र समृद्धि संभव हुने कँडेलले बताउनु भयो । आर्थिक विकास र समृद्धिका लागि आन्तरिक र बाह्य लगानी आकर्षण गर्नुपर्ने भन्दै जिल्लामा भएका प्राकृतिक स्रोतसाधनको परिचालन गरेर समृद्ध… पुरा पढौ

स्वास्थ्य र सामाजिक क्षेत्रमा काम गर्ने ४ जनालाई डा.तरुण पौडेल चिकित्सा पुरस्कार

डाक्टर तरुण पौडेल चिकित्सा कोषबाट स्वास्थ्य तथा सामाजिक क्षेत्रमा उत्कृष्ट कार्य गर्ने चार व्यक्तिलाई पुरस्कृत गरिएको छ ।धौलागिरी अञ्चल अस्पतालका प्रमुख भएर १६ वर्ष बिताएका डाक्टर पौडेलले स्वास्थ्यकर्मीलाई कार्यक्षेत्रमा थप प्रोत्साहित गर्ने अभिप्रायले स्थापना गरेको कोषबाट यस वर्ष तीन स्वास्थ्यकर्मी र एकजना सामाजिक क्षेत्रमा काम गर्नेलाई सम्मान गरिएको छ। सातौ पुरस्कारबाट निजामती अस्पताल काठमाण्डौका कार्यकारी निर्देशक डाक्टर विधाननिधी पौडेल, मुस्ताङको घरपझोङ गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी कर्ण बहादुर थकाली, धौलागिरि अस्पताल बागलुङमा कार्यरत नर्सिङ अधिकृत देवी भट्टराई र म्याग्दीको तातोपानी कुण्ड व्यवस्थापन… पुरा पढौ

नगरप्रमुख पौडेलले दिए घोडा उपहार

बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले घोडा उपहार दिएका छन् । पौडेलले ब्यक्तिगत लगानीमा खरिद गरेको घाेडा नगरपालिकामा पर्यटन प्रबर्द्धनकाे लागि जनता पार्टीका अध्यक्ष तिलकबहादुर रिजाललाई हस्तान्तरण गर्नुभएको छ । आजभन्दा ५ बर्ष अघि ढाेरपाटनमा खरिद गरिएको घाेडा काेराेनाका कारणले चलाउन नसकि त्यसै बसिरहेको थियो । अहिले त्यसलाई पर्यटन प्रवर्द्धनकाे लागि भन्दै तिलक बहादुर रिजालले चलाउने भने पछि हस्तान्तरण गरेको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पाैडेलले हिडन खबरलाई बताउनुभयो । बागलुङ नगरपालिका वडा नम्बर २ निवासी राजनीतिक रूपमा जनता पार्टीका… पुरा पढौ

सरसफाई सँगै चिटिक्क कालिका मन्दिर

चैते दशैँ मेला नजिकिए सँगै नेपाल कै प्रसिद्ध धार्मिक गन्तव्य कालीका भगवती मन्दिर परिसरमा सरसफाइ गरिएको छ ।जिल्ला प्रहरी कार्यालय, नेपाली सेनाकाे श्रीमन् गणकाे सक्रियतामा शुक्रबार बिहान कालीका भगवती मन्दिरकाे परिसरमा सरसफाइ गरिएको हो । नेपाली हिन्दु धर्मावलम्बीले मनाउने चैते दशैकाे अवधिमा नेपाल कै प्रसिद्ध शक्तिपिठ कालीका भगवती मन्दिरमा झण्डै ६ लाख भक्तजन पुजा अर्चना र दर्शनकाे लागि आउने कारणले सरसफाइ गरिएको कालीका भगवती गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो । बिश्वब्यापी महामारीको रूपमा फैलिएको काेराेना भाइरस काेभिड १९… पुरा पढौ

पेस्तोल सहित पक्राउ परेका युवक सार्वजनिक

पेस्तोल सहित पक्राउ परेका एक युवालाई प्रहरी पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले ४० वर्षीय श्यामबहादुर रेश्मी लाई पेस्तोलसहित बिहीबार सार्वजनिक गरेको हो । रेश्मी संग हतियार भएको सुराकीको आधारमा प्रहरी निरीक्षक गुरुप्रसाद न्यौपाने कमाण्डमा ५ जना सादा पोशाकका प्रहरीको टोलीले बुधबार बिहान साढे ९ बजे पक्राउ गरेको थियो । बागलुङ जिल्ला बडीगाड गाउँपालिका–५ ग्वालीचौर बस्ने रेश्मीका साथमा रहेको मेड ईन यूएसए लेखिएको पेस्तोल, त्यसको म्यागेजिन र ४ राउण्ड गोली पनि बरामद गरेको थियो ।… पुरा पढौ