कालीगण्डकी नदि किनारमा एक पुरुषको शव फेला

- कालिगण्डकी नदि किनारमा अन्दाजी ३५/४० वर्ष उमेर समुहको एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

-


     हिडन खबर    
     फागुन २० गते २०७९ मा प्रकाशित


कालीगण्डकी नदि किनारमा एक पुरुषको शव फेला परेको छ ।
बागलुङको बाङ्गेचौर देखि पर्वतको अदुवाबारी जोड्ने संसारकै लामो( गण्डकी गोल्डेन बृज) तल कालिगण्डकी नदि किनारमा अन्दाजी ३५/४० वर्ष उमेर समुहको एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपानेले बताउनुभयो ।
“प्रहरी घटनास्थलमा पुगिसकेको छ, घटनास्थलको मुचुल्का गरेसँगै सबै तिर जानकारी गराइनेछ” प्रमुख न्यौपानेले भन्नुभयो शवलाई पोस्टमार्टमका लागि पर्वत जिल्ला अस्पताल लगिने र घटनाको थप अनुसन्धान गरिने छ” ।

कालीगण्डकी नदिको पर्वत तर्फको किनारमा एक स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।