नारी दिवसको अवसरमा बागलुङमा महिला कवड्डी प्रतियोगिता हुने

- लियो क्लब अप बागलुङ कालीगण्डकीको आयोजनामा अन्तर विद्यालय स्तरीय छात्रा कवड्डी प्रतियोगिता आयोजना गरिएको हो ।

-


     हिडन खबर    
     फागुन २३ गते २०७९ मा प्रकाशित


फाल्गुन २४ गते बुधबार अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बागलुङमा महिला कवड्डी प्रतियोगिता सञ्चालन हुने भएको छ ।

लियो क्लब अप बागलुङ कालीगण्डकीको आयोजनामा अन्तर विद्यालय स्तरीय छात्रा कवड्डी प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष सुगम खड्काले बताउनुभयो ।

नारीहरुको महत्त्वपूर्ण दिवसको अवसर पारेर नयाँ सन्देश दिने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको अध्यक्ष खड्काले बताउनुभयो ।

बागलुङ नगरपालिका भित्रका बिद्यालयहरुको सहभागी हुने कार्यक्रम बागलुङ नगरपालिका-३ मा अवस्थिति गुराँस विद्या सदनको प्राङ्गणमा कार्यक्रम आयोजना हुने क्लबका प्रथम उपाध्यक्ष केशव सापकोटाले बताउनुभयो ।