आइजिपी थापाद्वारा बढुवा भएका ३५ प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

-


     हिडन खबर    
     श्रावण २२ गते २०८२ मा प्रकाशित


काठमाडौं, साउन २१
नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षक (आइजिपी) दीपक थापाले हालै पदोन्नति भएका ३५ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

नेपाल सरकारको गृहमन्त्रीस्तरको निर्णयअनुसार प्रहरी उपरीक्षक (एसपी) बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा ११ जना बढुवा भएका छन्।एसएसपी मा बढुवा हुनु भएका दया निधि ज्ञवाली लगायतका ११ जनालाई प्रहरी प्रमुख थापाले दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको थियो ।

त्यस्तै, सचिवस्तरको निर्णयअनुसार प्रहरी नायव उपरीक्षक (डिएसपी) बाट एसपीमा ११ जना र प्रहरी निरीक्षकबाट डिएसपीमा १३ जना गरी कुल ३५ जना प्रहरी अधिकृतहरू पदोन्नति भएका हुन्।

समारोहमा आइजिपी थापाले सबै बढुवा भएका अधिकृतहरूलाई बधाई दिँदै आगामी कार्यकालमा जिम्मेवारीपूर्वक कार्य सम्पादन गर्न शुभकामना व्यक्त गरे।