
तत्कालीन धौलागिरी अञ्चलको सबैभन्दा पुरानो नगरपालिका हो बागलुङ नगरपालिका ।
विक्रम सम्मत २०५३ माघ १८ गते घोषणा भएको नगरपालिकामा सुरुदेखि नै खानेपानीको समस्याले प्रताडित छ ।
नगरपालिका भित्रका वडा १ देखि ४ सम्मलाइ बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था मार्फत खानेपानी वितरण भइरहेको भएपनि वडा नम्बर ४ उपल्लाचौर, वडारचौर, कुँडुले, छाप, तल्लोबान्द्रे लगायतका नागरिकहरु भने दशकौंदेखि पानीको समस्याबाट पीडित छन् ।
यो अवस्थालाई समाधान गर्न बागलुङ नगरपालिका-५ कमेरे खानेपानी मुल मार्फत बागलुङ बजारमा पानी ल्याउने भन्दै बागलुङ नगरपालिका, बेनी नगरपालिकाका नेतृत्व र २ जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायबिच पटकपटक बैठक बसेपनि निष्कर्ष निकाल्न सकेको छैन ।
यसै क्रममा सोमबार साँझ जिल्ला प्रशासन कार्यालय म्याग्दीमा दुवै जिल्लाका समन्वय प्रमुख, स्थानीय जनप्रतिनिधि, संघीय तथा प्रदेश सांसद, जिल्लाका प्रमुख एवं सुरक्षा निकायका प्रमुख, उपभोक्ता सहिको बसेको बैठकमा पनि कुनै सहमति हुन नसक्दा बैठक निष्कर्ष बिहिन बनेको बागलुङ नगरपालिका वडा नम्बर-४, का वडा अध्यक्ष कुमार विक्रम क्षेत्रीले बताउनुभयो ।

“हामी सहमतिका साथ पिउने पानी ल्याउन बैठक बसेका थियौँ तर बेनिका मेयर साबको तर्कले निराश हुँदै बैठकबाटै बाहिरियौं, हामी दशकौंदेखि काकाकुल हुँदा र मुल नै हाम्रो नाममा दर्ता हुँदा समेत पानी खान नपाउँदा जनता निकै आक्रोशित छन्, अध्यक्ष क्षेत्रीले भन्नुभयो ” आजसम्म हामी जति समस्या भोग्यौ भोग्यौ अब हामी सक्दैनौं” रत्नेचौरका स्थानीयको पुर्वाग्रहि व्यबहारले गर्दा हामी निकै दुखित छौँ, उहाँहरूले सिँचाइका लागी पानी लाने तर २०५८ सालमा हाम्रै नाममा मुल दर्ता हुँदा समेत पानी पिउन समेत नपाउने?”
यता बेनि नगरपालिका वडा नम्बर १ रत्नेचौरका वडा अध्यक्ष टेक बहादुर थापाले भने दुबै तर्फकाे आवश्यकतालाई ध्यान दिँदै समाधानको बाटो खोजिने बताउनुभयो । “आजको बैठकमा कुनै खास निर्णय हुन सकेन तर दुवैतर्फका उपभोक्ता र स्थानीय जनप्रतिनिधि सहित बुधबार बैठक बस्ने गरि आजको बैठक सकिएको छ।”
बागलुङ नगरपालिका वडा नम्बर-५ मालिकाको कमेरे क्षेत्रमा रहेका अधिकांश मुलहरु रत्नेचौर क्षेत्रमा लगिएको छ ।
दशकौंदेखि काकाकुल बनिरहेका बागलुङ बासि भने पानी पाउने आशामा बसेका पटकपटकका बैठक निष्कर्ष बिहिन बन्दा आक्रोशित भएका छन ।
मानिसको जीवनसँग जोडिएको पानी कै खोजिमा वर्षौंदेखि तड्पिदा बागलुङका उपभोक्ताले समाधान नपाउँदा आक्रोशित बनेका छन् ।









