समाचार

चलचित्र ‘लाज शरणम्’ले अन्तर्राष्ट्रिय प्रदर्शनमा नयाँ कीर्तिमान कायम

काठमाडौं । चलचित्र ‘लाज शरणम्’ले अन्तर्राष्ट्रिय प्रदर्शनमा नयाँ कीर्तिमान कायम गरेको छ । ‘लाज शरणम्’ले ओभरसिज मार्केटमा ऐतिहासिक प्रदर्शन गर्दै नयाँ कीर्तिमान कायम गरेको हो । नेपालमा फेब्रुअरी २६ मा रिलिज भएको चलचित्र त्यसको एक दिनपछि मध्यपूर्वका चार देशमा प्रदर्शनमा आएको थियो । मध्यपूर्वका चार देशका ४० सिनेमा घरमा रिलिज भएको सेभेन सिज सिनेमाका प्याट्रिक सुवेदीले जानकारी दिए । फेब्रुअरी २८ मा अमेरिका, क्यानडा र अष्ट्रेलियामा यो चलचित्र रिलिज भएको छ । सुवेदीका अनुसार ‘लाज शरणम्’ले अन्तर्राष्ट्रिय बजारमा नयाँ कीर्तिमान… पुरा पढौ

बालेन साहको घरबाट अध्यक्ष प्रचण्डको सन्देश- सबै मिलेर अधिकार जोगाऔं, देश बनाऔं

पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित अभियान टोलीलाई महोत्तरीको एकडारा गाउँपालिकाले स्वागत गरेको छ।कार्यक्रम भएको स्थल काठमाडौ महानगरपालिका प्रमुख बालेन्द्र साहको पुर्ख्यौली घर हो, जो हाल गाउँपालिकाले प्रयोग गरिरहेको छ। पुरा पढौ

भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने अध्यक्ष प्रचण्डको प्रतिबद्धता

महोत्तरी, २२ फागुन । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महोत्तरीको भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। भारतीय सिमानामा रहेको सुख्खा बन्दरगाह निर्माणस्थलको अवलओकनपछि जलेश्वर उद्योग वाणिज्य संघले आयोजना गरेको छलफलमा उहाँले सो प्रतिबद्धता जनाउनुभएको हो।आफू प्रधानमन्त्री भएको बेला यो बन्दरगाह निर्माणका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको र केही काम सुरु पनि भएको उल्लेख गर्दै उहाँले बाँकी प्रक्रियाका लागि सहयोग गर्ने बताउनुभयो। आफ्नो पार्टीले सञ्चालन गरेको जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको एउटा… पुरा पढौ

चलचित्र ‘लाज शरणम्’ प्रदर्शनको दोस्रो हप्तामा

काठमाडौं । शिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट रिलिज आएको चलचित्र ‘लाज शरणम्’ प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको हो । उच्च शो सहित सिनेमा दोस्रो हप्तामा प्रदर्शन गरेको हो । राम्रो व्यापारसहित सिनेमा दोस्रो हप्तामा प्रवेश गरेको निर्माणपक्षले जनाएको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा काठमाडौं उपत्याकामा मात्रै यो सिनेमालाई बिहीबार २१ शो दिइएको छ । देशभर १५० भन्दा बढी शो रहेको निर्माता नवीन श्रेष्ठले जानकारी दिए । “हाम्रो चलचित्र सफलतासहित दोस्रो हप्तामा प्रवेश गरेको छ,” निर्माता नवीनले भने,… पुरा पढौ

बेगनास कपको उपाधिका लागी विनोद मेमोरियल र मिक्कि एफ सि भिड्ने

लेखनाथ २१ फागुन विकास, अनुशासन र गतिशीलता भन्ने नाराका साथ बेगनास युवा क्लवद्धारा आयोजित तेश्रो बेगनास कपको उपाधिको लागि विनोद मेमोरियल र मिक्की एफ सी भिड्ने भएका छन । बुधबार सम्पन्न सेमिफाईनलको पहिलो खेलमा विनोद मेमोरियलले मत्स्य व्यवसायी समिति पिप्लेलाई १–० को अन्तरलाई पराजित गर्दै फाईनलको यात्रा तय गरेको हो । खेलको औं मिनेटमा विनोद मेमोरियलका रोशन छन्त्यालले डिबक्स भित्रबाट गरेको प्रहार नै गोलमा परिणत भएको थियो । यहि १ मात्र गोल नै मेमोरियललाई फाईनलमा पुग्न निर्णायक बनेको थियो ।… पुरा पढौ

पूर्व राजा ज्ञानेन्द्र शाहलाई चढाए नागरिक अभिनन्दन पत्र

बागलुङ धार्मिक भ्रमणको सिलसिलामा नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ बागलुङ कालीका भगवती मन्दिरको दर्शन गर्न आएका नेपालका पूर्व राजा ज्ञानेन्द्र शाहलाई बागलुङमा नागरिक अभिनन्दन पत्र चढाएका छन् । नागरिक स्वागत मूल समारोह समिति बागलुङले आज धार्मिक भ्रमणको सिलसिलामा बागलुङ आएका पुर्व राजा शाहलाई नागरिक अभिनन्दन पत्र हिजोको दिनमा जनताको नासाे जनतालाई आफ्नो श्रीपेच बुझाउने त्यागकाेसदैव स्मरण गर्दै अतः त्यो श्रीपेच माैसुफबाट पुनः ग्रहण गरेर नेपाली जनताको कल्याण गरि राष्ट्रकाे अभिभावकत्व प्रदान गर्न बिन्ती चढाएका छन् । नागरिक स्वागत मूल समारोह… पुरा पढौ

श्रम र आप्रवासन समस्याबारे परराष्ट्रसहित तीन मन्त्रालयको बैठक 

वैदेशिक रोजगारीमा रहेका तथा नेपाली आप्रवासनका क्षेत्रमा हाल देखिएका समस्याहरुको समन्वयात्मक रुपमा समाधान गर्ने विषयमा आज परराष्ट्र, गृह र श्रम तथा रोजगार मन्त्रीको संयुक्त बैठक सम्पन्न भएको छ । परराष्ट्र मन्त्रालयको अग्रसरतामा मन्त्री डा आरजु राणा देउवा, गृहमन्त्री रमेश लेखक, श्रम तथा रोजगार मन्त्री शरदसिंह भण्डारी र ती मन्त्रालयका सचिवहरु सम्मिलित सो बैठकमा नेपालको श्रम तथा आप्रवासन क्षेत्रलाई थप व्यवस्थित गर्ने विषयमा छलफल भएको थियो । रोजगारी, अध्ययन तथा अन्य काम व्यवसायका सिलसिलामा नेपालीहरु कहाँ र कसरी पुगेका छन् भन्ने… पुरा पढौ

चलचित्र ‘जनै हराएको बाहुन’को लाइनअप बलियो हुँदै

काठमाडौं । चलचित्र ‘जनै हराएको बाहुन’को लाइनअप बलियो हुँदै गएको छ । रिलिज डेट लिइसकेको सिनेमाले लाइनअप पनि सार्वजनिक गर्दै आएको छ । निर्माणपक्षले यो चलचित्रको मुख्य अभिनेत्रीमा केकी अधिकारी र मिरुना मगरलाई अनुबन्ध गराएको छ । अभिनेता विजय बराल, गौरव पहाडी र रियर राई यसअघि नै अनुबन्ध भइसकेका छन् । ‘जनै हराएको बाहुन’मा विजय पछि मुख्य भूमिकामा केकी र मिरुना अनुबन्ध भएका हुन् । सिनेमामा विजयसँग जोडीका रूपमा यी दुई अभिनेत्रीमध्ये को हुने भन्नेबारे निर्माणपक्षले खुलासा गरिसकेको छैन ।… पुरा पढौ

भूमि समस्या समाधान आयोग कास्कीका पदाधिकारी तथा सदस्यलाई बधाई संगै आन्दोलनको धम्की

पोखरा । राष्ट्रिय भूमि अधिकार मञ्च कास्कीको आयोजनामा मंगलबार आयोजित भूमि समस्या समाधान आयोग कास्कीका प्रमुख बैनबहादुर गुरुङलगायत सदस्यहरुलाई बधाई संगै समस्या समाधान नभए आन्दोलनमा जाने वताएका छन् । बधाई ज्ञापन तथा अन्तरक्रिया कार्यक्रममा सहभागिले भूमि समस्या समाधान आयोग कास्कीका पदाधिकारीहरुसंग आफ्ना समस्या राख्दै अब पनि आयोगले काम गरेर समस्या समाधान गर्न नसकेमा आन्दोलनमा जानुको विकल्प नरहेको वताएका छन् । कार्यक्रममा कास्की जिल्ला भित्र गठन भएका गाउँ, नगर, टोल मञ्चका अगुवाहरुले आफुहरुलाई राजनिति दलको गोटीको रुपमा प्रयोग गरिएको भन्दै अब… पुरा पढौ

भरतपुरमा दाेहाेरीकाे राैनकता आठाै रनिङ  शिल्डकाे  उपाधी प्रतिष्ठान बागलुङलाई

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आयोजना गरेको ‘आठौं संस्करणको राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिताकाे उपाधि राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठान बागलुङले हात पारेकाे छ  । प्रतियाेगितामा देशै भरी बाट कुल ४२  दाेहाेरी प्रतियाेगि समुहहरूकाे सहभागिता रहेकाे थियाे । निकै कडा प्रतिस्पर्धाका साथ राति अबेर सम्म चलिरहेकाे प्रतियाेगितामा प्रतिष्ठान बागलुङ संग लाेक दाेहाेरी गीत प्रतिष्ठान म्याग्दी पराजित बनेकाे थियाे। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल द्वारा फागुन१७ गते देखी २० गते सम्म ८ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत… पुरा पढौ