
नेपाल मगर संघ बागलुङको नवौं अधिबेशनमा सहमति जुट्न नसक्दा अनिश्चितकालका लागि स्थगित भएको छ ।
संघको नयाँ नेतृत्वका लागि ३ जनाको उम्मेदवारी परेकोमा सर्वसम्मत सहमति हुन नसक्दा अर्को सुचना नहुँदासम्म स्थगित भएको हो ।
अध्यक्षमा तीन जनाले आफ्नो दावेदारी पेश गरेपनि अन्तिम प्रयास गर्दा समेत सहमति हुन नसक्दा अधिबेशन नै स्थगित गर्नुपरेको निर्वाचन समितिका संयोजक खगेन्द्र पुन मगरले हिडन खबरलाई बताउनुभयो ।

“अध्यक्षका लागि गगन पुन मगर, श्याम पुन मगर र गीता श्रीषको उम्मेदवारी परेको थियो” संयोजक पुनले भन्नुभयो हामीले सहमतिका लागि अन्तिम सम्म प्रयास गर्यौ तर तिनै जना आफ्नो दाबीबाट पछि हट्नु भएन त्यसकारण अधिबेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ “।
यता सचिव पदमा पनि तीन जनाको उम्मेदवारी परेका किशोर थापा मगरले उम्मेदवारी फिर्ता लिएर रेशम घर्ती मगर र तिलक घर्ती मगरलाई छोडेकोमा सर्वसम्मति हुन्छ भने आफू सह-सचिवमा बस्ने भन्दै तिलक घर्तिलाई सचिव छोडेका रेशम घर्तीले अध्यक्ष मै सहमति नजुटि स्थगित भएकोमा दुख व्यक्त गरेका छन् ।
“हामी सहमतिका लागि हदैसम्मको सहमति गर्दा समेत अध्यक्ष मण्डलका सदस्य नेताहरुले नेतृत्वमा आफ्नो मान्छे पार्ने भन्दै अड्डि कस्नुभो, सचिव पदका उम्मेदवार रेशम घर्ति मगरले भन्नुभयो “अन्तिम समयमा सहमति जुटिसकेको थियो तर केही नेताहरू आफ्नआ प्रतिनिधि सहित हलबाटै बाहिरिनु भयो त्यसकारण स्थगित भएको हो ।”
सामाजिक संस्थाको नेतृत्व चयन सहज हुनुपर्नेमा एक अर्काको व्याक्तिगत स्वार्थका कारण सहमति जुट्न नसकी अनिश्चितकालका लागि स्थगित हुनु राम्रो नभएको संघका एक नेताले बताए ।
जिल्ला अधिबेशनले केन्द्रिय प्रतिनिधि छनोट गरेपनि जिल्ला कै नेतृत्व छान्न नसक्दा स्थगित भएको हो ।
संघको नेतृत्वकालागि राजनीतिक आस्थाका आधारमा भागवण्डा नमिलेका कारण अधिबेशन स्थगित भएको एक नेताले बताए । उनका अनुसार नेपाली कांग्रेस निकट गिता श्रीष, माओबादी निकट गगन पुन र एकिकृत समाजवादी निकट श्याम पुनले आफ्नो दाबी छोडेका छैनन् ।
अधिबेशन फागुन १५ गते ४१ औं मगर संघ स्थापना दिवसका दिनदेखि सुरु भएको थियो ।









