राष्ट्रपति भण्डारीद्वारा बागलुङ कालिका भगवती मन्दिरमा दर्शन

- राष्ट्रपति भण्डारीको दर्शनले मन्दिरको महत्व र महिमालाई थप उचाईमा पुर्याएको बागलुङ कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो |

-


     हिडन खबर    
     फागुन १० गते २०७९ मा प्रकाशित


राष्ट्रपति विद्यादेवी भण्डारीले बागलुङ कालिका भगवती मन्दिर दर्शन गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले आफ्नो दोश्रो कार्यकाल सकिनै लाग्दा पहिलो पटक बागलुङ कालिका भगवती मन्दिरको दर्शन गर्नुभएको हो |

राष्ट्रपति भण्डारीले मन्दिरमा पूजा आराधना गर्नुभएको हो |

राष्ट्रपति भण्डारीको दर्शनले मन्दिरको महत्व र महिमालाई थप उचाईमा पुर्याएको बागलुङ कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो |

राष्ट्रपति भण्डारी बुधबार विहान १०:३० मा मन्दिर प्रवेश गरि करिव ३० मिनेट दर्शन गरि पर्वत तर्फ प्रस्थान गरिएको राष्टपतिको सचिवालयले जनाएको छ |

राष्ट्रपति भण्डारी पर्वतको जलजला गाउँपालिका-२ पुर्णगाउँमा कुल मन्दिरको उद्घाटनकालागि आउने कार्यतालिका अनुसार बागलुङ कालिका भगवती मन्दिर दर्शन लगत्तै पर्वत तर्फ प्रस्थान गर्नुभएको हो |

राष्ट्रपति भण्डारी सँगै राष्ट्रिय सभाका अध्यक्ष गणेष तिमील्सिना सहित उच्च पदस्थ व्याक्तिहरुको आगमनले मन्दिरको महत्व थप बढेको छ |

राष्ट्रपति भण्डारीको स्वागतका लागी गण्डकी प्रदेश सभाका सदस्य, बागलुङ नगरपालिकाका प्रमुख, उपप्रमुख सहित स्थानीय तहका जनप्रतिनिधि, बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख सहित सयौँ राजनैतिक एवं सामाजिक व्याक्तित्वहरुको उपस्थिति रहेको थियो |

राष्ट्रपति भण्डारीलाई मन्दिरको तर्फबाट सम्मानपत्र सहित मन्दिरको आकारमा बनाईएको मायाको चिनो अध्यक्ष कुमार खड्का द्वारा हस्तान्तरण गरिएको थियो |