समाचार

प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको भन्दै पत्रकार महासंघ आन्दोलनमा, मंसिर २ देखि चरणबद्ध कार्यक्रम घोषणा

काठमाडौं । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको पेसागत सुरक्षा र श्रम अधिकारको माग गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। महासंघले समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने मनसायले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास भएको तथा सञ्चारमाध्यममा अनधिकृत रूपमा हस्तक्षेप गर्नेहरूमाथि कारबाही नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ। महासंघद्वारा जारी प्रेस विज्ञप्तिमा गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबर्जस्ती निष्कासन गरिएको, श्रम अधिकारको उल्लंघन भएको र लोककल्याणकारी… पुरा पढौ

जैमिनी नगरपालिकाको सार्वजनिक सुनुवाइ दमेकमा सम्पन्न

बागलुङ । जैमिनी नगरपालिकाले स्थानीय सरकारको कामकारबाहीलाई पारदर्शी, जवाफदेही र नागरिकमैत्री बनाउने उद्देश्यले आयोजना गरेको पालिकास्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम जैमिनी नगरपालिका–२, दमेकमा सम्पन्न भएको छ। स्थानीय नागरिक र स्थानीय सरकारबीच प्रत्यक्ष संवाद स्थापित गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा नगरपालिकाले हालसम्म सञ्चालन गरेका विकास निर्माणका योजना, सेवा प्रवाह, बजेट कार्यान्वयन तथा विभिन्न गतिविधिबारे जानकारी गराइएको थियो। साथै नागरिकका गुनासा, जिज्ञासा र सुझाव संकलन गर्ने उद्देश्यसमेत राखिएको थियो। सार्वजनिक सुनुवाइलाई स्थानीय सरकारको कामकारबाहीको समीक्षा गर्ने र नागरिकका आवाज सम्बन्धित निकायसम्म पुर्‍याउने महत्वपूर्ण… पुरा पढौ

जैमिनिघाट नजिकैको जैमिनि धाम ध्यान केन्द्र जीर्ण बन्दै, संरक्षण र सञ्चालनमा प्रश्न

बागलुङ कार्तिक ३०बागलुङको जैमिनी नगरपालिका–१, कुस्मिसेरास्थित जैमिनिघाट शिव मन्दिर नजिकै निर्माण गरिएको जैमिनि धाम ध्यान केन्द्र अहिले जीर्ण अवस्थामा पुगेको छ। धार्मिक, आध्यात्मिक तथा पर्यटकीय सम्भावना बोकेको यस संरचनाको अवस्था दयनीय बन्दै जाँदा स्थानीयवासीले यसको संरक्षण र सञ्चालनप्रति चासो व्यक्त गर्न थालेका छन्। धार्मिक तथा आध्यात्मिक गतिविधिको केन्द्रका रूपमा विकास गर्ने अपेक्षासहित निर्माण गरिएको ध्यान केन्द्र अहिले प्रयोगविहीन अवस्थामा छ। निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि यसको नियमित सञ्चालन हुन नसक्नु र संरचना जीर्ण बन्दै जानुले यसको उपयोगितामाथि प्रश्न… पुरा पढौ

निसीखोलामा लायन्स क्लबको सचिवालय उद्घाटन

बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–३, धुवाँखोरमा लायन्स क्लब अफ निसीखोला बागलुङको सचिवालय उद्घाटन गरिएको छ। सचिवालय उद्घाटन कार्यक्रममा लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष हेमेन्द्र घर्ती र लायन्स क्लब अफ बुर्तिबाङका अध्यक्ष मनु कुँवरलगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै नवस्थापित क्लबको सफलताको कामना गर्नुभयो। उहाँहरूले लायन्स क्लबले मानवीय सेवा, सामाजिक उत्तरदायित्व र सकारात्मक सोचको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै निसीखोलामा स्थापना भएको क्लबले पनि स्थानीयस्तरमा सामाजिक तथा परोपकारी गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथि लायन्स… पुरा पढौ

बागलुङमा अवैध रूपमा स्लेट ढुङ्गा ओसारपसार गर्ने दुई ट्रक प्रहरी नियन्त्रणमा

बागलुङ । बागलुङमा अवैध रूपमा स्लेट ढुङ्गा ओसारपसारमा संलग्न दुईवटा ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार जिल्लाको काठेखोला गाउँपालिका–२, अछेते बजारस्थित सडकखण्डमा नियमित सवारीसाधन जाँच गर्ने क्रममा अवैध रूपमा ठूलो परिमाणमा स्लेट ढुङ्गा ओसारपसार गरिरहेका दुई ट्रक फेला परेका हुन्। प्रहरीले ग २ ख १९६६ र ग २ ख ४३६९ नम्बरका ट्रक नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि बागलुङ नगरपालिकाको कार्यालयमा पठाएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक यामनारायण अर्यालद्वारा जारी प्रेस विज्ञप्तिमा… पुरा पढौ

विश्व मधुमेह दिवसमा लायन्स डिस्ट्रिक्ट ३२५ केद्वारा निःशुल्क मधुमेह परीक्षण

काठमाडौं । विश्व मधुमेह दिवसको अवसरमा लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ के नेपालको आयोजनामा निःशुल्क मधुमेह परीक्षण तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। लायन्स क्लब अफ मनास्लु गणेश हिमाल (LCK Manaslu Ganesh Himal) तथा लियो क्लब अफ मनास्लु गणेश हिमालको संयुक्त आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा सहभागीहरूको निःशुल्क मधुमेह परीक्षण गर्नुका साथै मधुमेह रोगबाट बच्ने उपाय, समयमै स्वास्थ्य परीक्षणको आवश्यकता र स्वस्थ जीवनशैली अपनाउनुपर्ने विषयमा सचेतना अभिवृद्धि गरिएको थियो। कार्यक्रममा इन्टरनेसनल डाइरेक्टर (PID) बालकृष्ण बरालकोटी, डिस्ट्रिक्ट गभर्नर (DG) रमेश अधिकारी,… पुरा पढौ

निसीखोलाका बाढीपीडितलाई पाँच लाख नगदसहित राहत सामग्री वितरण

बागलुङ । गत असोज ११ गते बागलुङको निसीखोला गाउँपालिकामा आएको बाढीपहिरोबाट प्रभावित परिवारलाई पाँच लाख रुपैयाँ नगदसहित राहत सामग्री वितरण गरिएको छ। बाढीपहिरोबाट मानवीय तथा ठूलो भौतिक क्षति भएपछि पीडित परिवारलाई सहयोग गर्ने उद्देश्यले लायन्स क्लब अफ निसीखोलाको पहलमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूबाट सहयोग संकलन अभियान सञ्चालन गरिएको थियो। अभियानबाट संकलित पाँच लाख रुपैयाँ ३९ घरपरिवारलाई वितरण गरिएको लायन्स क्लब अफ निसीखोलाका अध्यक्ष अशोक कार्कीले जानकारी दिए।राहत वितरणका क्रममा बाढीपहिरोमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रतिपरिवार १२ हजार ५००… पुरा पढौ

विश्व मधुमेह दिवसमा बागलुङमा निःशुल्क स्वास्थ्य परीक्षण तथा सचेतना

बागलुङ, कात्तिक २८। विश्व मधुमेह दिवसको अवसरमा बागलुङमा निःशुल्क मधुमेह परीक्षण तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ। लायन्स क्लब अफ बागलुङ शालिग्राम र लियो क्लब अफ बागलुङ शालिग्रामको संयुक्त आयोजनामा नोभेम्बर १४ अर्थात् कात्तिक २८ गते कार्यक्रम सञ्चालन गरिएको हाे । बागलुङस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल कालिका मन्दिरको प्रवेशद्वारमा आयोजित कार्यक्रममा १०० जना सर्वसाधारणको निःशुल्क मधुमेह परीक्षण गरिएको थियो। मधुमेह रोगको जोखिम, पहिचान, रोकथाम तथा समयमै स्वास्थ्य परीक्षण गर्नुपर्ने आवश्यकताबारे आम नागरिकमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको… पुरा पढौ

छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा

काठमाडौं । सरकारले छठ पर्वको अवसरमा थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै छठ पर्वको भोलिपल्ट अर्थात् २०८३ कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिने जनाएको हो। मन्त्रालयका अनुसार यसअघि २०८३ कात्तिक २९ गते आइतबार छठ पर्वका अवसरमा सार्वजनिक बिदा घोषणा गरिएको थियो। छठ पर्वमा पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिने र त्यसको भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएर व्रत समापन गर्ने धार्मिक परम्परा रहेकाले पर्वको भोलिपल्ट पनि सार्वजनिक बिदा दिने निर्णय… पुरा पढौ

ताराखोलामा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

बागलुङ । प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङको आयोजना तथा ताराखोला गाउँपालिकाको समन्वयमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना तथा प्रवर्द्धन अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। ताराखोला गाउँपालिका–५ स्थित ताराखोला स्वास्थ्य चौकीको सभाहलमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, बाढीपहिरो प्रभावित व्यक्ति, शिक्षक, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी तथा स्थानीय समाजसेवी गरी ४१ जनाको सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता वडा नं. ५ का अध्यक्ष मनबहादुर रोकाले गरेका थिए भने सञ्चालन ताराखोला स्वास्थ्य चौकीकी अहेव निर्मला घर्ती मगरले गरेकी थिइन्। कार्यक्रममा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख उदित थापा मगरले मानसिक… पुरा पढौ