युवा विद्यार्थी नेता कुँवर अनेरास्ववियुको केन्द्रीय सदस्यमा निर्वाचित

- कुँवरले गण्डकीको कुल मत १ सय ७२ मतमा ८३ मत प्राप्त गर्दै अनेरास्ववियु केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन ।

-


     हिडन खबर    
     फागुन ९ गते २०७९ मा प्रकाशित


बागलुङको बिद्यार्थी राजनीतिमा निकै लोकप्रिय युवा बिद्यार्थी रोशन कुँवर नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन ।

फागुन २ देखि ४ मा काठमाडौंमा समपन्न २३ औं राष्ट्रिय महाधिवेशनबाट लोकप्रिय मतका साथ केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन ।

अनेरास्ववियुको बागलुङको निवर्तमान संयोजक समेत रहेका कुँवरले जिल्लामा दुर्घटनामा परेका मनिस कंडेललाई बचाउ अभियान, ‘चिया पिउँदै सेवा’अभियान जस्ता लोकप्रिय सामाजिक कार्यहरु सञ्चालन गरि चर्चा कमाएका थिय ।

कुँवरले गण्डकीको कुल मत १ सय ७२ मतमा ८३ मत प्राप्त गर्दै अनेरास्ववियु केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन ।